• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

वीर अस्पताल डायरी (पाना नं १): ल्याबबाट सिधै दलालको फोन नम्बर लेखेर ‘ठगिन पठाइन्छ’ बिरामी

64x64
डिबी खड्का सोमबार, साउन ८, २०८०  ०८:२२
1140x725

वीर अस्पतालले सामान्य शय्या नि:शुल्क गरेर ‘वाहवाही’ कमाइरहेको बेला निकटस्थ बिरामी भएपछि गत शुक्रबारदेखि बुधबारसम्म मलाई सेवाग्राही बन्ने ‘अवसर’ जुर्‍यो। उपचारका लागि फिमेल मेडिकल वार्डको २७१ बेडमा पाँच रात ६ दिन बिताएँ। त्यो क्रममा भोगेका र देखेका विषय मोबाइल डायरीमा नोट गरेँ। त्यही डायरीको ‘पहिलो पाना’ प्रस्तुत गर्दैछु। यो पानामा सुलभ र सस्तो उपचारका लागि अस्पताल पुगेका बिरामी र उनीहरूका आफन्तले खेप्नुपरेको महंगो  हैरानीको फेहरिस्त छ। 

टाइफाइडका सबै लक्षण एकसाथ देखिँदा शिथिल भएकी श्रीमतीलाई कुर्न म दुईटा शय्याको बीचमा राखिएको काठको टुलमा बसिरहेको छु। बायाँतिर श्रीमती छिन् र दायाँतिर रगतसम्बन्धी समस्या भएकी ३२ वर्षीया महिला। फरासिली स्वभावकी उनी आफ्ना लागि ल्याइएका आँपदेखि तरकारीसम्म बाँड्न रुचाउँछिन्। 

उपचार चलिरहेको थियो। अस्पतालमा बिरामीको दुखाइ बाँड्न मिल्दैन, दु:ख बाँड्न मिल्छ। ६ दिनको बसाइमा हामीले  वल्लो-पल्लो गरी जम्मा ६ बेडसम्म बाँड्न मिल्ने जति कुरा बाँड्यौँ। 

सुखले जोडिएका साथी दिमागमा हुन्छन्। दु:खमा जोडिएकाहरु मनमा रहँदा रहेछन्। हामी परिचित हुँदा आफन्त जस्ता भयौँ। रिपोर्ट लिनेदेखि औषधि किन्नेसम्म एकअर्कालाई सघायौँ। 

रगतसम्बन्धी समस्या भएर हामीभन्दा पहिलेदेखि सोही वार्डका पाहुना बनेका उनीहरूले उपचारका क्रममा अनेक हैरानी भोगेका छन्। त्यही क्रमको एउटा हो, ल्याब (हिस्टोलोजी/साइटोलोजी)बाटै टिपाइएको दलालको फोन नम्बर। अस्पतालभित्रै चल्ने असुली धन्दाका अनेक रुपमध्ये एउटा आफैंले नजिकबाट महसुस गर्न पाएँ। 

हातखुट्टा बेस्सरी दुख्ने र हेर्दा पहेंलो देखिन थालेपछि सिन्धुपाल्चोककी ती महिला उपचारका लागि वीर अस्पताल आइपुगेका थिए। त्यसअघि ललितपुरतिरको एउटा निजी अस्पतालमा पुर्‍याएका रहेछन्। उक्त अस्पतालले समस्या नै पत्ता लगाउन नसकेपछि वीर अस्पताल लैजान सुझाएको रहेछ। 

रगतसम्बन्धी समस्या हुनसक्ने विषयमा चेकजाँच चलिरहेको थियो। परीक्षणको नतिजा नआइ उपचार सुरु हुने कुरा भएन। उपचारमा संलग्न चिकित्सकमध्ये एकले राउन्डका क्रममा भने, ‘एप्लास्टिक एनिमिया वा ल्युकेमिया वा अरु केहीको सम्भावना केलाउन जाँचका लागि पठाएका छौँ।’ 

उपचारका लागि भर्नारत ती महिलाको बोनम्यारोको नमुना निकालेर दुईटा जाँचका लागि बिल काटिएको थियो। पहिलो- बोनम्यारो बायोप्सी र दोस्रो- एस्पिरेसन प्लस साइटोलोजी। दुवैका लागि बिलमा हरेकको पाँच सयका दरले शुल्क लिइएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

बायोप्सी र एस्पिरेसनको जाँच वीर अस्पतालमै हुने जानकारी हिस्टोलोजी/साइटोलोजी शाखाले दियो। तर, साइटोलोजी (फ्लो साइटोमेट्री)का लागि भने बोनम्यारोको नमुना बाहिर लैजानुपर्ने जानकारी बिरामीका आफन्तलाई गराइयो। अस्पतालमै उक्त जाँचका लागि मेसिन भए पनि बिग्रिएको त्यहाँ कार्यरत कर्मचारीको भनाइ थियो। त्यससँगै भनियो, ‘वीरमै फ्लो साइटोमेट्री गर्न सक्दा ८ हजार रुपैयाँमै हुन्थ्यो।’

वीरमा मेसिन बिग्रिएको जानकारी दिएपछि नेपालका अन्य प्रयोगशालामा त्यसको जाँच हुनेबारे बताइएन। बरु त्यही बिलको पछाडि उनीहरूले एउटा नाम र नम्बर लेखिदिए। जसलाई सम्पर्क गर्दा जाँच गराएर ल्याइदिने उनीहरूको भनाइ थियो। 

बिरामीका आफन्तले ती व्यक्तिलाई सम्पर्क गरे। अस्पतालको बेडका छिमेकी भएकाले हामीले पनि यो कुरा थाहा पायौँ। अमित जैसवाल नामका ती व्यक्तिले आफूले नमूना भारत पठाएर रिपोर्ट ल्याइदिने बिरामीका आफन्तलाई बताएका रहेछन्। त्यसका लागि उनले १७ हजार रुपैयाँ लाग्ने बताएछन्। उनीसँग बिरामीका आफन्तकै नम्बरबाट फोन गरेर जाँचबारे बुझ्यौँ। उनले ‘फ्लो साइटोमेट्री’को परीक्षण गराउने कुरा आफूलाई सम्बन्धित ठाउँबाट जानकारी गराइएको बताए। सकेसम्म चाँडो त्यसका लागि प्रक्रिया थाल्न जोड दिए।

उनीसँगको छोटो संवादपछि एउटा प्रश्नले मनमा उछाल हान्यो- वीर अस्पतालमै हुने जाँच नेपालका अन्य कुनै प्रयोगशालामा अवश्य हुन सक्छ?

Xtrem

Xtrem

कुनै नेपाली प्रयोगशालामा हुने/नहुने विषयमा बुझेर ती बिरामीलाई सघाउन लागि पर्‍यौँ। त्यसक्रममा थाहा भयो, सरकार मातहतकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलगायत अन्य प्रयोगशालामा समेत त्यसको जाँच हुने रहेछ। जनस्वास्थ्य प्रयोगशालाका एक विशेषज्ञसँगको संवाद गरेपछि उनले अर्को दिन साढे ९ बजे नमूनासहित बिरामीका आफन्तलाई पठाइदिन भने।

अघिल्लो बेलुकी उक्त संवाद भएपछि हामी साउन २ गते बिहान हिस्टोलोजी/साइटोलोजी शाखामा बिरामीका आफन्तसँगै पुग्यौँ। बिरामीको आफन्तका तर्फबाट मैले भनेँ, ‘फ्लो साइटोमेट्री जाँच गर्ने मेसिन बिग्रिएकाले बाहिर लैजान भन्नुभएको रहेछ,  हामीलाई नमूना दिनुहोस्, लिएर जान्छौँ।’ 

प्रयोगशालाबाट पहिले एकजना कुरा गर्न बाहिर निस्किएका थिए। हामीले कुरा गर्न खोजेको केस थाहा पाएर हुन सक्छ अर्को पनि सँगै निस्के। उनीहरूले भने, ‘यतै मेसिन बन्ला जस्तो छ। अर्को एकजनाको पनि छ, सँगै तपाईंहरुको पनि राख्छौँ। भएपछि बेलुकासम्म रिपोर्ट आउँछ। ८ हजार रुपैयाँ रिपोर्ट आएपछि तिर्नू।’

यहीक्रममा उनीहरूले वीरले दिएको सहुलियतबारे व्याख्या गर्न समेत भ्याए, ‘बाहिर गर्दा महंगो पर्ने भए पनि सरकारी अस्पतालमा सहुलियत दिएर जम्मा ८ हजार रुपैयाँ मात्रै पर्छ।’ 

यहाँनेर केही प्रश्न उब्जिएका थिए। जुन प्रश्न मैले अस्पतालबाट घर फर्किएपछि अस्पताल निर्देशक डा सन्तोष पौडेललाई गरेको छु। (डायरीको अन्तिममा संवाद छ)

१. अस्पतालको साइटोमेट्रीको मेसिन बिग्रिएको भए त्यहाँका कर्मचारीले अमुक व्यक्तिको नम्बर दिनु ठीक हो कि अन्य प्रयोगशालाबारे बताउनु? (किनभने सरकारअन्तर्गतकै जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोही मूल्यमा जाँच गरिने रहेछ। पैसा नै तिर्न नसक्ने केहीका लागि नि:शुल्क पनि जाँच हुने कुरा त्यहाँका एक अधिकारीबाट थाहा पायौँ।)

२. ल्याबमा बस्नेले त पैसाको कुरा भन्दा  जाँचको कुरामा जोड गर्नुपर्नु थियो,  हैन र?

३  ‘पहिले सेवा, पछि भुक्तानी’ भनेको वीर अस्पालभरी त्यही विभागमा मात्रै सुनियो। यस्तै होला त? 

साउन २ गते नै रगतरोग विशेषज्ञ डा निरज सिंह राउन्डका लागि आइपुगे। बिरामीबारे बताउने क्रममा एस्पिरेसनको रिपोर्ट आएको र साइटोमेट्रीको बेलुकी मात्रै आउने जानकारी पाएको ब्रिफिङ गर्‍यौं। त्यसक्रममा उनको प्रतिप्रश्न थियो, ‘बाहिर पठाउने कुरा थियो हैन र?’ हामीले यहीँ मेसिन बनिसकेको जानकारी दिइएको बतायौँ। उनले त्यहीँबाट कसैलाई फोन गरेर जानकारी लिए।

बिरामीको अवस्थाबारे उनीसँग जानकारी लियौँ र थप बढी जानकारीका लागि वीरको क्यान्सर विभागकै एक सिनियर चिकित्सकलाई अनुरोध पनि। ती सिनियर चिकित्सकले ‘एप्लास्टिक एनिमिया’को सम्भावना रहेको जानकारी आफूलाई दिइएको बताए। सेकेन्ड ओपनियनका लागि पठाउँदा अझै ‘क्लिएर’ नभएकाले बायोप्सी कुर्न सुझाइएको छ।

साउन ३ गते बिहानको राउन्डमा डा सिंहले उक्त रिपोर्ट दिउँसो ११ बजे आउने जानकारी आफूले पाएको बताए। हामी ढिलोगरी दिउँसो ३ बजे रिपोर्ट लिन हिस्टोलोजी/साइटोलोजी विभागमा पुग्यौँ। त्यसका लागि ४४५ नम्बर कोठामा पठाइयो। जहाँ मेसिनले काम नगरेकाले रिपोर्ट नआएको जानकारी दिइयो। 

त्यसपछि फर्केर फेरि साइटोलोजी विभागमै पुग्यौँ। विभागको अग्रभागका कर्मचारीले प्रयोगशालाभित्रै गएर बुझ्न भने। त्यहाँ रहेकामध्ये एकले बिरामीका अन्य रिपोर्टले 'खासै नराम्रो संकेत' नगरेकाले डाक्टरले त्यो जाँच नै जरुरी नभएको बताएको उल्लेख गरिन्। बायोप्सी जाँच भइरहेकाले हाललाई त्यही रिपोर्ट पर्खिन भनिन्। 

यहाँनेर पनि मनमा प्रश्न उठेको छ-  नम्बर टिपाइएको मान्छेकहाँ नपुग्दा आर्थिक लाभ नहुने भएपछि क्यान्सिल त गरिएन? 

हामीले साइटोमेट्री जाँचबारे सोधखोज गर्नुअघि नै बिरामी रिफर गर्न खोजिएको थियो। ‘डिस्चार्ज पेपर’ नै आधा लेखिएको थियो। ‘न रोगबारे कुनै यकिन छ, न केही सुधार छ, एक हप्ता बढी अस्पतालमा भर्ना भएर बसेपछि केही नभई हामी किन जाने?’ भन्ने बिरामी पक्षलाई लागिरहेको थियो। 

यही बीचमा हामीले सोधखोज बढी गरेको जानकारी ‘सम्बन्धित ठाउँ (सम्बन्धित व्यक्ति र ठाउँ खोज्न अस्पताल प्रशासनलाई भनेका छौँ)’ मा पुगेछ क्या रे! एकाएक डिस्चार्ज क्यान्सिल भयो। बिरामीलाई रगत चढाउने प्रक्रिया अघि बढ्यो। रगत चढाएपछि बिरामीले केही आरामको महसुस गरेका छन्। बायोप्सीको रिपोर्टका लागि साउन १४ गतेको मिति तोकिएको छ र १० गते एकपल्ट सम्पर्क गर्न भनिएको छ। त्यो रिपोर्ट नआई बाँकी उपचार प्रक्रिया अघि नबढ्ने भएकाले साउन ४ गते बिरामीलाई डिस्चार्ज गरिएको छ। 

यी सबै जानकारी साउन ३ गतेसम्म अस्पताल रहँदा ‘बिरामी कुरुवा’को रुपमा लिइएको हो। मैले साउन साउन ४ गते पत्रकारका रुपमा निर्देशक डा पौडेललाई उपचारका क्रममा उठेका केही प्रश्न गरें:

प्रश्न १ : तपाईंको अस्पतालमा फ्लो साइटोमेट्री मेसिन बिग्रिएको जानकारी छ कि छैन? त्यहाँ बिग्रिएको भनेर अमुक व्यक्तिको नम्बर दिएर जँचाउनु भन्ने तपाईंको वैधानिक प्रणाली नै हो?

निर्देशक डा पौडेल : हिस्टोलोजीका बारेमा अलिअलि सुनेको थिएँ। साइटोलोजीका बारेमा आज थाहा पाएँ!

प्रश्न २ : उक्त विभागमा रिपोर्ट आएपछि पैसा तिर्नु भनेको सुनियो। वीरको समग्र ल्याब प्रणालीमा यो नौलो सुनियो। त्यहाँ मात्रै यस्तो प्रणाली हो?

निर्देशक डा पौडेल : उहाँहरुको (रिपोर्ट)का विषयमा कन्फिडेन्स रैन’छ भन्ने बुझ्नुपर्‍यो। अन्य के भएको रहेछ, म बुझ्छु।

प्रश्न ३ : जाँचका लागि बाहिर पठाउनुपर्छ भनेर एउटा व्यक्तिको फोन नम्बर उहाँहरू (ल्याबकर्मी)को हातबाट लेखिनु कत्तिको जायज हो?

निर्देशक डा पौडेल : तपाईंले बाहिर लिनुभयो त?

प्रश्न : उहाँहरूले जनस्वास्थ्य प्रयोगशालामा लैजान दिनुभएन। यहीँ ट्राइ गर्छौं भन्नुभयो। त्यसपछि त्यो जाँच नै जरुरी छैन भन्नुभयो, यो कस्तो प्रक्रिया हो?

निर्देशक डा पौडेल : यस्तो गुनासो यअसघि पनि सुनिएका हुन्। हामीले समाधानको प्रयास गरिरहेका छौँ। यस विषयमा पनि बिरामीले उजुरी गर्‍यो भने छानबिन गर्छौं। 

०००

आफ्ना रोगको उपचार गरिरहेका चिकित्सकविरुद्ध जाने हिम्मत कुनै पनि बिरामीलाई हुँदैन। भोलि सही उपचार हुन नसक्ने डरले यस्ता समस्या उनीहरू बाहिर ल्याउन खोज्दा पनि खोज्दैनन्, बरु जे-जस्तो परेपनि भोग्छन्। उनीहरुको ठाउँमा आफूलाई राखिहेर्दा पनि त्यस्तै देख्छु। त्यसैले उनीहरुको पहिचान गोप्य नै राखिएको छ।

डायरीका टिपोटलाई विस्तृतिकरण गर्दा पनि मनमा केही प्रश्न खेलिरहेका छन्:

पहिलो, २०० रुपैयाँको शय्या नि:शुल्क गरेर जनतामाथि ‘उपकार’ गरेको महसुस गर्दै मखलेल बनिरहेका अस्पतालका हाकिमहरूले ‘अनावश्यक जाँच’ (पछि आफैंले आवश्यक छैन भनेको)का लागि १७ हजार तिराउन खोज्नेहरूलाई के गर्लान्?

दोस्रो,  भागहिस्सा माथिसम्मै पो पुग्छ कि? 

तेस्रो, नेपालकै अन्य प्रयोगशालामा त्यही जाँच हुनेबारे जानकारी नदिएर विदेश पठाउन खोज्नु अविश्वास होला कि द्रव्यमोह? 

डायरीको अर्को पाना अर्को शृंखलामा प्रस्तुत गरिनेछ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने बिहीबार, असोज ८, २०८३
खोला तर्ने क्रममा यात्रुबाहक बस बीचमै रोकियो बिहीबार, असोज ८, २०८३
जेनजीको मुद्दा समाधान गर्न ढिला भयो, सरकार गम्भीर हुनुपर्‍यो : कुँवर बिहीबार, असोज ८, २०८३
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्