काठमाडौं- सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।
पाइलटसहित ६ जना यात्रु सवार हेलिकोप्टर बिहान १० बजे सोलुखुम्बुबाट उडेको र हालसम्म सम्पर्कमा नरहेको त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले बताए।
‘सम्पर्क गर्ने कोसिसमा छौं। अन्त कतै अवतरण भएको पनि हुन सक्छ। उडेपछि हामीसँग सम्पर्क हुन सकेको छैन,’ सिटौलाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।