काठमाडौं– संघीय पर्यटन ऐन–२०३५ संशोधन गरिने भएको छ। पर्यटन ऐन संशोधन हुने भएपछि पर्यटनमन्त्री सुदन किराँतीले सुझाव माग गरेका छन्।
मन्त्री किराँतीले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्, ‘४५ वर्ष पुरानो संघीय पर्यटन ऐन समय सापेक्ष परिमार्जनको थालनी भएको छ। सम्पूर्ण सरोकारवाला पक्ष र सचेत नागरिकहरुको सुझावलाई समेट्ने उदेश्यले ३० दिनको समय व्यवस्था गरिएको छ।’
पर्यटनको विकास गरी सर्वसाधरणको आर्थिक हित कायम गर्ने उद्देश्यले बनेको उक्त ऐनमा समेट्नुपर्ने सुझावहरु इमेलमार्फत् पठाउन मन्त्री किराँतीले आग्रह गरेका छन्। २०३५ सालमा बनेको उक्त ऐन पटक–पटक गरी ६ पटकसम्म संशोधन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।