काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।
काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ बनस्थली स्क्लमा रहेको परीक्षा केन्द्रबाट ३ जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको फेला पारेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। प्रहरी वृत्त बालाजुका डिएसपी मोहनजित कुँवरका अनुसार ३ जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।
प्रहरीले नियन्त्रणमा लिएका ३ जनाले प्रश्नपत्र खिचेर बाहिर पठाउनुका साथै सामाजिक सञ्जालमा हालेका थिए।
प्रहरीले परीक्षार्थी पक्राउ गरेपछि काउन्सिलको आकस्मिक बैठकले परीक्षाको नतिजा स्थगन गरेको छ। काउन्सिलले विशेष कारण परीक्षाको नतिजा स्थगित गर्न परेको सूचना निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।