काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिहरुको नेतृत्व बाँडफाँटबारे पार्टीको संसदीय दलको बैठकमा ब्रिफिङ गरेका छन्।
नेकपा माओवादी केन्द्रको सोमबार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले संसदीय समितिहरुको नेतृत्वमा भागबण्डाका मिलिसकेको बताए।
कांग्रेसले ४, एमालेले ३ र माओवादी केन्द्रले २ संसदीय समितिको नेतृत्व पाउने गरी बाँडफाँट भएको प्रचण्डले बताएको एक सांसदले जानकारी दिए।
यस्तै संसदीय समितिमा एकीकृत समाजवादीले १, जसपाले १ र जनमत पार्टीले एक नेतृत्व पाउने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।