महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले शु्क्रबार राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी–७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन्।
प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ। ‘प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादमा श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको देखिन्छ’, प्रहरी निरीक्षक साउँदले भने ,‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
चक्कु प्रहारबाट गम्भीर घाइते द्रोपतीको उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र दोधारा चाँदनी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।