काठमाडौ- एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जनालाई काठमाडौं जिल्ला अदालतले संगठित अपराधमा पहिलो पटक सात दिन म्याद थप गरेको छ।
राजश्व अनुसन्धान विभागबाट नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीमा आएको मुद्दामा म्याद थप गर्न जिल्ला अदालतले अनुमति दिएको हो। यसअघि उनीहरुलाई राजश्व चुहावटमा उच्च अदालत पाटनमा म्याद थप गरिएको थियो।
विभागले सुन तस्करी प्रकरणमा अन्य धेरै पाटा देखिएको भन्दै सीआईबीलाई फाइल र अभियुक्तहरूलाई हस्तान्तरण गरेको थियो। आफू मातहत आएपछि सीआईबीले पहिलो पटक जिल्ला अदालतमा पेश गरेको हो। जिल्लाले पक्राउ परेका १८ जनालाई थप अनुसन्धान गर्न उक्त म्याद दिएको हो ।
संगठित अपराधमा ६० दिनसम्म थुनामा राख्न सकिन्छ। राजश्व चुहावटमा भने ९० दिनसम्म थुनामा राख्न सकिने कानुन व्यवस्था थियो। त्रिभुवन विमानस्थलवाट बाहिरिएको अवस्थामा विभागको टोलीले सुन पक्राउ गरेको थियो। उक्त प्रकरणमा अनुसन्धानको क्रममा चिनियाँ र तिब्वती नागरिकसहितका नेपाली नागरिकहरू पक्राउ परेका छन्।
उनीहरूमाथि सीआईबीले विभिन्न कोणमा अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।