काठमाडौं- सरकारले एक क्विन्टल सुन प्रकरण्मा अनुसन्धानका लागि कुनै पनि समितिको आवश्यक नरहेको बताएको छ। सो प्रकरणमा नेकपा एमालेले छानवीन समिति गठन गर्नु पर्ने माग राखेर संसद अवरोध गरिरहेको बेलामा सरकारले उक्त कुरा बताएको हो।
बिहीबार सञ्चारमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा उक्त कुरा बताएकी हुन्।
‘राजश्व अनुसन्धान विभाग सरकारको शक्ति सम्पन्न विभाग हो। त्यो विभागले नै अनुसन्धान बढाइ रहेको र तस्करीको रुटकजमा पुग्छौँ भनेर प्रतिबद्धता सहित लागरिहेको बेलामा थप अनुसन्धान गर्न समिति बनाउने र विषयवस्तु डाइभर्ट गर्ने कुराले अनुसन्धान पनि प्रभाव पर्छ भन्ने लागेको छ,’ मन्त्री शर्माले भनिन्।
सरकारले नचाहेको भए उक्त सुन नसमातिने बताउँदै उनले अनुसन्धानको काम राजश्व अनुसन्धान विभागले नै गर्ने बताइन्। उनले भनिन्, 'सरकारले नचाहेको भए सम्भवतः यो सुन पनि समातिने थिएन। सरकारले नै छानबिन गरिरहेको अवस्थामा र सरकारको शक्तिशाली निकाय राजश्व अनुसन्धान विभाग हो, विभागले आफ्ना काम र प्रक्रिया अघि बढाइरहेको छ।’
उनले सरकारले छानबिन प्रभवकारी ढंगले अघि बढाउनेमा कुनै कसर बाँकी नराखेको बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।