काठमाडौं– इजिप्ट र साउदी अरबबीच अरबियन मुलुकमा संकट समाधानका लागि अरब एकता, ऐक्यवद्धता र संयुक्त कार्यक्रमहरु अघि बढाउनुपर्ने बारेमा छलफल भएको छ।
मंगलबार इजिप्टका विदेशमन्त्री सामेह शौकर र साउदी अरबका समकक्षी राजकुमार फैसल बिन फरहान अल साउदबीचको भेटमा अरबियन मुलुकको समस्या समाधानका लागि एकजुट भएर अघि बढ्नुपर्ने बारेमा छलफल भएको हो।
२ नेताबीचको भेटमा सुडान, लिबिया, यमन र सिरियाको द्वन्द्व लगायत क्षेत्रीय मुद्दाहरुमा छलफल भएको थियो। छलफलले साउदी र इजिप्टबीचको सम्बन्ध बिस्तार गर्ने र अन्य अरबियन मुलुकको सम्बन्ध पनि बिस्तार गर्दै जानेमा विमर्ष भएको बताइएको छ।
दुई मन्त्रीहरुले अरब राष्ट्रिय सुरक्षाको समाधानका लागि ‘अरब समाधन’ कार्यक्रममार्फत् विभिन्न क्षेत्रीय समस्याहरुको सामना गर्न संयुक्त अरब कार्य र एकताको रुपरेखालाई अघि बढाउने आवश्यकतामा जोड दिएका छन्। भेटमा प्यालेस्टाइन–इजरायली द्वन्द्वको न्यायसँगत समाधानको लागि छलफल भएको छ। बैठकमा सिरियाका विदेशमन्त्री फैसल मेकदाद पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।