काठमाडौं- कोशी प्रदेशमा सम्भावित संसदीय चलखेलबाट बच्न मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाका ज्येष्ठ सदस्य तथा कांग्रेस सांसद गयानन्द् मण्डललाई राज्यमन्त्री नियुक्त गरेका छन्।
एमालेबाट उपसभामुख सिर्जना दनुवारले संसद् बैठक बहिष्कार गर्ने वा राजीनामा दिएमा सभाको सञ्चालन जेष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्थाबाट बच्न थापाले मण्डललाई राज्यमन्त्री नियुक्त गरेका हुन्।
कोशी प्रदेश सभाको बैठक भदौ १ गते शुक्रबार बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।