काठमाडौं- नेकपा एमालेले जारी राखेको अवरोध हटाउने विषयमा सहमति नजुटेपछि स्थगित बैठक ४ बजेका लागि सरेको छ। संघीय संसद् सचिवालयले सूचना टाँस गरी बैठक ४ बजे बस्नेगरी समय परिवर्तन गरिएको हो।
सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउन तीन दलका शीर्ष नेताहहरूसँग छलफल गरेका थिए। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सदनको अवरोध हटाउने विषयमा सहमति हुन नसकेपछि उक्त बैठक पुन: साढे ३ बजे बस्दैछ।
सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठकको समय निर्धारण गरिएकोमा र्धारित समयमा बस्न नसक्ने भएपछि ४ बजे बस्नेगरी बैठक निर्धारण गरिएको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।