काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शनिबार पनि बस्दैछ। बुधबारदेखि कमलादीस्थित प्रज्ञा भवनमा सुरू बैठकको आज चौथो दिन हो। बैठकमा नेताहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ।
बिहीबार र शुक्रबारको बैठकमा ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिसकेका छन्। बाँकी सदस्यहरुले आजको बैठकमा आफ्ना भनाइ राख्नेछन्।
बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरुले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका छन्। बैठकमा नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना गरेका हुन्।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आगामी मंसिरमा हुने विधान सम्मेलन, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीको बारेमासमेत छलफल चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।