काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीन भ्रमणमा जाँदैछन्। सेप्टेम्बरको तेस्रो–चौथो साता प्रधानमन्त्रीको चीन भ्रमणको मिति टुंगो लागेको हाे।
प्रधानमन्त्रीको भ्रमणअघि उपराष्ट्रपति रामसहायप्रसाद यादवे चीन भ्रमणमा जाने भएका छन्। साउन २९ गते उनी चीनको भ्रमणमा जाने मिति टुंगो लागेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार चीनको कुनमिङ्ग सहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना साउथ एसिया एक्सपोजिन चाइना इम्पोर्ट एन्ड एक्सपोर्ट फेयर’मा सहभागी हुन उपराष्ट्रपति त्यसतर्फ जान लागेका हुन्।
उपराष्ट्रपति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उपराष्ट्रपतिको भ्रमण तयारीबारे परराष्ट्र मन्त्रालयमा बिहीबारसम्बन्धित निकायका अधिकारीबीच छलफल भएको छ।
मन्त्रिपरिषद्को साउन २३ गतेको बैठकले उपराष्ट्रपतिको चीन भ्रमणको कार्यक्रम स्वीकृत गरेको थियो।
उपराष्ट्रपति यादवको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।