• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अहिलेसम्मको अनुसन्धानले देखायो सुन तस्करका नाइके चिनियाँ

64x64
नारायण अधिकारी बुधबार, साउन ३१, २०८०  १९:३४
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा अहिलेसम्म २३ जना पक्राउ परेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको प्रचण्डको निर्देशनपछि सुनको अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको रेकर्डअनुसार यो प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ।

सीआईबीले टेक्निकल (प्राविधिक) पक्षलाई केन्द्रमा राखेर गरेको अनुसन्धानको क्रममा बुधबार मात्रै काठमाडौं उपत्यकाबाट चार जना पक्राउ परेका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतले बताएका छन्।

बुधबार पक्राउ पर्नेहरुमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई छन्। उनीहरु पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको हो। यसअघि १९ जनालाई सीआईबी र राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो।

साउन २९ गते मात्रै दुई पुरुष र १ महिला गरी ३ जना चिनियाँ नागरिकलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो। त्यतिबेला गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ पक्राउ परेका थिए। उनीहरुबाट ३१ लाख रुपैयाँ समेत बरामद भएको थियो।

यसअघि साउन २६ गते सीआईबीकै टोलीले चिनियाँ नागरिकको सहयोगी भन्दै दुई नेपाली महिला र एक चिनियाँ महिला थिए। उनीहरुको विवरण पनि सीआईबीले गोप्य राखेको छ।

यसअघि सुन बरामद भएको घटना सार्वजनिक भएको भोलिपल्टै चीन भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ४ गते लिन चुवानलाई पक्राउ गरेको थियो। योसँगै सुन प्रकरणमा पक्राउ पर्ने चिनियाँ नागरिकको संख्या ९ पुगेको छ।

पक्राउ परेका २३ मध्य ९ जना चिनियाँ नागरिक रहेको खुलेपछि यो प्रकरणमा मुख्यगरी चिनियाँकै भूमिका रहेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुको बुझाइ छ।

Ncell 2
Ncell 2

सुरुवाती क्रममा नेपाली नागरिक र तिब्बतीयन मुलका एक भारतीय पक्राउ परेकाले नेपाली भारतीयको संलग्नतामा तस्करी भएको हुनसक्ने आशंका गरिएको थियो। तर पक्राउ परेकामध्ये अधिकांश चिनियाँ हुनु र उनीहरुकै भूमिका मुख्य देखिएकाले सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकको भूमिका मुख्य देखिएको छ।

माथि उल्लेखित चिनियाँबाहेक पक्राउ पर्नेमा एक जना भारतीय नागरिक छन् बाँकी सबै नेपाली नागरिक हुन्। सुन बरामद भएकै रात साउन २ गते राजश्वको टोलीले ६ जनालाई पक्राउ गरेको थियो। भन्सार पास गराएर ट्याक्सीमा राखेर गन्तव्यतर्फ लैजाँदै गर्दा ट्याक्सी चालक अशोक रानामगरलाई नियन्त्रणमा लिएको थियो। लामा बा २ ज २३२४ नम्बरको ट्याक्सी चालक हुन्। उनकै ट्याक्सीमा राखेर सुन भन्सारबाट पास गराइएको थियो।

उनीसँगै सुन आएको रेडी ट्रेडका सञ्चालक दोलखा घर भइ काठमाडौं बस्दै आएका २१ वर्षीय दीलिप भुजेल पनि पक्राउ परेका थिए। भुजेलको रेडी ट्रेडमार्फत् स्कुटरको ब्रेक सुको रुपमा उक्त सुन भित्रिएको थियो।

त्यसैगरी दोलखा मेलुङ गाउँपालिका–३ घर भइ काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरकै अरुण गाउँपालिका–४ घर भइ काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भइ हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई गरी ६ जना पक्राउ परेका थिए।

सुन बरामदको घटना सार्वजनिक भएपछि चीन भाग्न लाग्दा साउन ४ गते विमानस्थलबाट चिनियाँ नागरिक लिन चुवान पक्राउ परेका थिए। साउन ४ गते राति नै राजश्वको टोलीले तीन जना कार्गो कम्पनीको सञ्चालकहरू राजनराज श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्टलाई पक्राउ गरेको थियो।

साउन ७ गते ३ भन्सार कर्मचारी र ३ भन्सार एजेन्ट पनि पक्राउ परेका थिए। विमानस्थल भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ गरी तीन भन्सार कर्मचारी पक्राउ परे। त्यसैगरी भन्सार एजेन्टहरू सुदर्शन गौतम, रुक्मणी सुब्बा र यादव पराजुली पक्राउ गरे।

साउन १० गते नुवाकोट घर भएका सुरेन्द्र तामाङ पक्राउ परे। साउन १४ गते भने राजश्वको टोलीले ठमेलस्थित भियना होटलका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको थियो।

क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएपछि राजश्वको टोलीले अपरेशन चलाएको थियो।

सुरुमा राजश्वले अनुसन्धान गरे पनि प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि अहिले सीआईबीले यो घटनाको अनुसन्धान गरिरहेको छ। यो सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले विशेषगरी टेक्निकल पाटोलाई केन्द्रमा राखेर अनुसन्धान गरेको छ। प्राविधिक पाटोमा विशेष दख्खल भएका प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गा दाहालको कमान्डमा सीआईबीले प्राविधिक पाटोको विश्लेषण सुरु गरेको छ।

सीआईबीले एसपी  सञ्जयसिंह भण्डारीको नेतृत्वमा अनुसन्धान टोली बनाएर अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूको मोबाइल तथा सीमकार्ड, त्यसमा आएको फोनकल तथा म्यासेजको विवरणहरू, टेक्निकल एनालाइसिस र फम्र्याट तथा डिलेट भएका विवरणहरूको रिकभर गरेर अनुसन्धान गर्ने काम सीआईबीले गरिरहेको छ।

प्रतिवादीवादीहरूबाट बरामद भएका फोनहरू पनि जाँचका लागि फरेन्सिक ल्याबमा पठाउने र उनीहरूको कनेक्सन को–कोसँग देखिन्छ त्यसतर्फ अनुसन्धान अघि बढाइएको छ।

योसँगै यसअघि पक्राउ परेका सुन तस्करहरूसँगको सम्बन्ध भए/नभएको, विभिन्न छानबिन समितिले औंल्याएका तथा अनुसन्धान हुनुपर्ने भनेर सुझाएका पाटा तथा व्यक्तिहरूमा केन्द्रित रहेर पनि अनुसन्धानलाई अघि बढाइएको सीआईबीले जनाएको छ।

सुन तस्करी प्रकरणमा अहिलेसम्म पक्राउ परेकाहरूको विवरण अनुसार तीन देशका नागगरिक प्रत्यक्ष रुपमा जोडिएका छन्। चीन, भारत र नेपाल गरी तीन देशका नागरिक यो प्रकरणमा जोडिएको खुलेको छ।

अर्कोतर्फ सुन हङकङबाट नेपाल आउने र यहाँबाट स्थलमार्ग हुँदै भारत सप्लाई हुने अहिलेसम्मको अनुसन्धानले देखाएकाले पनि अपराधमा त्रिदेशीय कनेक्सन देखिएकाले सोही अनुसार अनुसन्धान अघि बढाइएको छ।

सीआईबीले अहिले संगठित अपराधको कसुर अनुसन्धान गरिरहेको छ। यो कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने हुन्छ। जसअनुसार अहिले पक्राउ परेकाहरूको ६० दिन असोज २ गते पूरा हुने भएकाले असोज २ गतेभित्र अदालतमा यो मुद्दा टेकाइसक्नुपर्ने बाध्यता सीआईबीलाई छ। सोही अनुसार अनुसन्धानलाई तीव्रता दिइएको सीआईबीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
सिंहदरवारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न बुधबार, पुस ३०, २०८२
महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी बुधबार, पुस ३०, २०८२
उड्न लागेको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित बुधबार, पुस ३०, २०८२
कांग्रेस विशेष महाधिवेशन- सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी बुधबार, पुस ३०, २०८२
गगन र विश्वप्रकाश कानुनी परामर्शमा बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्