• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार ८, २०८३ Mon, Jun 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुन काण्डमा ठूलाबडाको संलग्नता देखियो, धन्यवाद दिनुपर्नेमा एमालेले संसद् अवरुद्ध गर्‍यो : प्रधानमन्त्री प्रचण्ड

64x64
रासस मंगलबार, साउन ३०, २०८०  १९:४७
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार सुशासनका काममा अघि बढेको र पछिल्लो समय परिणाम पनि सार्वजनिक भइरहेकोमा राम्रोलाई राम्रो भन्ने संस्कार नदेखिएको बताएका छन्। 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले सुन पक्राउ प्रकरण सरकारको सुशासनको प्रतिबद्धताको पछिल्लो उदाहरण भएको बताए। 

प्रधानमन्त्री दाहालले भने, ‘त्यतिका धेरै सुन तस्करले विमानस्थलबाट बाहिर ल्याएर लाने क्रममा सरकारले पक्राउ गर्‍यो, कैयौँ मानिस पक्राउ परेका छन् र अनुसन्धान भइरहेको छ, यस्तो अवस्थामा पनि प्रमुख प्रतिपक्षले सरकारलाई धन्यवाद दिनुको सट्टा झन संसद् अवरुद्ध गरेको छ, यसरी संसद् रोकिएको छ कि मानौँ सरकारले सुन पक्राउ गरेर कुनै गल्ती पो गरेको हो कि?’

प्रधानमन्त्री दाहालले नेकपा एमालेले केही दिनयतादेखि संसद् अवरुद्ध गरेको प्रसङ्ग उल्लेख गर्दै सरकारले एकपछि अर्को गरी भ्रष्टाचारका काण्ड सार्वजनिक गरी सुशासनको प्रत्याभूति दिने गरी काम गरिरहेको स्पष्ट रहे पनि त्यसलाई अनदेखाजस्तो गरेर उल्टै जनताका आवाज मुखरित हुने ठाउँ संसद् नै अवरुद्ध गर्नु जायज नभएको बताए। 
     
नेपालमा सुन एकातिरबाट आउने अर्को देशमा जाने गरेको अहिले आएर थाहा भएको र त्यस्तो सूचना थाहा भएपछि आफ्नै मातहतको एकजना सहसचिव खटाएर सो सुनको पिछा गरेरै पक्राउ गर्न लगाइएको उनले जानकारी दिए। 

अहिले जारी रहेको अनुसन्धानबाट पनि अवैध कारोबार केवल विमानस्थलको प्रहरी र भन्सारको मात्र नभएर ठूलाबडाहरू र कतिपय विदेशी नागरिककै संलग्नता देखिएको खुलेकाले यसलाई अनुसन्धान गरी निष्कर्षमा पुर्‍याएर दोषीमाथि कारबाही गर्न कडाइका साथ लाग्न प्रहरी तथा प्रशासनलाई भनिएको पनि प्रधानमन्त्री दाहालले स्पष्ट गरे। 

उनले सुन प्रकरणजस्तै यसअघिका विभिन्न प्रकरणमा पनि दोषीलाई नछोडी निस्फिक्री अनुसन्धान गर्न प्रहरीलाई भनिएको पनि जानकारी दिए। 

माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराको नाम पनि यस प्रकरणमा जोडिएको एक प्रश्नमा उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो प्रतिवेदनमा नाम समावेश गरेको विषयमा सोधिएको र यस विषयमा प्रहरीले एकाध दिनमै त्यसलाई स्पष्ट गर्ने बताएको भन्दै दोषी देखिए कसैलाई पनि नछोड्न भनिएको बताए। 

प्रहरीले आफ्नो सक्दो प्रयासबाट अनुुसन्धान गरिरहेको र यसमा अपराधीको देश हुँदैन भनेजस्तै विभिन्न देशका नागरिक नै यसमा संलग्न भएको देखिएकाले यसको अनुसन्धान गर्न सबैले सहयोग गर्नुुपर्ने उनले आह्वान गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

पछिल्ला प्रकरण सरकारको सुशासनका पाइला हुन्  
प्रधानमन्त्री दाहालले पछिल्लो समयमा सरकारले भुटानी शरणार्थी प्रकरणदेखि लिएर ललिता निवास हुँदै ठूलो मात्रामा अवैधरूपमा विमानस्थलबाटै बाहिरिएको सुन पक्राउ प्रकरण सबै वर्तमान सरकारले सुशासनमा गरेको प्रत्याभूतिको सुरुआत भएको स्पष्ट गरे। 

उनले नेपाली नागरिकलाई विदेशी बनाएर विदेश पठाउनेजस्ता जघन्य अपराधका घटनामा संलग्न मानिसलाई पक्राउ गरी कारबाही गर्न नै सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको बताए। 

उनले यस्तो अपराधमा संलग्नलाई सरकारले कारबाही गर्ने र यसको अनुसन्धानमा कुनै पनि कसर बाँकी नराख्ने पनि स्पष्ट गरे। 

प्रधानमन्त्री दाहालले भने, ‘म तेस्रो पटक प्रधानमन्त्री भएदेखि नै मुलुकमा जनतालाई सुशासन, न्याय र सेवाको प्रत्याभूति गर्छु भनेर प्रतिबद्धता व्यक्त गरेको हुँ र सरकारको सुशासनको अभियानको सुरुआत यस्ता भ्रष्टाचारका प्रकरणको छानबिनबाट नै थालेको हो, यसमा जनताले सरकारलाई धन्यवाद दिएकै छन् भन्ने मेरो बुझाइ छ।’

त्यस्तै ललिता निवासको जग्गामा भएको अनियमितताको अर्को फाइल खोल्नुको कारण पनि त्यही भएको उनको भनाइ थियो। उनले भने, ‘पहिला नक्कली भुटानी प्रकरणको फाइल खोल्यौँ र त्यसबाट यस्तो अपराधमा समेत राज्यका कस्ता कस्ता निकाय, कर्मचारी तथा नेताहरू स्वयं संलग्न हुँदारहेछन् भन्ने देखियो र त्यसपछि देशमा भूमाफियाको जालो कस्तो रहेछ भन्ने कुराको अध्ययन ललिता निवासको फाइलबाट देखियो।’

देशमा सरकारी जग्गालाई व्यक्ति व्यक्ति मिलेर, सेटिङ गरेर निजी बनाई कसरी अनियमितता गर्दा रहेछन् भन्ने कुराको अध्ययन गरी त्यस्ता व्यक्तिमाथि कडाभन्दा कडा कारबाही गरेर यस्तो प्रवृत्तिलाई नै परास्त पार्नका लागि ललिता निवासको जग्गा अनियमितताको फाइल खोलिएको उनले बताए। 

यो अनुसन्धान देशमा भूमाफियाको चलखेललाई पूर्णतः रोक्ने र उनीहरूको जालो तोडेर सरकारी जग्गाको संरक्षण गर्ने अभियानको थालनीका लागि पनि ललिता निवासको जग्गा अनियमितता फाइल खोलिएको उनको स्पष्टीकरण थियो। 

प्रधानमन्त्री दाहालले भने, ‘यो त सरकारको सुशासनको थालनी हो र आगामी दिनमा यस्ता सरकारी जग्गा या अन्य अनियमितता जोडिएका धेरै फाइल खुल्न सक्छन्।’ त्यसपछि पछिल्लो पटक सुन प्रकरण आएको प्रसङ्ग उल्लेख गर्दैै प्रधानमन्त्री दाहालले यी सबै प्रकरणमा सरकारले यो गर्नु या त्यो नगर्नु नभनेको र राज्यका सम्बन्धित निकायले बिना कुनै पक्षपात अनुसन्धान गरिरहेकाले दोषी पत्ता लगाएरै छोड्ने विश्वासमा आफू रहेको बताए। 

प्रधानमन्त्री दाहालले जनतालाई सुशासनको अनुभूति हुने गरी कार्यक्रम सरकारले ल्याएको, आफू पनि सोही कामका लागि दिन रात खटीरहेको र जनताले सुशासन र सेवाको अनुभूति हुने गरी सरकारले काम गरेको उल्लेख गरे। 

बालुवाटारमा संसद् खोल्ने सहमति भयो, बानेश्वर पुग्दा कसरी भङ्ग भयो? 
प्रधानमन्त्री दाहालले दलहरूका बीचमा जेजस्ता सुकै विमति रहेका भए पनि तिनमा छलफल गरी निकास निकाल्नका लागि पनि संसद् अवरुद्ध हुन नहुने दोहोर्‍याए। 

प्रधानमन्त्री दाहालले भने, ‘देशमा बाढी पहिरोको मौसम छ र जनतालाई राहत आदिका कुरा छन्, संसद्मा लैजान ठिक्क पारिएका महत्वपूर्ण विधेयक छन्, अरु विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने छ तर संसद् अवरुद्ध गरेर कसरी हुन्छ? जे सुकै होस् संसद् खुल्नुपर्छ र त्यहीँबाट जनताका प्रतिनिधिले जनताका आवाज मुखरित गर्नुपर्छ।’

संसद् खुलाउनकै लागि आफू र सबै सत्तारुढ दलले प्रतिपक्षी दलसँग सहमति र सम्झौतासमेत गरेको तर बालुवाटार पुग्दा त्यो कसरी भङ्ग भयो भनेर आफू छक्क परेको उनले सुनाए। 

संसारमा अन्यत्र कतै नभएको सत्तारूढ दलहरू प्रमुख विपक्षी दललाई संसदीय समितिमा तीन जना सभापति दिन सहमति भई त्यो दिएर संसद् खुलाउनकै लागि सहमति गरेको खुलासा गर्दै उनले तर त्यो सहमति बालुवाटारमा पुगेर किन र कसरी भङ्ग भयो भन्ने बारेमा आफू जानकार हुन नसकेको उनको भनाइ थियो। 

प्रधानमन्त्री दाहालले विगतमा पनि लामो समय यसैगरी संसद् अवरुद्ध भएको प्रसङ्ग उल्लेख गर्दै यसबाट कसैलाई फाइदा नपुग्ने र यस्ता क्रियाकलापले बरु संसदीय व्यवस्थामाथि नै प्रश्न उठाउने अवस्था ल्याउन सक्ने आशङ्का गरे। 

प्रमुख प्रतिपक्षी दल एमालेप्रति लक्षित गर्दै उनले भने, ‘यो उहाँहरूको कतै विगतको जस्तै संसद् विघटन गर्ने निरन्तरता त होइन?’

अर्थतन्त्र सुधारोन्मुख छ, आत्तिनुपर्ने अवस्था छैन 
सम्पादकहरूसँगको कुराकानीकै क्रममा प्रधानमन्त्री दाहालले देश विभिन्न समस्यामा रहेको र आफू सरकारमा आउँदा देशको आर्थिक अवस्था निकै नाजुक अवस्थामा रहेको भए पनि अहिले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताए। 

उनले आफूले समय समयमा निजी क्षेत्र, सरकारी सरोकारवाला निकाय र अर्थ क्षेत्रका व्यक्तिसँग यस विषयमा छलफल जारी राखेको र अहिले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको पाएको बताए। 

निजी क्षेत्रको सहयोग र साझेदारीबिना देशमा समृद्धि सम्भव छैन भन्दै उनले अहिले मुलुकमा रेमिटेन्स बढेको, पर्यटक आगमनमा पनि सुधार भएको र आफूलाई आर्थिक क्षेत्रका विभिन्न सूचकहरू दिने क्रममा सुधार भएको देखाइएकाले देशको अर्थतन्त्रमा त्यस्तो सङ्कटपूर्ण अवस्था नदेखिएको बताए। 

आफू सरकारमा आउने बेलामा र त्योभन्दा केहीअघि देश श्रीलङ्काजस्तै बन्ने भयो या आर्थिकरूपमा टाट पल्टिने भयो भन्नेजस्ता विविधि हल्ला चलेको भए पनि आफूले प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला देशमा अर्थतन्त्रको सुधारका लागि काम गरेकाले आज सुधारोन्मुख अवस्थामा आएको उनको भनाइ थियो। 

गठबन्धनमा दरार पैदा गर्न खोजिएको छ 
प्रधानमन्त्री दाहालले देशमा भइरहेका पछिल्ला सरकार विरोधी गतिविधि तथा संसद्मा देखिएको अवरोध आदिबाट गठबन्धनमा दरार पैदा गर्न खोजिएको बताए। 

प्रधानमन्त्री दाहालले भने, ‘पछिल्लो समय मलाई त्यस्तै लाग्दैछ। कतैबाट पनि सरकारलाई निकास ननिस्कियोस् भन्ने ढङ्गबाट कुराहरू आउने गरेका छन्। तर मलाई लाग्छ गठबन्धनमा त्यस्तो कुनै असजिलो छैन। सरकारले काम गरिरहेकै छ।’

उनले यी पछिल्ला क्रियाकलाप गठबन्धन भत्काउने र सरकारप्रति पनि अविश्वास पैदा गर्ने काम भएको आफूले बुझेको बताए। उनले यस्ता क्रियाकलापका कारण सरकार सुशासन र जनतालाई सेवा दिने काम कारबाहीबाट पछि नहट्ने पनि स्पष्ट गरे। 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने ‘देश रास्वपाको हातमा छ, देश सुरक्षित छ’, सभापति लामिछानेले भने,‘बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ ।’ आइतबार, असार ७, २०८३
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने आइतबार चितवनमा पार्टीको पहिलो महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्र गुट उपगुटको अभ्यास गर्न नहुने बताए । आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियारल... आइतबार, असार ७, २०८३
ताजा समाचारसबै
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने आइतबार, असार ७, २०८३
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सीमाको विषयमा प्रधानमन्त्रीले भने, ‘ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं, प्रमाण ल्याउँछौं भनेको हो’ आइतबार, असार ७, २०८३
हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ : प्रधानमन्त्री शाह आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्