एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वोत्तर राज्य मणिपुरमा जारी जातीय हिंसा नियन्त्रण उन्मुख रहेको बताएका छन्। भारतको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले मणिपुर चलिरहेको हिंसामा दुख व्यक्त गरे।
मणिपुरमा धेरै आमाछोरीलाई यातना दिई अत्याचार भएकोमा पीडितलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त उनले गरे। तर केही दिनयता मणिपुरबाट शान्तिको खबर आइरहेको उनले बताए।
केन्द्र र राज्य सरकारले मणिपुर हिंसाको समाधानका लागि प्रयास गरिरहेको पनि उनले बताए।
'पछिल्लो समय मणिपुर हिंसाबाट गुज्रिरहेको छ। कयौँ हिंसाको शिकार भए, आमाछोरीहरूका साथ अत्याचार भयो। तर केही दिनयता मणिपुरबाट शान्तिको खबर आइरहेको छ,' उनले भने, 'देश मणिपुरको साथमा छ। केन्द्र सरकार र राज्यले समाधानको लागि प्रयास गरिरहेको छ र गरिरहनेछ।' मणिपुरमा भइरहेको घटनाले महाराष्ट्रलाई पीडा भएको उनको भनाइ थियो।
उनले सन् २०४७ सम्म भारत विकशित देश बन्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।