काठमाडौं– सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालले प्रस्तावित विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहका वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने तयारी गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ।
संविधानको मर्म र सार्वजनिक शिक्षा सुधारको हितलाई ध्यानमा राखेर वास्तविक अभिभावकमध्येबाट लोकतान्त्रिक प्रक्रियाका आधारमा विद्यालय व्यवस्थापन समिति गठन गर्न महासंघले आग्रह गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गुणराज मुक्तानले अभिभावक भेलामार्फत् विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राखिनुपर्ने, खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था गर्नुपर्ने र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको भूमिकालाई स्पष्ट गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।