लुम्बिनी– दानव खोलाको बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन्। दाउराको जोहो गर्न खोला किनार गएकी ३५ वर्षीय मालती यादव बेपत्ता भएको प्रहरीले जनाएको छ।
रूपन्देहीको सम्मरीमाई गाउँपालिका–७ हर्दी घर भएकी यादवले बाढीले बगाएर ल्याउँदै गरेको दाउरा बढार्दै गर्दा खुट्टा चिप्लेर खोलामा बेपत्ता भएको पारिवारिक स्रोतको भनाइ छ।
मंगलबार बिहान ११ बजेदेखि खोलाको बाढीमा हराइरहेकी यादवको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक दिपेश खरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।