• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दोस्रो स्टक एक्सचेन्जको बहस : नेपालजस्तो सानो अर्थतन्त्रलाई एउटै स्टक एक्सचेन्ज पर्याप्त छ

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १५, २०७५  ०९:५८
1140x725

पृष्ठभूमि
गत वर्ष नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न सैद्धान्तिक सहमति दिएसँगै नेपालमा दोस्रो स्टक एक्सचेन्जको आवश्यकता र औचित्यमाथि बहस शुरु भएको छ । केही महिना अघि बोर्डले तालुक निकाय अर्थ मन्त्रालयको राय खोजेकोमा यस विषयमा बोर्ड आफैलें निर्णय गर्न सक्ने आशयको जवाफ पठाएको समाचारहरू बाहिरिएका थिए । 

त्यसपछिको करिब ४÷५ महिनामा कुनै ठोस निर्णय वा कार्ययोजना नसुनाएको बोर्डले गत २५ असारमा प्रस्तुत गरेको आर्थिक वर्ष (आव) २०७५÷७६ को धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमको बुँदा नम्बर २३ मा धितोपत्रको प्राथमिक बजार देशका ७७ वटै जिल्लामा विस्तार भएको उल्लेख छ । त्यस्तै, दोस्रो बजार कारोबार सुविधा पनि देशव्यापी रुपमा विस्तार गर्न, धितोपत्र बजारमा अन्तराष्ट्रिय स्तरको कारोबार प्रणाली भित्र्याउन, ऋणपत्र बजारलाई प्रभावकारी रुपमा विस्तार गर्न तथा धितोपत्र बजारलाई प्रतिस्पर्धी तथा गुणात्मक रुपमा अघि बढाउन नयाँ स्टक एक्सचेन्जलाई अनुमतिपत्र प्रदान गर्ने विषय पनि उक्त नीति तथा कार्यक्रममा छ । 

बोर्डको नीति तथा कार्यक्रममा उल्लेखित बुँदाको आशय हेर्दा हालको स्टक एक्सचेन्जमार्फत् देशव्यापी सञ्जाल विस्तार गर्न नसकिने हुँदा नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको भन्ने बुझिन्छ । यसका अलावा नेप्सेको कारोबार प्रणाली अन्तराष्ट्रिय स्तरको हुन नसकेको, ऋणपत्र बजारलाई प्रभावकारी बनाउन नसकेको लगायतका कारण पनि नयाँ स्टक एक्सचेन्ज आवश्यक परेको बुझ्न सकिन्छ । 

नेपाल राष्ट्र बैंकबाट हालसालै जारी मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई सहायक कम्पनीमार्फत् धितोपत्र कारोबार गर्न पाउने व्यवस्था गरेको छ । उक्त व्यवस्था पश्चात धितोपत्रको प्राथमिक बजार झैं दोस्रो बजारको सञ्जाल पनि विस्तार हुनेछ । बैंक तथा वित्तीय संस्थाको सहायक कम्पनीमार्फत धितोपत्र कारोबार गर्न पाउने व्यवस्थाको समन्वयका लागि पटक – पटक राष्ट्र बैंकसंग उच्चस्तरीय वार्ता भइरहेको धितोपत्र बोर्डले बताउँदै आएको थियो । मौद्रिक नीतिको उक्त व्यवस्थाले बोर्ड पक्कै पनि खुसी भएको हुनुपर्छ, भलै उसले नयाँ स्टक एक्सचेन्जको लागि पेस गरेको एउटा तर्क औचित्यहिन नै किन नहोस् ।

विश्वव्यापी अभ्यास
धितोपत्रको दोस्रो बजार स्टक एक्सचेन्जको संख्याको सन्दर्भमा विश्वव्यापी अभ्यास हेर्दा विश्वमा एउटा मात्रै स्टक एक्सचेन्ज भएका देश प्रशस्तै छन भने एक भन्दा बढी एक्सचेन्ज भएका देश पनि निकै छन् । प्रायः विकासोन्मुख देशमा एक वा दुई एक्सचेन्ज र विकसित देशमा त्यो भन्दा बढी एक्सचेन्ज रहेको पाइन्छ । 

यसो भन्दै गर्दा पछिल्लो समय विश्वव्यापी रुपमै स्टक एक्सचेन्ज मर्ज (गाभिने) हुँदै गइरहेका सन्दर्भलाई विर्सन मिल्दैन । पछिल्लो समय दुई दशकको अवधिको प्रवृति (ट्रेन्ड) ले त्यसलाई अझ सहज ढंगले बुझ्न सहयोग मिल्छ, (हेर्नुस् तालिका) । 

नेपालको छिमेकी मुलुक भारतमा केही वर्ष अघिसम्म २० भन्दा बढी स्टक एक्सचेन्ज रहेकोमा ती क्षेत्रीय एक्सचेन्जहरू राष्ट्रियस्तरका एक्सचेन्जमा मर्ज वा ‘एक्वाएर्ड’ भएका छन भने केही मिलेर ‘इन्टर कनेक्टेड स्टक एक्सचेन्ज इन्डिया’ को स्थापना गरेका छन् । पकिस्तानमा ३ ठूला एक्सचेन्ज मिलेर एउटै एक्सचेन्ज बनेको छ । भियतनामका दुई सरकारी स्टक एक्सचेन्ज गाभिएर एउटै बन्ने प्रकृयामा छन् भने इन्डोनेसिया, फिलिपिन्स जस्ता देशमा पनि स्टक एक्सचेन्ज मर्ज भएर एउटै भएका छन् । 

तालिका १
क्र.सं.    साविकका एक्सचेन्ज    नयाँ एक्चेन्ज    वर्ष (सन्)    देश
१    टोकियो स्टक एक्सचेन्ज र ओसाका स्टक एक्सचेन्ज    जापान एक्सचेन्ज ग्रुप    २०१२    जापान
२    कराँची स्टक एक्सचेन्ज
लाहोर स्टक एक्सचेन्ज र
इस्लामावाद स्टक एक्सचेन्ज    पाकिस्तान स्टक एक्सचेन्ज    २०१६    पाकिस्तान
३    जाकर्ता स्टक एक्सचेन्ज र
सुरवाया स्टक एक्सचेन्ज    इन्डोनेसिया स्टक एक्सचेन्ज    २००७    इन्डोनेसिया
४    मनिला स्टक एक्सचेन्ज र
मकाटी स्टक एक्सचेन्ज    फिलिपिन्स स्टक एक्सचेन्ज    १९९२    फिलिपिन्स
५    हानोइ स्टक एक्सचेन्ज र
हो चि मिन्ह स्टक एक्सचेन्ज    मर्जर प्रकृयामा रहेको    २०१८    भियतनाम
६    लण्डन स्टक एक्सचेन्ज र
मिलान स्टक एक्सचेन्ज
(बोर्सा इटालिनिया)    लण्डन स्टक एक्सचेन्ज ग्रुप    २००७    युके, इटाली
७    न्युजिल्याण्डका क्षेत्रीय स्टक एक्सचेन्ज सबै    न्युजिल्याण्ड स्टक एक्सचेन्ज    १९७६    न्युजिल्याण्ड
८    टोरन्टो स्टक एक्सचेन्ज
स्ट्यान्डर्ड स्टक एण्ड माइनिङ एक्सचेन्ज    टोरन्टो स्टक एक्सचेन्ज    १९३४    क्यानडा

Ncell 2
Ncell 2
nimb
nimb

अर्थतन्त्रको आधार
भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपि) करिब २ हजार ६ सय अर्ब अमेरिकी डलर रहेको छ भने नेपालको जिडिपि करिब ३० अर्ब अमेरिकी डलर मात्रै छ । विजनेश स्ट्याडर्ड डट कमका अनुसार भारतमा इक्विटी शेयरको बजार पूँजीकरण सन् २०१७ मा करिब २ हजार ३ सय अर्ब अमेरिकी डलर थियो । नेपालको बजार पूँजीकरण पछिल्लो समय १४ अर्ब अमेरिकी डलरबाट तल झरिसकेको छ । बजार पूँजीकरण र जिडिपिको अनुपात भारतमा करिब ८८ प्रतिशत रहेकोमा नेपालमा करिब ४६ प्रतिशत मात्रै छ । त्यस्तै, यस्तो अनुपात श्रीलंकामा करिब २२ प्रतिशत, पाकिस्तानमा करिब २५ प्रतिशत र बंगलादेशमा करिब १७ प्रतिशतमात्रै छ । 

भारतको बम्बे स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जमा करिब ७ हजार संस्था सूचीकृत छन्,  बंगलादेशको दुई वटा स्टक एक्सचेन्जमा करिब १ हजार, पाकिस्तानको एउटा स्टक एक्सचेन्जमा करिब ५ सय ६० र श्रीलंकामा करिब ३ सय संस्था सूचीकृत छन् । यी सबैलाई हेर्दा नेपालमा सबैभन्दा कम १ सय ९६ संस्था मात्रै धितोपत्रको दोस्रो बजारमा सूचीकृत छन् । यसमध्ये कति संस्था नाम मात्रैका रहेको हुँदा तिनलाई धितोपत्र बोर्डले ‘भ्यानिसिङ कम्पनी’ को रुपमा व्यख्या गरेको छ । गत वर्ष बोर्डले यस्तो कम्पनीका बारेमा अध्ययन गर्ने भने पनि हालसम्म त्यस्तो कुनै अध्ययन सार्वजनिक गरिएको छैन । यसर्थ, नेप्सेमा सूचीकृत करिब १ सय ५० देखि १ सय ६० संस्थामात्रै सक्रिय रहेका छन भन्ने देखिन्छ । यो तथ्य नयाँ स्टक एक्सचेन्ज स्थापनाको लागि सबैभन्दा कमजोर आधार हो ।

नेपालको यथार्थ
३० करोड रुपैयाँ पूँजी भएको नेपाल स्टक एक्सचेन्जमा धितोपत्र दलाल संस्थाहरूको एक प्रतिशत भन्दा कम (०.६२ प्रतिशत) स्वामित्व भन्दा बाहेकको लगानी प्रत्यक्ष – अप्रत्यक्ष रुपमा नेपाल सरकारको हो । पछिल्लो ५ वर्ष ‘रिटर्न अन इक्विटि’ सधैं शतप्रतिशत भन्दा बढी राख्न सफल नेप्से वित्तीय रुपमा सक्षम संस्था भए पनि धितोपत्र बजारको विकास र विस्तार यही मोडलमा यो संस्थाबाट संम्भव देखिँदैन । 

सरकारले नियुक्त गर्ने महाप्रबन्धक र अध्यक्ष, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयको दोहोरो नियमन, संचालक समितिको निर्णय अक्षमता आदिका कारण नेप्सेले यही संरचनामा बजारको परिवर्तनको गति समात्न नसक्ने कुरा बुझ्न सकिन्छ । सरकारले आफ्नो स्वामित्वको मात्रा घटाई त्यसको निश्चित प्रतिशत निजी क्षेत्रलाई दिई, प्रतिष्ठित अन्तराष्ट्रिय साझेदार भित्र्याइ, पूँजीको निश्चित प्रतिशत सर्वसाधारण जनतालाई प्राथमिक निष्काशन गरेर स्वयम नेप्सेलाई नै सूचीकृत संगठित संस्थाको रुपमा अगाडि बढाउने (विश्का धेरै देशमा स्टक एक्सचेन्ज सूचीकृत संगठित संस्थाको रुपमा रहेका छन् । भारतका बम्बे र नेशनल स्टक एक्सचेन्ज दुवै सूचीकृत संस्था हुन्) रणनीति लिएमा नेप्सेको रुपान्तरणको लागि नयाँ अध्यायको सुरुवात हुने थियो । बजार विकासका लागि आवश्यक पर्ने नयाँ उपकरण, लगानीका विकल्प, स्टक डेरिभेटिभ, हकप्रद शेयरको हक हस्तान्तरणको कारोबार (राइट इन्टाइटलमेन्ट ट्रेडिङ्ग) लगायत ‘फ्ल्यागशिप इन्डेक्स’ निर्माण गरी ‘इन्डेक्स ट्रेडिङ्ग’ हुँदै ‘अप्सन’ र ‘फ्युचर्स’ सम्मको कारोबार हुन सक्छ । यसका साथै बजारलाई आवश्यक थप धितोपत्र दलाल, स्टक डिलर र मार्केट मेकर स्टक एक्सचेन्जले थप गर्नुपर्ने हुन्छ । यसो भएको खण्डमा मात्रै नेपालको पूँजीबजारलाई नयाँ उचाइमा पु¥याउन सकिन्छ ।

Xtrem

Xtrem

तर, यथार्थ बेग्लै छ, धितोपत्र दलालको सिन्डिकेट नेप्सेले तोड्न सक्दैन । जसले गर्दा नयाँ दलाल थपिन सकेको छैनन् । एउटै सफ्टवेयरमा महिनौं किचलो चलिरहन्छ र वर्षौंसम्म ‘आउटडेटेड सफ्टवेयर’ ले काम चलाइन्छ । न लगानीकर्ताले पाउनुपर्ने तथ्याङ्क व्यवस्थित छन्, न सूचीकृत संगठित संस्थाको सूचनाको सत्यतथ्य पुष्टि गरेर प्रकाशन÷प्रशारण नै गरिन्छ । अनि नियमनकारी निकायको निर्णयलाई पटक – पटक लत्याइन्छ । भित्री सूचना चुहावट रोक्न कुनै पहल गरिँदैन र संस्थागत सुशासन एकादेशको कथा हुन्छ, अनि धितोपत्रको सूचीकरण रोकेर हड्ताल गरिन्छ भने त्यस्तो स्टक एक्सचेन्ज समृद्ध पूँजीबजारको सहयात्री हुनै सक्दैन । 

अबको रोडम्याप
बलिरहेको बत्ति निभाएर, नयाँ टुकी बाल्नु बुद्धिमत्ता होइन । स्टक एक्सचेन्ज खोल्नु भनेको एउटा बाणिज्य बैंकको प्रतिस्पर्धी अर्को बाणिज्य बैंक, टेलिभिजन कम्पनीको प्रतिस्पर्धी अर्को टेलिभिजन कम्पनी वा टेलिकम कम्पनीको प्रतिस्पर्धी अर्को टेलिकम कम्पनी खोल्नु जस्तो पटक्कै हैन । यो बजारमा पेस गरिने एउटा ‘फ्यालेसी’ मात्र हो । यदि त्यसो हुँदो हो त ३० औं बाणिज्य बैंकझैं ३० एक्सचेन्ज चाहिन्छ भन्नु पनि गलत हुँदैन । यदि यसो भनियो भने हास्यास्पद सुनिन्छ । 

देशभित्रका स्टक एक्सचेन्ज प्रतिस्पर्धी भई लगानीकर्ताको लागत कम पर्न जान्छ भन्ने तर्क पनि गलत हो । संसारभर नै स्टक एक्सचेन्जहरू आफ्नो लागत समकक्षी वा छिमेकी देशको लागतसँग तुलना गरी प्रतिस्पर्धी बनाउने कोसिस गर्छन् । 

धितोपत्र दलाली शूल्का बारेमा कुरा गर्दा हामी पनि समकक्षी वा छिमेकी देशको शुल्कसँग तुलना गर्छौं । हाम्रो जस्तो चर्को धितोपत्र सूचीकरण शूल्क भएको देशमा सूचीकरण गर्ने संस्थाको लागत घट्दैन बरु बढ्छ । जुन लागतको मूल्य अप्रत्यक्ष रुपमा लगानीकर्ताले नै व्यहोर्नुपर्छ । 

अर्को एउटा तथ्य पनि यहाँ प्रस्तुत गर्न उपयुक्त हुने देखिन्छ, भारतमा २ सय वर्ष पुरानो एसियाकै पहिलो र ५ हजार भन्दा बढी सूचीकृत संगठित संस्था भएको बम्बे स्टक एक्सचेन्ज हुँदाहुँदै नेशनल स्टक एक्सचेन्ज स्थापना गरियो । त्यही नजिर नजिर नेपालमा पनि थोपर्न खोजिँदैछ । तर, यथार्थ के हो भने नेशनल स्टक एक्सचेन्ज जसमा बम्बे स्टक एक्सचेन्जमा सूचीकृत भएका करिब एक चौथाई संस्था मात्र (हाल सूचीकृत संस्था करिब १ हजार ६ सय रहेको) सूचीकृत हुन आए । यहाँको नेप्सेमा हाल सूचीकृत संस्था १ सय ९६ छन त्यो पनि भृकुटी कागज कारखाना, हरिसिद्धि इट्टा टायल कारखाना जस्ता संस्था जोडेर । 

नयाँ स्टक एक्सचेन्ज स्थापना ग¥र्यौं भने त्यसमा कति संस्था सूचीकृत हुन आउलान् ? ५०–६० संस्था मात्रै सुचिकृत भए भने त्यसको हविगत के होला ? के त्यसले देखाउने दृष्य सांच्चै अर्थतन्त्रको ऐना बन्ला त ? वा त्यो अर्को सेतो हात्ती बन्ला ?

नेप्सेलाई रुपान्तरण गर्ने हो भने नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशमा, पूँजीबजारको विकासको लागि एउटै स्टक एक्सचेन्ज पर्याप्त हुने देखिन्छ । काठमाडौं मुलुकको आर्थिक केन्द्र (फाइनान्सियल हब) बनिसकेको छैन, न त यहाँ क्रस बोर्डर ट्रेडिङ्ग वा लिस्टिङ्ग नै कानूनी रुपमा संम्भव छ । त्यसैले पनि नयाँ स्टक एक्सचेन्जको आवश्यकता अलि हतारो भएको देखिन्छ । 

नयाँ स्टक एक्सचेन्ज स्थापना गर्नुपहिले अहिले भइरहेको स्टक एक्सचेन्जलाई प्रतिस्पर्धी बनाउनुपर्छ भन्ने कुरा कहीं – कतै सुनिँदैन । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जमार्फत् सम्बोधन गर्न सकिने भनेका बजारका समस्याहरु यही एक्सचेन्जको रुपान्तरणमार्फत् नै पूरा हुन सक्छन्, तर त्यसको लागि बोर्डले पनि पहलकदमी लिनु आवश्यक देखिन्छ । 

समस्या मात्रै देखाएर बोर्ड पानी माथिको ओभानो बन्न मिल्दैन । नयाँ स्टक एक्सचेन्जको कुरा गरेर यही स्टक एक्सचेन्जबाट गर्न सकिने सुधारलाई पनि बोर्डले विर्सने छुट पाउँदैन । यसर्थ, प्रश्न रहन्छ, हामी नयाँ स्टक एक्सचेन्जको कुरा जोडेर किन यति महंगो ‘एक्सपेरिमेन्ट’ गर्न उत्साहित हुँदै छौं । भइरहेको स्टक एक्सचेन्जको रुपान्तरण गरी बजार सुधार गर्न छोडेर किन उल्टो बाटो हिड्न खोज्दैछौं ? सम्बन्धित जिम्मेवारीमा बस्नेले बेलैमा सोच्ने कि!

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०७५  ०९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने बुधबार, असोज ७, २०८३
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
व्यावसायिक भिसामा आएर काम, ८८ चिनियाँ नागरिक निष्कासनको प्रक्रियामा बुधबार, असोज ७, २०८३
लोकसेवा आयोगको नजिता प्रकाशनमा ढिलाइ नगर्न सर्वोच्चको आदेश बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्