काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार जनवादी गणतन्त्र चीनको भ्रमणका लागि त्यसतर्फ जाँदैछन्।
सातौं चीन दक्षिण एशिया प्रदर्शनी तथा २७ औं चीन (कुनमिङ) आयात निर्यात मेलामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
चीनको कुनमिङमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म उक्त प्रदर्शनी आयोजना हुँदैछ। उपराष्ट्रपति यादव सोमबार अपराह्न १६:२५ बजे चाइना इस्टर्न एयरलाइन्सको नियमित उडानबाट कुनमिङ प्रस्थान गर्नेछन्।
भ्रमण दलमा उनकी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, निजी चिकित्सक सिवाजी विक्रम सिलवाल, स्वकीय उपसचिव शत्रुधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी हुनेछन्। उपराष्ट्रपति आगामी भदौ ४ गते स्वदेश फर्किने उपराष्ट्रपति कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।