• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जब तुलसी घिमिरेलाई कसैले भनिदियो- प्रकाश थापा बित्नुभयो

64x64
समर्पण श्री शनिबार, साउन ६, २०८०  १९:५२
1140x725

विसं २०३५/०३६ सालसम्म नेपालका प्रसिद्ध चलचित्र निर्देशक तुलसी घिमिरे हिन्दी फिल्मको स्थापित सम्पादक थिए। उनी मुम्बईमा ‘ए’ ग्रेडका फिल्म सम्पादन गर्थे।

बलिउडमा नाम चलेका फिल्म सम्पादक अचानक नेपाल कसरी आए? 

यसबारे घिमिरेले थुप्रै पटक भनिसकेका छन्। उनलाई एकदिन गुरुले भनेका थिए, ‘तिम्रो भाषामा भर्खर फिल्म बन्दै छन्। १० वटा फिल्म बनाएर फर्कनु।’

यो गुरुआज्ञाको पछाडि नेपालका त्यतिबेलाका चर्चित निर्देशक प्रकाश थापाको हात जोडिन्छ। प्रकाश एकदिन नेपालबाट ‘सिन्दुर’ फिल्मको गीत सम्पादन गर्न एउटा स्टुडियो पुग्छन्। त्यही स्टुडियोमा तुलसी कार्यरत थिए। दुई नेपाली आपसमा भेटिएपछि नेपाली भाषामै बोल्छन्। तुलसी र प्रकाशले एकापसमा गरेको कुराकानी तुलसीको गुरुलाई अनौठो लागेछ। 

‘गुरुले हाम्रो संवाद सुनिरहनुभएको थियो। उहाँले यो कुन भाषा भनेर सोध्नुभयो। मैले बताएँ। त्यसपछि उहाँले नेपाली भाषामा बनेका फिल्मबारे चासो राख्नुभयो,’ उनी सम्झन्छन्। 

त्यतिबेला नेपालमा फिल्म नगण्य मात्रामा बन्थे। त्यो थाहा पाएपछि गुरुले गुरुआज्ञा दिए, नेपाली भाषाका १० फिल्म बनाउने। 

तुलसीले असमर्थता राख्न नपाउँदै गुरुले धाप मारे।

‘एक दुईदिनमा गुरुलाई गएर पैसा जुटाउन सकिँदैन। त्यसकारण सम्भव छैन भन्छु भनेर सोचेको थिएँ, ’ तुलसी सम्झन्छन्, ‘तर मैले भन्नै पाइनँ। मलाई आज्ञा दिएको एक सातामै गुरुको निधन भयो।’

Ncell 2
Ncell 2
nimb
nimb

तुलसीले अब गुरु आज्ञा पालना गर्नैपर्थ्यो। 

उनले पहिलो फिल्म ‘बाँसुरी’ बनाए। विवादका कारण नेपालमा रिलिज गर्नै पाएनन्।  त्यसपछि आफैं लगानी जुटाएर ‘कुसुमे रुमाल’ बनाए। फिल्म क्षेत्रमा यसले तहल्कै पिट्यो। त्यसपछि लगातार बनाएका फिल्महरूले नयाँ कलाकार जन्माए, नयाँ सम्भावनाको बाटो कोरे।१०औँ चलचित्रको रुपमा ‘दक्षिणा’ बनाए। 

यतिन्जेलसम्म तुलसी नेपालका चर्चित निर्देशक बनिसकेका थिए। 

१०औं चलचित्रलाई गुरुदक्षिणाको रुपमा अर्पँदै उनी मुम्बई फर्कने सोचमा थिए। 

तर उनलाई प्रकाश थापा लगायतका साथीहरूले रोके। प्रकाश तिनै थिए, जोसँग भेट नभएको भए गुरुले नेपाली भाषाबारे तुलसीलाई सोध्ने थिएनन्। तुलसीले भन्ने थिएनन्। त्यसपछि गुरुले तिम्रो भाषामा फिल्म बनाउनु भनेर आज्ञा दिने थिएनन्। तुलसी नेपाल फर्कने पनि थिएनन्।

आज म तिनै प्रकाश र तुलसीका केही किस्साबारे चर्चा गर्दैछु। एक भेटमा तुलसीले आफूले हुर्काएको नेपाली फिल्म क्षेत्रबारे लामै कुरा गरेका थिए। त्यही क्रममा उनले पटक–पटक निर्देशक प्रकाश थापाको नाम लिइरहे। प्रकाश ‘सिन्दुर’, ‘जीवनरेखा’, ‘सन्तान’, ‘कन्यादान’जस्ता प्रसिद्ध फिल्मका निर्देशक हुन्। 

प्रकाशले तुलसीलाई गरेको गाली पत्रिकामा छापियो

प्रकाश र तुलसीको भेट हुनासाथ झगडा सुरु भइहाल्थ्यो। तुलसी प्रकाशलाई उक्साउँथे, अनि प्रकाश झगडा गर्न तम्सिहाल्थे। एकपटक एकजना पत्रकारले प्रकाशलाई उक्साएर तुलसीबारे प्रश्न सोधेछन्। प्रकाशले तथानाम गाली गरेछन् तुलसीलाई। भोलिपल्ट त्यो गाली पत्रिकामा छापिएछ। 

ती पत्रकार गाली छापिएको पत्रिका बोकेर तुलसीकहाँ पुगेर भनेछन्, ‘दाइ, यो के भनेका प्रकाश थापाले। तपाईं पनि यसको जवाफ दिनुस् त।’
‘मैले गालीको जवाफ नम्र भएर दिएँ। मेरो दृष्टिमा प्रकाश दाइ महान मान्छे हुनुहुन्छ भनेर लामो व्याख्या पठाएँ,’ उनी सुनाउँछन्।

एक हप्तापछि उनको जवाफ पत्रिकामा छापियो। त्यो पढेपछि प्रकाश झन् मुर्मुरिएछन्।  प्रकाशलाई लागेछ, ‘त्यति धेरै गाली गर्दा पनि मेरो बारेमा यति राम्रो कुरा बोलेको छ।’ प्रकाश तुलसीकहाँ गएछन्। उनले रिसालु लवजमा तुलसीलाई सोधेछन्, ‘के छ।’

तुलसीले जवाफ दिएछन्, ‘ठिकै छ दाइ।’

त्यहाँ गीतकार चेतन कार्की पनि सँगै थिए। चेतनले प्रकाशतिर हेर्दै भनेछन्, ‘लात, थप्पड फर्काइ फर्काइ भेट्यौ हैन त!’ तिम्रो कुराको जवाफ पढ्यौ?’

त्यसपछि प्रकाशले मुर्मरिँदै भने, ‘मेरो कुराको जवाफ यसले यसरी दिने हो?’

तुलसीले मुसुक्क हाँस्दै भने, ‘मैले जानेकै यति नै हो दाइ।’

रिसले चुर भएका प्रकाशले तुलसीलाई ठूल्ठूलो स्वरमा भने, ‘जानेको होइन यसले, यो पोलिटिसियन हो, पोलिटिसियन।!

तुलसीलाई कसैले सुनायो– प्रकाश दाइ बित्नुभयो
प्रकाश बिरामी थिए। उनी काठमाडौंको एक अस्पतालमा उपचाररत थिए। त्यतिबेला तुलसीलाई कसैले आएर भनिदियो, ‘प्रकाश दाइ बित्नुभएछ।’

यो सुनेर तुलसी मर्माहत भए। तुलसीसँग एकजना रेकर्डिस्ट थिए। उनले भने, ‘बोर भयो भाइ। जाऊँ, खादा किन्न।’

खादा किनेर तुलसी र ती रेकर्डिस्ट हतार हतार प्रकाशलाई राखिएको अस्पताल पुगे। पुगेपछि प्रकाशको छोरालाई सोधे, ‘बुबा खै?’ 
छोराले भने, ‘माथि हुनुहुन्छ।’

अस्पतालको बेडमा प्रकाश सुतिरहेका थिए। तुलसीले कसैले आफूलाई झुटो खबर फैलाइएको थाहा पाइहाले।  प्रकाश देखेपछि उनी खुसी भए। तुलसी आएको थाहा पाउनेबित्तिकै प्रकाशले झट्ट आँखा उघारिहाले। तुलसीले प्रकाशलाई बोलाउँदै भने, ‘मरेको रैनछौ त।’

‘तँलाई अगाडि नलगाई म मर्छु। तेरो मलामीमा म अगाडिपट्टि हुन्छु,’ प्रकाशले  भने। 

केहीबेर उनीहरूको भनाभन पर्‍यो। त्यसपछि तुलसीले खादा देखाउँदै भने, ‘तिमी मर्यौ भनेको सुनेर खादा किनेर ल्याएको हामीले त।’

त्यसपछि त प्रकाश मुर्मुरिइहाले। ‘साला, म अस्पताल हुँदा मर्यो भनेर आउने? अब हेर। तँलाई खादा त म कसरी लगाउँछु।’ 

एकैछिनमा प्रकाश र तुलसी दुवै हाँस्न थाले। उनीहरू हाँसेको सुनेर भित्र डाक्टर आएर भने, ‘तुलसी जी, तपाईं बाहिर गइदिुनस्।’

तुलसी बाहिर जानासाथ डाक्टर पनि सँगसँगै निस्किए। त्यसपछि डाक्टरले सुटुक्क भने, ‘हँसाउनु हुँदैन उहाँलाई। तपाईंहरू अघिदेखि जोड जोडले हाँसिरहनुभएको छ।’

प्रकाशलाई जति हाँस्यो, उति गाह्रो हुने रहेछ। भित्रबाट उनी तुलसीलाई बोलाउँदै थिए,‘ओई। भागिस्।’

तुलसीले उसैगरी बाहिरबाट भने, ‘भागेको छैन। आउँदैछु।’

प्रकाशको अवस्था गम्भीर रहेको थाहा पाएपछि तुलसी चिन्तित देखिए। अब प्रकाशलाई बाँच्न उत्प्रेरित गराउनु थियो।

भोलिपल्ट प्रकाशकहाँ पुगेर तुलसीले भने, ‘दाइ, सुतिरहने अब? उठ्नु। एउटा राम्रो प्रपोजल आएको छ। कथा मेरो हो। निर्देशन तपाईंको। बजेट पनि राम्रो छ।’

‘कस्तो छ?’ प्रकाशले जोसिँदै भने। 

‘एकदम राम्रो छ भनेँ नि,’ तुलसीले भने।  

‘तैँले चाहिँ किन नगर्ने डाइरेक्सन?’ प्रकाशले सोधे।

‘गर्नु त मैले नै गर्नपर्ने। त्यो प्रोडुसरलाई प्रकाश थापा नै चाहियो नि त,’ तुलसीले भने। 

त्यसपछि प्रकाश हाँसे, ‘देखिस्, म भनेको मै हो नि।’

‘हो त, त्यही भएर छिटो गरी उठ्नू,’  तुलसीले भने। 

फिल्म ‘महामाया’ले नोक्सानी व्यहोरेपछि प्रकाशलाई ठूलो आघात परेको थियो। उनी पुनः नयाँ फिल्मबाट उभिन चाहन्थे। प्रकाशले खुसी हुँदै भने, ‘ल स्टोेरी यहीँ बसेर पढौँ।’

‘यहाँ बसेर हुन्न दाइ। को को आउँछन्। स्टोरी खुस्किन्छ। तपाईंको घर गएपछि घरमा सुनम्ला,’ तुलसीले भने, ‘एउटा रोल म गर्छु। अनि अब आउने मेरो फिल्ममा प्रकाश थापा हुन्छ। र प्रकाश थापाको फिल्ममा तुलसी घिमिरे हुन्छ।’

त्यो बसाइ दुवैको लागि उत्साहजनक थियो। प्रकाश काम गर्ने हुटहुटीमा थिए। तर उनलाई शरीरले साथ दिएन। 

त्यसको केही समयपछि त प्रकाशले जीवनबाट विश्राम लिए। उनको निधनले तुलसीलाई निकै दिनसम्म विक्षिप्त बनायो। ‘म १० वटा फिल्म बनाएर जान्छु भन्दा उनले भनेका थिए –मभन्दा धेरै पपुलर भइसक्यौ तिमी। त्यसकारण नजाऊ, बस,’ तुलसी सम्झन्छन्, ‘यसरी बस भनेर रोक्ने मान्छे गइसके। जानुपर्ने मान्छे चाहिँ बसिरहेको छु।’

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्