काठमाडौं- चन्द्रमासअनुसार पहिलो साउने सोमबारको ब्रत मंगलबार (आज)बाट सुरु भएको छ। सौर्यमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले आजबाट नै ब्रत सुरु भएको हो।
![pasupati-81688966556.jpg](https://nepallive.net/uploads/posts/pasupati-81688966556.jpg)
चन्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुन्छ। सो अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ। पशुपतिनाथ मन्दिर दर्शन गर्ने र पूजा आराधना गर्न भक्तजनहरुको पशुपतिनाथमा बिहानैदेखि भीड लागेको छ।
![pasupati-21688966558.jpg](https://nepallive.net/uploads/posts/pasupati-21688966558.jpg)
साउनमा अधिकमास परे पनि नित्यपूजा-आराधना भने साउन महिनामा नियमित हुने पशुपति क्षेत्र विकास कोषले बताएको छ। चन्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मुलका भक्तजनको भीड लागेको छ। साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ।
![pasupati-11688966558.jpg](https://nepallive.net/uploads/posts/pasupati-11688966558.jpg)
![pasupati-71688966557.jpg](https://nepallive.net/uploads/posts/pasupati-71688966557.jpg)
![pasupati-61688966557.jpg](https://nepallive.net/uploads/posts/pasupati-61688966557.jpg)
![pasupati-51688966557.jpg](https://nepallive.net/uploads/posts/pasupati-51688966557.jpg)
![pasupati-41688966557.jpg](https://nepallive.net/uploads/posts/pasupati-41688966557.jpg)
![pasupati-31688966558.jpg](https://nepallive.net/uploads/posts/pasupati-31688966558.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।