काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको भोटाहिटीस्थित साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खड्कासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। सहकारीको जग्गा सस्तोमा बिक्री वितरण गरी भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ। साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष खड्कासहित सञ्चालक समितिका तत्कालीन सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने र सदस्यसचिव तथा महाप्रबन्धक अमर थापालाई प्रतिवादी बनाइएको छ।
उनीहरूसँग अख्तियारले चार करोड ४ लाख २४ हजार बिगो दावी गरेको छ। वीरेन्द्रनगर नगरपालिका ८ को क्षेत्रफल ०-२-० को जग्गा र कोहलपुर गाविस-३ (क) को क्षेत्रफल ०-२-१७ को जग्गा बिना आधार र कारण हचुवाको भरमा अत्यन्त कम मूल्यमा बिक्री गरी भ्रष्टाचार गरेको दावी अख्तियारले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।