काठमाडौं– नेकपा एमालेको १०औं महाधिवेशनपछि असन्तुष्ट रहेका एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दुई नेताबीच भेट भएको हो। १०औं महाधिवेशनमा अध्यक्ष पदमा ओलीविरुद्ध लडेका रावल त्यसयता पार्टी नेतृत्वप्रति असन्तुष्ट रहँदै आएका थिए।
त्यसयता पार्टीको काममा सक्रिय नभएका रावललाई पार्टीको काममा फर्काउन अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्व तीन सदस्यीय वार्ता टोली पनि गठन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।