• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘ह्युमन मिल्क बैंक’ मा दूधदान गर्ने बढ्दै

64x64
रासस आइतबार, साउन २८, २०८०  १४:५४
1140x725

काठमाडौं– थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा ल्याइएको ‘ह्युमन मिल्क बैंक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र)मा आमाको दूधदान गर्नेको सङ्ख्या बढेको पाइएको छ। अस्पतालले सञ्चालन गरेको परामर्श सेवाले गर्दा दूधदान गर्ने आमाको सङ्ख्या बढेको पाइएको हो।

बैंकमा पहिले दैनिक औसत छ आमाले दूधदान गर्ने गरेकोमा हाल उक्त सङ्ख्या बढेर दैनिक औसत १० जनासम्म पुगेको छ। बैंकका व्यवस्थापक स्मृति पौडेलले पहिलेको तुलनामा दूधदान गर्ने आमाको सङ्ख्यासँगै दूध सङ्कलनको मात्रा पनि बढेको बताइन्। उनका अनुसार कुनै बेला दैनिक साढे दुई लिटरसम्म पनि दूध सङ्कलन हुने गरेको छ।

गत वर्षको भदौमा औसत एक दिनमा एक हजार एक सय ६६ मिलिलिटर दूध सङ्कलन भएकोमा यो वर्षको असारसम्म आइपुग्दा त्यो बढेर एक हजार ६ सय ९१ मिलिलिटर पुगेको उनले जानकारी दिइन्। यस्तै गत वर्षको भदौमा ३६ जना आमाले दूधदान गरेकोमा यो वर्षको असारमा उक्त सङ्ख्या ७० पुगेको छ।

गत वर्षको भदौमा ३६ जना आमाबाट २४ हजार पाँच सय ६५ मिलिलिटर दूध सङ्कलन भएकोमा यो वर्षको असारमा ७० जना दूधदाता आमाबाट ३९ हजार दुई सय ५९ मिलिलिटर दूध सङ्कलन गरिएको छ। सबभन्दा बढी पुस महिनामा एक सय १९ जना दूधदाताबाट दूध सङ्कलन गरिएको छ।  बैंकका अनुसार असोजमा ३५, कात्तिकमा ३१, मङ्सिरमा ७९, माघमा ६०, फागुनमा ४८, चैतमा ८५, वैशाखमा ४६, जेठमा ५५ जना आमाबाट बच्चाका लागि दूधदान गरिएको थियो।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ ३ गते दूध खान नसक्ने शिशुलाई अरू आमाको दूध सङ्कलन गरेर खुवाउनका लागि बैंकको उद्घाटन गरेकी थिइन्। ‘आमाहरुमा त्यतिकै खेर गइरहेको दूध बैंकमा जम्मा गरेर अरू शिशुलाई खुवाउन सकिन्छ भनेर चेतना पनि बढ्यो’, उनले भनिन्, ‘हामीले पनि शय्यासम्म पुगेर खेर गइरहेको दूधलाई बैंकमा जम्मा गर्न आग्रह गर्दछौं।’

बैंकमा हालसम्म सात सय ४९ आमाबाट चार सय ५६ लिटर दूध सङ्कलन गरिएको छ। जसमध्ये ४४८ दशमलव ८८ लिटर आमाको दूध निर्मलीकरण गरी आठ सय ७३ शिशुलाई ३९९ दशमलव ८९ लिटर दूध शिशुलाई खुवाइएको पौडेलले बताइन्। निर्मलीकरण गरिएको आमाको दूध छ महिनासम्म शिशुलाई खुवाउन मिल्छ। अस्पतालले स्तनपान गर्न नसक्ने बच्चालाई दूधदाताबाट दूध सङ्कलन गरी शिशुलाई खुवाउनका लागि बैंक सञ्चालन गरेको हो।

निर्धारित समयभन्दा अगाडि जन्मेको बच्चा, गम्भीर बिरामी भएका बच्चा, जन्मिने बित्तिकै रुन नसक्ने, हातखुट्टा नै लल्याकलुलुक भएको बच्चा, आइसियुमा रहेका बच्चा, आमाको दूध राम्रोसँग तान्न नसक्ने बच्चालाई मिल्क बैंकमा जम्मा भएको दूध दिने गरिन्छ।  सघन उपचार कक्ष (आइसियु)मा रहेका आमा, भर्ना भएका आमा, स्तनपान गर्न नसक्ने आमाबाट दूध सङ्कलन गरिन्छ।

अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले अस्पतालमा भर्ना भएका आमालाई दूधदानको महत्व बुझाउने गरेको बताए। उनले प्रत्येक शय्यामा गएर आमाहरुलाई खेर गइरहेको दूधदान गर्न आग्रह गर्ने गरेको बताए। ‘आमाको दूध बच्चाका लागि अमृतसरह हो भनेर जनचेतना जगाउँदै दूध सङ्कलन बढाएका छौं’, उनले भने, ‘सातजना परामर्शदाताले बहिरङ्ग विभाग र शय्या कक्षमा पुगेर आमाको दूधको महत्व बुझाएर दूधदान  गर्नका लागि आग्रह गर्नुहुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

बैंक स्थापनासँगै अहिले नवजात शिशुलाई ल्याक्टोजेन खुवाउन नपरेको उनको भनाइ छ। शिशुलाई आमाको दूध खुवाएर अस्पताललाई ल्याक्टोजेन मुक्त गराइएको उनले बताए। एउटा बच्चालाई एक दिनमा न्यूनतम ८० मिलिलिटरदेखि दुई सय ४० मिलिलिटर दूध आवश्यक हुन्छ। दुई–दुई घण्टाका दरले बच्चालाई दूध खुवाइन्छ। बच्चालाई तौलअनुसार दूध खुवाउने गरिन्छ। 

बैंकमा एउटा आमाबाट सामान्यता एक पटकमा दुई सयदेखि तीनसय मिलिलिटर दूध सङ्कलन हुन्छ। एक जना आमाले एक दिनमा तीन घण्टाको फरकमा दूध दिन सक्छन्। साधारण विधिबाट प्रसूति भएका आमाबाट दूध सङ्कलन कम मात्रामा हुने गरेको उनको भनाइ छ। ‘सामान्य तरिकाबाट प्रसूति भएका आमाहरुको एक दिनमा नै डिस्चार्ज हुने गर्दछ’, उनले भने, ‘ती आमाबाट दूध सङ्कलन एकदमै कमै मात्रामा हुन्छ।’

यस्तै समय अगाडि नै जन्मेका शिशुका आमाबाट दूध सङ्कलन धेरै हुने गरेको छ। ती आमाले शल्यक्रियाबाट शिशु जन्माउने, आमा लामो समयसम्म अस्पतालमा बस्ने र बच्चाले पनि कम खाने भएकाले त्यस्ता आमाबाट दूध सङ्कलन धेरै हुने गरेको उनले बताए। त्यस्ता आमाहरु अस्पतालमा औसतमा १० देखि १५ दिनसम्म बस्छन्। 

अझै अपुग दूध
बैंकमा दूधदान बढे पनि त्यो पर्याप्त नभएको बैंकको भनाइ छ। बैंकका व्यवस्थापक पौडेलले बैंकमा जम्मा भएको दूध भर्ना भएका ६० प्रतिशत शिशुलाई मात्र पुर्‍याउन सकेको बताइन्। ‘अस्पतालमा अझै पनि दूध खान नसक्ने सबै शिशुलाई दूध पुर्‍याउन सकेका छैनौं,’ उनले भनिन्, ‘प्राथमिकताका आधारमा शिशुलाई दूध उपलब्ध गराउने गरेका छौं।’

बच्चालाई जन्मेदेखि छ महिना नपुग्दासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ। अस्पतालमा हाल छ वटा इलेक्ट्रिक मेसिन र १२ वटा म्यानुअलबाट दूध सङ्कलन गरिन्छ। दूध दिने आमामा कुनै रोग भए नभएको पनि परीक्षण गरिन्छ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार चालकको मृत्यु भइसकेकाले उनको पहिचना र बतनबारे आवश्य... मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु उनको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको हो । मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु दिनमा तीन देखि चार कप कफी पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मानिने पोषणविद् अतुल उपाध्याय बताउँछन् ।  उनका अनुसार दुध र चिन... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्