काठमाडौं- नेपाल विद्यार्थी संघको असन्तुष्ट समूहले कांग्रेसको पार्टी कार्यालय सानेपामा रिले अनसन सुरु गरेको छ। नेविसंघको उक्त समूहले बुधबारदेखि पार्टी कार्यालय सानेपामा रिले अनसन सुरु गरेको हो।
उनीहरुले नेपाल विद्यार्थी संघमा अन्यायमा पारिएका र देशभरका संगठनमा दु:ख गरेकालाई विधान सम्मत न्याय गरियोस, केन्द्रीय कार्यसमितिमा समावेशी सहित सबैको प्रतिनिधित्व हुने गरी समावेश गरियोस्, विधा सम्मत मात्रै तदर्थ समितिलाई पूर्णता दिइयोस् लगायतका मागहरु अघि सारेका छन्।
गुटगत आग्रह/पूर्वाग्रहको अन्त्य गरी संगठनमा नेपाल विद्यार्थी संघलाई संघ जस्तो बनाउन समान अवसर र विवेकपूर्ण भूमिका प्रदान गरियोस् भन्दै बुधबारदेखि रिले अनसन थालेको नेविसंघका नेता योगेन्द्र रावलले जानकारी दिए। आज पहिलो दिन गणेश शाह र रामजी बस्नेत अनसन बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।