काठमाडौं- सुनसरीको इटहरीमा चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार राति पौने ११ बजे इटहरी नगरपालिका-१७ कान्छी चोकमा विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लुबी ७३इ९११७ को भ्यानसँग मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेहरुमा इटहरी- १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी छन्। दुर्घटनाबाट २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको छ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार चारै जना गम्भीर घाइते भएको र तीन जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनापछि उनीहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।