काठमाडौं- बलिउडका चर्चित कला निर्देशक नितिन देसाइ मृत भेटिएका छन्। महाराष्ट्रको रायगढमा उनी मृत भेटिएका हुन्।
प्रहरीले उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ। उनको शव एनडी स्टुडियोमा झुन्डिरहेको अवस्थामा भेटिएको हो।
जुन राजधानी मुम्बइबाट ५० किलोमिटर टाढा हो। उक्त स्टुडियोमा आमिर खानको ‘मंगल पाण्डेय’को सुटिङ भएको थियो।
नितिन देसाई ‘लगान’ ‘हम दिल दे चुके सनम’, ‘जोधा अकबर’ ‘प्रेम रतन धन पायो’ जस्ता सफल फिल्मका कला निर्देशक हुन्। उनले कला निर्देशकका रुपमा चार राष्ट्रिय अवार्ड जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।