• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गठबन्धनको बैठकमा ललिता निवास प्रकरणबारे छलफल, सर्वोच्चको आदेशबारे माधव नेपालको असन्तुष्टि

64x64
नेपाल लाइभ मंगलबार, साउन ३०, २०८०  ०९:१८
1140x725

काठमाडौं– काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशबारे सत्तारुढ गठबन्धनको बैठकमा छलफल भएको छ। सर्वोच्च अदालतले लाए, अह्राएको काम गर्ने तहका कर्मचारीभन्दा पनि निर्णयकर्ता (तत्कालीन प्रधानमन्त्री) समेतमाथि अनुसन्धान गर्न आदेश दिएपछि त्यसले गठबन्धनमा तरंग पैदा गरेको छ। 

सर्वोच्चको आदेशपछि तत्कालीन प्रधानमन्त्री एवम् सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई अनुसन्धानमा तानिने भएका छन्। 

सोही विषयलाई लिएर सोमबार गठबन्धनको बैठकमा छलफल भएको हो। पूर्व प्रधानमन्त्री नेपाल आफ्नो युरोप भ्रमण छोट्याएर सोमबार मात्रै नेपाल आएका थिए। नेपाल स्वदेश फर्किएपछि सोमबार अपराह्न गठबन्धनको बैठक बसेको थियो। 

गठबन्धनको बैठकमा महान्यायाधिवक्ता दिनमणी पोखरेललाई बोलाएर अदालतको आदेश र अबको अनुसन्धानबारे नेताहरुले जिज्ञासा राखेका थिए। बैठकमा अदालतको आदेशलाई लिएर पनि नेताहरुले विचार राखेका स्रोतले जानकारी दियो। 

खास गरेर एकीकृत समाजवादीका अध्यक्ष नेपालले अदालतबाट अतिरिक्त न्यायिक सक्रियता देखिएको टिप्पणी गरेका थिए। ‘रिट निवेदकको मागदाबी एउटा छ, अदालतले अर्कै आदेश गरिदिन्छ। यो अतिरिक्त न्यायिक सक्रियता जस्तो देखियो...’ बैठकमा नेपालले राखेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

नेताहरुको जिज्ञासापछि महान्यायाधिवक्ता पोखरेलले त्यसबारे प्रस्ट पारेका थिए। रिट निवेदकले संकेत गरेको ‘निर्णयकर्तामाथि अनुसन्धान पनि नहुने’ भन्ने कुरालाई सम्बोधन गर्नका लागि अदालतले निर्णयकर्ता (पूर्वप्रधानमन्त्री) माथि पनि अनुसन्धान गर्नू भनेर अदालतले आदेश दिएको देखिएको महान्यायाधिवक्ता पोखरेलको भनाइ थियो। उनले अब अदालतको आदेश पालना गर्नुको विकल्प नभएकाले अनुसन्धानको प्रक्रिया सघाउनुपर्ने धारणा राखेका थिए। 

अध्यक्ष नेपालले अनुसन्धानलाई सघाउन आफू तयार रहे पनि अनुसन्धानको प्रक्रिया, बयान लगायतबारे जिज्ञासा राखेका थिए। नेपालले अप्रत्यक्ष रुपमा बयान दिनका लागि गिरफ्तारी दिनुपर्ने, थुनामा बस्नु पर्ने वा नपर्नेबारे पनि जिज्ञासा राखेका थिए।  

नेपालको जिज्ञासापछि नेताहरुले अबको अनुसन्धान प्रक्रिया, अहिलेसम्मको अनुसन्धानबाट प्राप्त प्रमाण लगायतबारे महान्यायाधिवक्ताले विस्तृत जानकारी गराउने भन्दै सोमबारको बैठकमा कुरा राखेका थिए। अबको अनुसन्धान र बयानको प्रक्रियाबारे महान्यायाधिवक्ता पोखरेलले थप प्रस्ट पार्ने गरी बुधबार पनि गठबन्धनको बैठक बस्ने सहमति भएको छ। सम्भवत: बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने स्रोतले जानकारी दियो। 

साउन २१ गते (आइतबार) सर्वोच्च अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णयकर्ता (तत्कालीन प्रधानमन्त्री)हरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो।

योगराज पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा निर्णय सुनाउँदै सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा तथा कुमार चुँडालको संयुक्त इजलासले निर्णय प्रक्रियामा सहभागी तत्कालीन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरमा ल्याउन भनेको थियो। 

‘निर्णय गर्ने अथवा निर्णय प्रक्रियामा सहभागी हुनेहरुलाई अनुसन्धानको दायरामा नल्याइ अह्राए खटाएको काम गर्ने स्तरका कर्मचारी तथा सम्पत्ति लगानी गरी जग्गा खरिद गर्नेलाई मात्र अनुसन्धान केन्द्रित भएकाले यसले समग्र न्याय प्रणालीप्रतिको आम विश्वासलाई समेत जोखिममा पारेको छ,’ सर्वोच्चले भनेको थियो। 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक || LIVE|| बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ । सोमबार, जेठ ४, २०८३
राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सांसद नारायणदत्त मिश्रले कृषि क्षेत्रलाई प्राथमिकता दिने भनिएता पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा कुनै ठोस योजना नआएको... सोमबार, जेठ ४, २०८३
काँग्रेस नेतृत्वले गुटगत विभाजन अन्त्य गर्दै संगठन सुदृढीकरणलाई प्राथमिकता दिने काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु भएको प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलामा सम्बोधन गर्दै उनले विशेष महाधिवेशनसँग जो... सोमबार, जेठ ४, २०८३
ताजा समाचारसबै
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण सोमबार, जेठ ४, २०८३
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता सोमबार, जेठ ४, २०८३
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरू सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्