फाइल तस्बिर
चितवन– मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। काली खोला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाउनका लागि एक्साभेटर पहिरोस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ।
सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढ तर्फ आउने सवारी साधन जाममा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।