फाइल तस्बिर काठमाडौं- सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले गौर हत्याकाण्डको छानबिन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ शीर्ष नेताहरूको बैठकले गौर हत्याकाण्डबारे छानबिन नगर्ने निर्णय गरेको हो।
गौर हत्याकाण्डका पीडितले १० लाख रुपैयाँका दरले राहत पाइसकेको र मृतक शहिद घोषणा हुने क्रममै रहेकाले यसलाई राजनीतिक ढंगले अगाडि बढाउने निर्णय गठबन्धनले गरेको हो।
बैठकको निर्णयबारे जानकारी दिँदै बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, 'गौर हत्याकाण्डाको बारेमा पनि कुरा उठेको छ। जसपाका साथीहरूले गठबन्धनमा यस्तै रहँदै जाने हो भने सरकारमा रहने नरहने शंकास्पद कुरा व्यक्त गरेको देखिन्छ।'
उनले अगाडि भने, 'गौर हत्याकाण्डमा चारवटा प्रतिवेदनका फरक-फरक रिजल्ट छन्। मानव अधिकारले एउटा भनेको छ अरुले अर्कै भनेको छ। मारिएका परिवारले राहत १० लाखका दरले पाइसकेका छन्। राज्यबाट पाउनुपर्ने राहत पाइसकेका छन्। यसलाई कानुनसम्बत ढंगले अगाडि बढाउने कुरा भएको छ।'
उनले गौर हत्याकाण्डमा मारिएका केहीलाई शहिद घोषणा गरिसकेको र केही हुने क्रममा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।