काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बर १६ तारिखमा अमेरिका जाने भएका छन्। मंगलबार सम्पादकसँग बालुवाटारमा कुराकानी गर्दै उनले सो जानकारी दिएका हुन्।
उनले आफू सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने र त्यतैबाट सेप्टेम्बर २१ तारिखमा चीन जाने जानकारी दिएका हुन्।
यसपटक चीन भ्रमणका क्रममा केही महत्त्वपूर्ण सहयोग सम्झौता हुने पनि उनले जानकरी दिए। चीनको बीआरआई आयोजनाका बारेमा राखिएको एक जिज्ञासामा उनले नेपालसँग भएको बीआरआई सम्झौताको कार्यान्वयन आयोजनाका बारेमा छलफल हुने र बीआरआई आयोजनाअन्तर्गत नेपालमा अनुदान सहयोगसम्बन्धी प्रस्ताव आफूले चीनसँग राख्ने पनि उनले जानकरी दिए।
चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङसँग पनि द्विपक्षीय भेटवार्ता हुने जानकारी प्रधानमन्त्री दाहालले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।