• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नेपालमा पढाउँदै आएका भारतीय शिक्षकको गुनासो– जवानी यतै बित्याे, रित्तो हात कसरी फर्कने?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १५, २०७५  ०८:४०
1140x725

काठमाडौं– साढे ३ दशक पहिलेदेखि नेपाली विद्यालयमा पढाउँदै आएका भारतीय शिक्षकहरूले नेपाल सरकारले आफूहरूलाई वेवास्ता गरेको गुनासो गरेका छन्। सेवानिवृत्त हुने समयमा सरकारले रित्तो हात पठाउन लागेको उनीहरूले बताएका छन्। 

लामो समय शिक्षणसेवामा कार्यरत आफूहरूलाई नेपाली शिक्षक सरह सेवा/सुविधा दिनुपर्ने माग गरेका छन्। उनीहरूले सामूहिक आवाज उठाउन संस्था 'भारतीय शिक्षक संघ, नेपाल’ गठनसमेत गरेका छन्। उक्त संघमा हाल दुई दर्जनभन्दा बढी शिक्षक आबद्ध छन्। वि.सं. २०३९ सालदेखि नै नेपाली विद्यालयमा पढाउँदै आएका उनीहरूमध्ये अधिकांश माध्यमिक तहकाे दरबन्दीमा कार्यरत छन्। 

‘वर्षौंसम्म नेपाली विद्यालयमा पढायौं, तर अहिलेसम्म सरकारले स्थायीसम्म गरेको छैन’ संघका अध्यक्ष अरुण नारायण तिवारीले भने। उनी २०३९ सालदेखि दाङको आदर्श माध्यमिक विद्यालय, लालमटियामा पढाउँदै आएका छन्। 

माग सम्बोधनका लागि २०४७ सालयता पटक–पटक शान्तिपूर्ण आन्दोलन अनसनलगायतका दवावमूलक कार्यक्रम गर्दै आएपनि सरकारले वास्ता नगरेको गुनासो नेपालमा अध्यापनरत भारतीय शिक्षकहरूको छ। 

‘नेपाली विद्यालयमा पढाउँदै आएका र २०४६/०४७ मा एक शैक्षिक सत्र पूरा गरेका नेपाली एवं गैर–नेपाली शिक्षकलाई स्थायी गर्ने निर्णय तत्कालीन सरकारले गर्‍यो,’ संघले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ‘त्यस बेला २/४ जनालाई गोप्य तरिकाले स्थायी गराइयो, तर अन्य शिक्षकको हकमा निर्णय कार्यान्वयन नै गरिएन।’ ०४७ सालयता भारतीय शिक्षकलाई सरकारले नियुक्ति दिएको छैन।  

‘पछिल्लो समय स्थानीय तह, प्रदेशदेखि संघसम्मै आफ्ना माग राखेका छौं,’ संघका उपाध्यक्ष उमाशंकर शुक्लाले भने, ‘तर, अहिलेसम्म पनि माग सुनुवाइ भएको छैन’। भारतीय दूतावासलाई पनि आधिकारिक जानकारी गराइएको उनीहरूले बताएका छन्। सरकारका निकायबाट समस्या सुन्ने तर, कार्यान्वयन गर्नमा तत्परता नदेखाएको उनीहरूले उल्लेख गरे। 

तलवभत्ता बाहेक आफूहरुले कुनै पनि सुविधा नपाएको गुनासो उनीहरूले गरे। औषधोपचार, संचय कोष, योग्यता अनुसारको बढुवा लगायतका कुनै पनि सुविधा आफूहरूले नपाएको संघका महासचिव राजाराम यादवले बताए। ‘हामीमाथि अन्याय भयो’ उनले भने। 

‘अनिवार्य अवकास हुन अब केही वर्ष मात्र बाँकी छ,’ संघका अध्यक्ष तिवारीले भने, ‘हाम्रो वृद्धावस्था समेतलाई ख्याल गरेर सेवा अवधिको हिसाब गरी विशेष व्यवस्था गरिदिओस्।  

Ncell 2
Ncell 2
nimb
nimb

संघका अध्यक्ष तिवारीको भनाइ जस्ताको तस्तैः 

मेरो घर भारतको लखनउ हो। मेरो परिवार उतै छ। पढाउन नेपाल आउँदा मेरो उमेर २०/२२ थियो। म यहाँ दाङको आदर्श माध्यमिक विद्यालयमा विज्ञान विषय पढाउछु । प्लस टू तहमा स्वास्थ्य पनि पढाउँछु। 

म नेपालमा अध्यापनरत भारतीय शिक्षकको संस्था ‘भारतीय शिक्षक संघ, नेपाल’को अध्यक्ष हो। म ०३९ सालदेखि नेपालमा शिक्षणसेवा गर्दै आएको छु।

Xtrem

Xtrem

२०३६ साल भन्दाअघिका भारतीय शिक्षकहरूलाई नेपाल सरकारले स्थायी गर्‍यो, उहाँहरूले पेन्सन पनि पाइरहनु भएको छ। त्यसपछि नियुक्त भएका हामी भारतीय शिक्षकहरू भने सबै प्रकारका सुविधाबाट बञ्चित छौं। हामीलाई निवृत्तिभरण, औषधोपचार, बढुवा लगायतका कुनै पनि सुविधा दिइएको छैन। 

शैक्षिक सत्र ०४६/४७ मा एक सत्र पूरा गर्नेलाई स्थायी गर्ने निर्णय नेपाल सरकारले गर्‍यो। तर, भारतीय शिक्षकको हकमा त्यस्तो निर्णयको परिपत्र नै दबाइयो। देखाउनका लागि सरकारले ३÷४ जनालाई स्थायी गर्‍यो भने बाँकीको हकमा प्रक्रिया नै अघि बढाएन। 

तत्कालीन समयमा क्षेत्रीय निर्देशनालयमा सम्पर्क गर्दा उनीहरूले तपाँईहरूको लागि यो परिपत्रमा केही उल्लेख गरिएको छैन भनेर ढाँटे। परिपत्र सबै दबाए। त्यसपछि दूतावास अगाडि झण्डै दुई साता ८/१० जना साथीहरू भोक हड्ताल बस्यौं। 

त्यसपछि भारतीय विदेश मन्त्रालयका सहसचिव कुमार ज्ञवालीसँग वार्ता पनि भयो, तर उक्त वार्ता सफल हुन सकेन। ६० वर्ष सेवा गर्नुस् भन्ने जवाफ दुतावासबाट आयो। 

२०४६/४७ पछि कैयौं पटक प्रयास गर्‍र्यौं, तर अझै पनि सुनुवाई भएको छैन। अहिले त धेरै शिक्षकहरू अवकाश पनि भइसकेका छन्। अवकाश भएका १२/१३ जना मेरै सम्पर्कमा छन्। 

नेपाल सरकारले भारतीय नागरिकलाई शिक्षक नियुक्तिको ढोका बन्द गरिसकेको छ। त्यसकारण पनि हामी नेपाल सरकारका लागि अन्तिम पिँढी हौं। 

तीन दशकभन्दा बढी अवधि सेवा गरेका शिक्षकलाई इज्जतसाथ बिदाई गर्ने बेला हामीलाई यस्तो दु:खदायी अवस्थामा सरकारले पुर्‍याएको छ। हामीलाई यसमा धेरै नै दुःख लागेको छ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०७५  ०८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित
सम्बन्धित सामग्री
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व आज (बुधबार)देखि औपचारिक रूपमा सुरु भएको छ। बुधबार, असोज ७, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने बुधबार, असोज ७, २०८३
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
व्यावसायिक भिसामा आएर काम, ८८ चिनियाँ नागरिक निष्कासनको प्रक्रियामा बुधबार, असोज ७, २०८३
लोकसेवा आयोगको नजिता प्रकाशनमा ढिलाइ नगर्न सर्वोच्चको आदेश बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्