• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दुर्गममा बच्चा जन्माउँदाका सास्ती

64x64
रासस बुधबार, साउन ३१, २०८०  १८:४३
1140x725

रुकुम पूर्व- सिस्ने गाउँपालिका–१ लाम्पाखाकी सपना बुढा २५ वर्षकी थिइन्। पन्ध्र वर्षमा बिहे गरेकी उनले १८ मा पहिलो, २० मा दोस्रो, २४ मा तेस्रो सन्तानलाई जन्म दिइन्। पहिलो र दोस्रो सन्तान दुई छोरी छन् भने तेस्रो सन्तान जन्मेको केही मिनेटमै मृत्यु भएको थियो।

बुढाको चौथो सन्तानले पनि न संसार देख्न पायो नत आमाले मृतक सन्तानको शोक मनाउन नै पाइन्। चौँथो सन्तानको पेटमै मृत्यु भएको थियो। बच्चा पेटमा मरेको ९/१० घण्टासम्म छट्पटाउँदै आमाले पनि प्राण त्याग्नुपर्‍यो।

बुढालाई १९ गते साँझ सुत्केरी व्यथा लाग्यो। नजिक स्वास्थ्य संस्था थिएन्। भौगोलिक विकटता त्यस्तै सडक सुविधा नहुँदा स्वास्थ्यचौकी पुर्‍याउन सक्ने अवस्था थिएन्।

बुढालाई ब्यथा लागिसकेपछि भट्टेचौर स्वास्थ्यचौकीमा परिवारले खबर गरेपछि स्वास्थ्यचौकी इन्चार्ज काशीराम ओलीले बिरामीलाई ‘लिएर आउँदै गर्नुस्’ भनेर आफू पनि स्वास्थ्यचौकीबाट लाम्पाखातर्फ लागे र उनीहरुको बीच बाटोमा भेट भयो।

बर्खाको बाटोका कारण बिरामीलाई स्वास्थ्यचौकी पुर्‍याउन सहज नभए पनि ओली र केही छिमेकीको सहयोगमा भट्टेचौर स्वास्थ्यचौकीमा पुर्‍याइयो।

‘यहाँ ल्याएको केही समयमै बच्चाको मृत्यु भयो। पेटबाट शल्यक्रिया गरेर मृत बच्चा निकाल्न स्वास्थ्यचौकीमा कुनै सुविधा र जनशक्ति छैनन्। स्टेचरमा बोकेर रुकुमकोटसम्म पुर्‍याउन निरन्तर झरी परेको छ। करिब १२/१५ घण्टाको यात्राका क्रममा बिरामीलाई बाटोमै केही हुन्छकी भन्ने डर छ’, इन्चार्ज ओलीले भने, ‘हेलिकप्टर बोलाएका थियौँ। यहाँ मौसमको खराब र नाइटभिजन हेलिप्याड नहुँदा राति हेलिकप्टर आउन सकेन्। रातभरी नसुतेर रुकुम(पूर्व) अस्पताल र स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले भिडियोमार्फत सिकाउनु भयो। हामीले सोही अनुसार काम गरेका हौँ।’

बिहान मौसम खराबका कारण हेल्किप्टर सुर्खेतबाट उड्न नसकेपछि १० बजेमात्रै हेलिकप्टर आएको उनले बताए। सिस्नेबाट हेलिकप्टरमा बिरामी लिएर उडेको चार मिनेटमै बुढाको बिरामीको मृत्यु भएको ओली जानकारी दिए।

‘रातभरी बिरामी पिडाले छट्पाइरहनु भएको थियो। परिवारको अलापविलाप उस्तै थियो। हामीले चाहेर पनि बचाउन सकेनौं’, उनले भने, ‘यो मराई समान्य थिएन्। निकै पीडादायिक थियो। यो देखिएको र सबैको नजरमा परेको एउटा वास्तविकता हो। नदेखिएका यस्ता घटना गाउँघरमा थुप्रै छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

जिल्लामा भौगोलिक कठिनता, यातायात, टेलिफोन, विद्युत्को असुविधालगायत कारणले यहाँका नागरिकले यस्ता विभिन्न समस्या झेल्दै आएका छन्। सिस्नेको यो घटना एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो।

पुथा उत्तरगङ्गा गाउँपालिकाको १, २, ३ र ४ नं वडाका नागरिकलाई पनि यस्तै समस्या आएमा हेलिकप्टर कुर्नुपर्ने बाध्यता छ। कदमकदाचित हेलिकप्टर आएन भने मृत्युलाई स्विकार्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।

सरकारले नागरिकलाई स्वास्थ्यलगायत सबै सेवा सुविधा पुर्‍याउने ‘स्वास्थ्य नीति’ बनाए पनि दुर्गम क्षेत्रमा हुने यस्ता घटनाले नीतिलाई नै गिज्जाइरहेका छन्। नागरिकस्तरमा चेतनाको अभाव, अन्धविश्वास, पुराना रीतिरिवाज पनि यस्ता घटनाको सहयोगी बनेका छन्।

स्वास्थ्यचौकी भट्टेचौरका इन्चार्ज ओलीका अनुसार सपना बुढालाई बच्चा जन्माउनको लागि असार अन्तिम साताको डेट दिइएको थियो। पेटमा बच्चाको अवस्था असामान्य रहेकाले यहाँ उपचारमा समस्या हुनसक्ने भन्दै रुकुम(पूर्व) अस्पतालमा रिफर पनि गरिएको उनले बताए।

बच्चा जन्मिने समय कटिसकेपछि स्वास्थ्यकर्मीले पटकपटक जानकारी गराउँदा पनि उनको परिवारले अटेरी गरेको ओलीको भनाइ थियो।

उनीहरुले अन्धविश्वासमा धामीझाँक्रीलाई देखाउन लागिरहेको ओलीले जानकारी दिए। स्वास्थ्यकर्मीको जबरर्जस्तीपछि परिवारका अन्य सदस्यले अस्पताल लैजान तयार भए पनि स्वयम् सपनाले नै नमानेको परिवारले बताएका छन्।

‘१९ गते साँझ ब्यथा लागेर रक्तस्राव धेरै भइसकेको थियो। परिवारका कसैले पनि छुन मानेका थिएनन्। पछि ‘तुरुन्त बोकेर स्वास्थ्यचौकी ल्याउनुस् होइन भने तपाईंहरुलाई पुलिस बोलाएर कारबाही गर्न लगाउछु’ भनेपछि सपनालाई स्ट्रेचरमा बोकेर ल्याएका हुन्। अवस्था सामान्य नभएकाले उहाँलाई जहाँ भेट हुन्छ त्यही प्राथमिक उपचार दिने उद्देश्यले केही आवश्यक समान बोकेर हिडेको थिए’, स्वास्थ्यचौकी इन्चार्ज ओलीले भने,

‘बाटोमा भेटेर चेकजाँच गर्दा बच्चाको नाल र हात निस्किएको, बच्चाको धड्कन कम भएको र आमाको रक्तस्राव धेरै भएको थियो। त्यसपछि स्वास्थ्यचौकीमा पुर्‍याएर तुरुन्त अक्सिजन लगाएका थियौँ। यहाँ पुर्‍याइएको एक घण्टामै पेटमा बच्चाको मृत्यु भइसकेको थियो।’ बिहान १० बजे हेलिकप्टर आएपछि सपनाको प्राणरक्षाको कामना गर्दै उनलाई हेलिकप्टरमार्फत सुर्खेत पठाएको भन्दै उनले आमा र बच्चालाई बचाउने प्रयास सफल नभएकोमा निराशा व्यक्त गरे।

यो घटना भएको दुई/तीन दिनपछि फेरि सिस्नेस्थित सिस्ने पोखरीका १८ वर्षीया तिला बुढाले एक शिशुलाई घरमै जन्म दिइन्। सालनाल नखसेपछि परिवारले स्वास्थ्यचौकीमा फोन गरेर जानकारी गराएपछि परिवारका सदस्यलाई स्वास्थ्यचौकीमा ल्याउन भनिएको ओलीले बताए।

‘त्यहाँ पनि रुढिवादी संस्कारका कारण कसैले पनि सुत्केरीलाई छुन नमानेकाले म आफैँ आवश्यक औषधि र सामान लिएर सिस्ने पोखरी गएको थिए’, उनले भने, ‘त्यहाँ पुग्दासम्म तिलाको धेरै रक्तस्राव भइसकेकाले सामान्य अवस्थामा फर्काउन निकै समय लागेको थियो।’ इन्चार्ज ओलीले गत मङ्सिरमा पनि भट्टेचौरकी १८ वर्षीया विनिता बुढाले मृत बच्चा जन्माएको जानकारी दिए।

यहाँ हुने अधिकांश गर्भवती र सुत्केरीका घटनाक्रमलाई हेर्ने हो भने प्रायः मानिसले बालविवाह गरेको देखिन्छ। बालविवाहका कारण सामाजिक, आर्थिक, मानसिक, शारीरिक रुपमा असर गर्नुका साथै पुरानो अन्धविश्वास र रुढिवादी संस्कार यहाँ जगडिएर बस्दा झन बढी समस्या थपिएको सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष रजबहादुर बुढाले बताए।

‘चेतनाको अभावका कारण स्वास्थ्य संस्था जान छाडेर धामीझाँक्रि कहाँ पुग्ने चलन छ’, उनले भने, ‘कसैको बच्चा उल्टो परेकालाई यहाँ हुदैन शल्यक्रिया गर्नुपर्छ सुविधासम्पन्न अस्पताल लैजानु पर्छ भनेर सल्लाह दिँदा ‘पेट चिरेर पानी निकालिदिन्छ, हामी मर्‍याै भने को जिम्मेवार हुन्छ’ भनेर भन्छन्।’ स्वास्थ्य संस्थासम्म पुग्न रू दुई खर्च गर्न पनि असहज मान्ने यहाँको समुदायले धामीझाँक्री गरेर देवीदेवता खुसी पार्न लाखौँ ऋण गरेर साँढे, बोका बलि चढाउने गरेका वडाध्यक्ष बुढाको भनाइ छ।

पछिल्ला केही दिनमा सिस्ने–१ मा भएका घटनापछि रुकुमकोटमा सिस्ने गाउँपालिका, जिल्ला प्रशासन कार्यालयलगायतको संयुक्त बैठक बसेर सेवा विस्तार गरी चेतनामूलक कार्यक्रम गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

वडाध्यक्ष बुढाको नेतृत्वमा गर्भवतीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन पाँच सदस्यीय कार्यदल निर्माण गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए। उनका अनुसार यहाँका मानिसमा चेतना अभावले स्वास्थ्य संस्थासम्म जान र सुत्केरी गराउन अटेरी गर्ने भएकाले दिनानुदिन यस्ता घटना हुने गरेका छन्।

कार्यदलमा भट्टेचौरका स्वास्थ्यचौकी इन्चार्ज, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वयमसेविका, गाउँपालिकाको स्वास्थ्य शाखाबाट संयोजक/सहसंयोजक रहने गरी कार्यदल बनाइएको अध्यक्ष रेग्मिले बताए। कार्यदलमा रहेका टोलीले गर्भवतीलाई सम्झाइबुझाई समयमै अस्पतालसम्म पुर्‍याउन सहयोग गर्ने उनको भनाइ थियो।

‘भौगोलिक कठिनाइका कारण यहाँका महिलाले विभिन्न समस्या झेल्नु परेको छ’, अध्यक्ष रेग्मीले भने, ‘सिस्ने–१ म चेतना अभाव प्रमुख कारण बनेको छ।’ आगामी असोजभित्र तीनै तहको सहकार्यमा जिल्लास्थित गैरसरकारी सङ्घसंस्थामार्फत संयुक्त रुपमा स्वास्थ्य, शिक्षा र संस्कृतिसम्बन्धी जागरण अभियान चलाएर सचेतना फैलाउने विषयमा छलफल भएको उनले जानकारी दिए।

त्यस्तै भट्टेचौर स्वास्थ्यचौकीमा अल्ट्रासाउन्ड र ल्याब सेवा थप गर्ने गाउँपालिकाले जनाएको छ। एक जनालाई अल्ट्रासाउन्ड तालिमको माग गरी क्षेत्रीय तालिम केन्द्रमा तत्काल पठाउने र ल्याबका लागि आवश्य सामग्री, जनशक्ति व्यवस्था गर्न पहल सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रेग्मीले बताए।

उनका अनुसार सिस्ने–१ भट्टेचौर स्वास्थ्यचौकीमा आर्थिक वर्ष २०७७/७८ मा २६, २०७८/७९ मा ५८, २०७९/८० मा ४९ र चालु आर्थिक वर्षको साउनसम्ममा छ जनाले बच्चा जन्माएका छन्। तीन जनाले भने घरमा बच्चा जन्माएका थिए।

अवस्था सामान्य नभएका गर्भवतीलाई रुकुम(पूर्व), रुकुम(पश्चिम) स्थित चौरजहारी, नेपालगञ्जलगायत स्थानका अस्पताल पठाउने गरिएको स्वास्थ्यचौकी इन्चार्ज ओलीले बताए।

जिल्लामा गत असार ६ गते भूमे गाउँपालिका–१ लुकुम पन्चासेकी २६ वर्षीया पुष्पा घर्तीको बच्चा जन्माउने क्रममा मृत्यु भयो। उनी सुरुमा झाँक्री स्वास्थ्यचौकीमा पुगेकी थिइन्। स्वास्थ्यचौकीले रुकुम(पूर्व) अस्पतालमा पठाएको थियो।

अत्याधिक रक्तस्राव भइसकेकाले स्वास्थ्यचौकीमा एनेस्थेसिया( शल्यक्रिया गर्दा बेहोस गराउने औषधी) नभएपछि यहाँ शल्यक्रिया सम्भव नभएको भन्दै बिरामीलाई रुकुम(पश्चिम) सल्लेमा पठाइएको थियो।

उनका परिवारले अस्पताल नलगी बिरामीलाई घरमा लगेपछि आमा र बच्चा दुवैको घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का सूचना अधिकारी एवम् ल्याब टेक्निसियन निरीक्षक निमप्रसाद गिरीले जानकारी दिए। शल्यक्रियाका लागि अस्पताल पठाएपनि बिरामीका परिवारले घर लगेपछि परिवारको लापरबाहीका कारण आमा र बच्चाको मृत्यु भएको उनले बताए।

‘सिस्ने गाउँपालिका–७ की १७ वर्षीया आशिका पुनले विसं २०७७ फागुन २५ मा बच्चा रुकुम(पश्चिम) स्थित सल्ले अस्पतालमा मृत बच्चालाई जन्म दिनुभएको थियो’, सूचना अधिकारी गिरीले भने, ‘सिस्ने–७ कै २९ वर्षीया सीता खड्का रावतको विसं २०७९ माघ १० मा सल्ले अस्पतालमै आमा र बच्चाको मृत्यु भएको थियो।’

उनका अनुसार जिल्लामा यस्ता घटना थुप्रै हुने गरेका छन्। घरमै सुत्केरी गराउने, स्वास्थ्य संस्थामा जानकारी नदिने, तथ्याङ्क राख्ने प्रविधिको कमी लगायत कारणले पहिला यस्ता घटना कति भए भनेर आधिकारीक तथ्याङ्क नभएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाका दुर्गम क्षेत्रका नागरिकमा चेतनाको अभाव, आर्थिक समस्या, भौगोलिक विकटता, अन्धविश्वास, परिवारको लापरबाही, स्थानीय स्वास्थ्य संस्थामा आवश्य सामाग्री तथा जनशक्तिको कमीलगायत कारणले गर्भवती, सुत्केरी महिला अस्पतालसम्म नपुगी अगालमै ज्यान गुमाउनु परेको चिकित्सकहरु बताउँछन्।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु उनको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको हो । मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु दिनमा तीन देखि चार कप कफी पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मानिने पोषणविद् अतुल उपाध्याय बताउँछन् ।  उनका अनुसार दुध र चिन... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्