कञ्चनपुर- जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजका ३४ वर्षीय प्रेमबहादुर बुढा क्षेत्रीलाई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।
शुक्रबार राति ११ बजे उनले तरकारी काट्ने चक्कु प्रहार गरी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बताए।
गम्भीर घाइते द्रोपतीलाई उपचारको लागि प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र दोधारा पठाए पनि उनलाई डाक्टरले मृत घोषणा गरेका हुन्।
घरायसी विवादमा उनले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको प्रवक्ता डाँगीले बताए। उनलाई पक्राउ गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।