• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘ह्युमन मिल्क बैंक’ मा दूधदान गर्ने बढ्दै

64x64
रासस आइतबार, साउन २८, २०८०  १४:५४
1140x725

काठमाडौं– थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा ल्याइएको ‘ह्युमन मिल्क बैंक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र)मा आमाको दूधदान गर्नेको सङ्ख्या बढेको पाइएको छ। अस्पतालले सञ्चालन गरेको परामर्श सेवाले गर्दा दूधदान गर्ने आमाको सङ्ख्या बढेको पाइएको हो।

बैंकमा पहिले दैनिक औसत छ आमाले दूधदान गर्ने गरेकोमा हाल उक्त सङ्ख्या बढेर दैनिक औसत १० जनासम्म पुगेको छ। बैंकका व्यवस्थापक स्मृति पौडेलले पहिलेको तुलनामा दूधदान गर्ने आमाको सङ्ख्यासँगै दूध सङ्कलनको मात्रा पनि बढेको बताइन्। उनका अनुसार कुनै बेला दैनिक साढे दुई लिटरसम्म पनि दूध सङ्कलन हुने गरेको छ।

गत वर्षको भदौमा औसत एक दिनमा एक हजार एक सय ६६ मिलिलिटर दूध सङ्कलन भएकोमा यो वर्षको असारसम्म आइपुग्दा त्यो बढेर एक हजार ६ सय ९१ मिलिलिटर पुगेको उनले जानकारी दिइन्। यस्तै गत वर्षको भदौमा ३६ जना आमाले दूधदान गरेकोमा यो वर्षको असारमा उक्त सङ्ख्या ७० पुगेको छ।

गत वर्षको भदौमा ३६ जना आमाबाट २४ हजार पाँच सय ६५ मिलिलिटर दूध सङ्कलन भएकोमा यो वर्षको असारमा ७० जना दूधदाता आमाबाट ३९ हजार दुई सय ५९ मिलिलिटर दूध सङ्कलन गरिएको छ। सबभन्दा बढी पुस महिनामा एक सय १९ जना दूधदाताबाट दूध सङ्कलन गरिएको छ।  बैंकका अनुसार असोजमा ३५, कात्तिकमा ३१, मङ्सिरमा ७९, माघमा ६०, फागुनमा ४८, चैतमा ८५, वैशाखमा ४६, जेठमा ५५ जना आमाबाट बच्चाका लागि दूधदान गरिएको थियो।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ ३ गते दूध खान नसक्ने शिशुलाई अरू आमाको दूध सङ्कलन गरेर खुवाउनका लागि बैंकको उद्घाटन गरेकी थिइन्। ‘आमाहरुमा त्यतिकै खेर गइरहेको दूध बैंकमा जम्मा गरेर अरू शिशुलाई खुवाउन सकिन्छ भनेर चेतना पनि बढ्यो’, उनले भनिन्, ‘हामीले पनि शय्यासम्म पुगेर खेर गइरहेको दूधलाई बैंकमा जम्मा गर्न आग्रह गर्दछौं।’

बैंकमा हालसम्म सात सय ४९ आमाबाट चार सय ५६ लिटर दूध सङ्कलन गरिएको छ। जसमध्ये ४४८ दशमलव ८८ लिटर आमाको दूध निर्मलीकरण गरी आठ सय ७३ शिशुलाई ३९९ दशमलव ८९ लिटर दूध शिशुलाई खुवाइएको पौडेलले बताइन्। निर्मलीकरण गरिएको आमाको दूध छ महिनासम्म शिशुलाई खुवाउन मिल्छ। अस्पतालले स्तनपान गर्न नसक्ने बच्चालाई दूधदाताबाट दूध सङ्कलन गरी शिशुलाई खुवाउनका लागि बैंक सञ्चालन गरेको हो।

निर्धारित समयभन्दा अगाडि जन्मेको बच्चा, गम्भीर बिरामी भएका बच्चा, जन्मिने बित्तिकै रुन नसक्ने, हातखुट्टा नै लल्याकलुलुक भएको बच्चा, आइसियुमा रहेका बच्चा, आमाको दूध राम्रोसँग तान्न नसक्ने बच्चालाई मिल्क बैंकमा जम्मा भएको दूध दिने गरिन्छ।  सघन उपचार कक्ष (आइसियु)मा रहेका आमा, भर्ना भएका आमा, स्तनपान गर्न नसक्ने आमाबाट दूध सङ्कलन गरिन्छ।

अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले अस्पतालमा भर्ना भएका आमालाई दूधदानको महत्व बुझाउने गरेको बताए। उनले प्रत्येक शय्यामा गएर आमाहरुलाई खेर गइरहेको दूधदान गर्न आग्रह गर्ने गरेको बताए। ‘आमाको दूध बच्चाका लागि अमृतसरह हो भनेर जनचेतना जगाउँदै दूध सङ्कलन बढाएका छौं’, उनले भने, ‘सातजना परामर्शदाताले बहिरङ्ग विभाग र शय्या कक्षमा पुगेर आमाको दूधको महत्व बुझाएर दूधदान  गर्नका लागि आग्रह गर्नुहुन्छ।’

Ncell 2
Ncell 2

बैंक स्थापनासँगै अहिले नवजात शिशुलाई ल्याक्टोजेन खुवाउन नपरेको उनको भनाइ छ। शिशुलाई आमाको दूध खुवाएर अस्पताललाई ल्याक्टोजेन मुक्त गराइएको उनले बताए। एउटा बच्चालाई एक दिनमा न्यूनतम ८० मिलिलिटरदेखि दुई सय ४० मिलिलिटर दूध आवश्यक हुन्छ। दुई–दुई घण्टाका दरले बच्चालाई दूध खुवाइन्छ। बच्चालाई तौलअनुसार दूध खुवाउने गरिन्छ। 

बैंकमा एउटा आमाबाट सामान्यता एक पटकमा दुई सयदेखि तीनसय मिलिलिटर दूध सङ्कलन हुन्छ। एक जना आमाले एक दिनमा तीन घण्टाको फरकमा दूध दिन सक्छन्। साधारण विधिबाट प्रसूति भएका आमाबाट दूध सङ्कलन कम मात्रामा हुने गरेको उनको भनाइ छ। ‘सामान्य तरिकाबाट प्रसूति भएका आमाहरुको एक दिनमा नै डिस्चार्ज हुने गर्दछ’, उनले भने, ‘ती आमाबाट दूध सङ्कलन एकदमै कमै मात्रामा हुन्छ।’

यस्तै समय अगाडि नै जन्मेका शिशुका आमाबाट दूध सङ्कलन धेरै हुने गरेको छ। ती आमाले शल्यक्रियाबाट शिशु जन्माउने, आमा लामो समयसम्म अस्पतालमा बस्ने र बच्चाले पनि कम खाने भएकाले त्यस्ता आमाबाट दूध सङ्कलन धेरै हुने गरेको उनले बताए। त्यस्ता आमाहरु अस्पतालमा औसतमा १० देखि १५ दिनसम्म बस्छन्। 

अझै अपुग दूध
बैंकमा दूधदान बढे पनि त्यो पर्याप्त नभएको बैंकको भनाइ छ। बैंकका व्यवस्थापक पौडेलले बैंकमा जम्मा भएको दूध भर्ना भएका ६० प्रतिशत शिशुलाई मात्र पुर्‍याउन सकेको बताइन्। ‘अस्पतालमा अझै पनि दूध खान नसक्ने सबै शिशुलाई दूध पुर्‍याउन सकेका छैनौं,’ उनले भनिन्, ‘प्राथमिकताका आधारमा शिशुलाई दूध उपलब्ध गराउने गरेका छौं।’

बच्चालाई जन्मेदेखि छ महिना नपुग्दासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ। अस्पतालमा हाल छ वटा इलेक्ट्रिक मेसिन र १२ वटा म्यानुअलबाट दूध सङ्कलन गरिन्छ। दूध दिने आमामा कुनै रोग भए नभएको पनि परीक्षण गरिन्छ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा अमेरिकी विदेश मन्त्रालयले आप्रवासन प्रणालीको पुनर्मूल्यांकन गर्नुपर्ने आवश्यकता देखाउँदै आगामी जनवरी २१ देखि लागू हुने गरी भिसा प्रक... बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते ट्रक पल्टिदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदारको सोही मार्बलले किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द... बिहीबार, माघ १, २०८२
यस्तो रहनेछ देशभरको मौसम मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफ... बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्