काठमाडौं– आर्थिक वर्ष २०७९।८० मा चलचित्र विकास बोर्डबाट प्रदान भएको ‘मूभी कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको छ।
रिपोर्टका अनुसार हेमराज बिसी निर्देशित फिल्म ‘छक्का पञ्जा–४’लेसबैभन्दा बढी कलेक्सन गरेको छ। ‘छक्का पञ्जा–४’ले १७ करोड ५२ लाख ९९ हजार १ सय ५९ ग्रस कलेक्सन गरेको छ। दोस्रोमा भने फिल्म जारीले भने १७ करोड १७ लाख ९५ हजार १८ कलेक्सन गरेको छ।
सबैभन्दा कमका कलेक्सनका रुपमा फिल्म ‘सिवानी’ रु ५ सय २० कलेक्सन गरेको छ।जसको जम्मा ५ वटा मात्र टिकट विक्री भएको थियो।
गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका छन्। रिपोर्टका अनुसार स्वदेशी चलचित्रहरूको ७६ करोड ७२ लाख ५७ हजार ग्रस कलेक्सन देखिन्छ।
गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन भएका छन्। यी चलचित्रहरूको ७९ करोड ४३ लाख ४ ४ हजार ग्रस कलेक्सन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।