काठमाडौं– ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेकाका आरोपीमध्ये दुई जना रिहा भएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका उनीहरुलाई जिल्ला अदालतको आदेश पछि रिहा गरिएको हो।
रिहा हुनेमा मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्मप्रसाद गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे छन्। उनीहरुलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो।
उनीहरुलाई उमेर र स्वास्थ्यको कारण देखाएर रिहा गर्न आदेश दिएको र अदालतले मुद्दा बुझाउँदा सँगै उपस्थित गराउन पनि भनेको जिल्ला अदालत काठमाडौंले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।