काठमाडौं- बुधबार दिउँसो १:१ बजे बस्नेगरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ।
संसद् सचिवालयले सूचना टाँसेर भदौ ५ गते १:१ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको हो।
बुधबार उक्त समयमा बैठक नराख्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलले आग्रह गरेपछि बैठक स्थगित गरिएको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।