• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मिस पवि : टिकटकदेखि टिभीसम्म

64x64
समर्पण श्री शनिबार, असार २३, २०८०  १३:११
1140x725

काठमाडौं– हिजो मिस पवि टिकटकमा छाउँथिन्। केही महिनायता उनी टिभीमा (टेलिभिजन) पनि छाउन थालेकी छन्। टिभीमा पवित्रा साकीलाई नाचिरहेको देखेपछि आफन्तहरू खुसी हुँदै भन्छन्, ‘छोरी त हिरोनी भई।’

र कतिले त थप्छन्, ‘हिजो गाउँभरिकालाई हसाउँथी। अब देशभरिकालाई हसाउँने भई।’

टिकटकमा एक वर्षअघि डडेलधुराको एक युवतीले डोटेली भाषा बोलेर भिडिओहरू पोस्ट्याउँथिन्। नौलो भाषा र आकर्षक लवजका कारण टिकटकमा लाखौँ ‘भ्यूज’ जान्थे।  एकाएक ती युवती ‘मिस पवि’को नाममा चिनिन थालिन्।

उनले डोटेली भाषालाई नेपालभर फैलाइनन् नै। सुदूरपश्चिमको मौलिक सौन्दर्यलाई पनि लाखौंमाझ परिचित गराइन्। टिकटकस्टारको रुपमा चिनिएपछि मिस पविलाई काठमाडौंबाट म्युजिक भिडिओका अफर आउन थाले। अहिलेसम्म उनले ४० भन्दा बढी म्युजिक भिडिओमा अभिनय गरिसकेकी छन्। 

गत  बुधबार नेपाल लाइभ स्टुडियोमा पाहुना आएकी थिइन् मिस पवि। हामीसँग गफिँदै गर्दा उनले आफ्ना विगत सम्झन पुगिन्।

०००

विसं २०७३ सालमा एसईई परीक्षा सकेर पवित्रा पहिलो पटक काठमाडौं आएकी थिइन्। काठमाडौं आउनुअघि उनले ठूलो र सुन्दर सहरको कल्पना गरेकी थिइन्। ‘फिल्म खेल्ने कलाकार बस्ने ठाउँ, मन्त्री प्रधानमन्त्री बस्ने ठाउँ कस्तो होला भन्ने कल्पना गर्थेँ, ’ उनी भन्छिन्, ’तर काठमाडौं आइसकेपछि मलाई सहर धेरै फोहोर लाग्यो।’

त्यतिबेला सोचिन्– यस्तो धुलो धुवाँमा मान्छे कसरी बस्न सक्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनलाई डडेलधुराको अग्ला पहाड र स्वच्छ हावाले गाउँ बोलाएजस्तो लाग्यो। त्यसपछि उनी कहिल्यै काठमाडौं आउनु नपरोस् भन्ने कामना गर्दै फर्किइन्।

पवित्रा प्लस टु पास गरेर फेसन डिजाइनिङ पढ्न भारतको दिल्ली गइन्। त्यहाँ २ वर्ष बसिन्। त्यही क्रममा विश्वभर कोरोना महामारी फैलियो। पवित्रा पनि कोभिडको सिकार भइन्। ‘न औषधि पाइन्थ्यो न डाक्टर। सहयोग गर्ने पनि कोही थिएनन्। अवस्था नाजुक थियो। म त बाँच्दिनँ होला सोचेँ,’ उनी सम्झिन्छिन्।

त्यतिबेला पवित्राको तौल ८ केजी घटेको थियो। केही निको भएपछि उनी डडेलधुरा फर्किइन्। विस्तारै आमाको स्याहारसुसार र खान्कीले उनको ज्यान तंग्रिँदै गयो।

घरमा हुँदा एकजना साथी थिइन्, जो टिकटक बनाइरहन्थिन्। साथीले भन्थिन्, ‘टिकटक बनाउँ न हामी पनि। मान्छेहरू भाइरल भएर कहाँ पुगिसके।’

Xtrem

Xtrem

तर पवित्रालाई भारइल हुने कुनै मोह थिएन।

विस्तारै दिनहरू एक्लै बिताउनु पर्ने भएपछि उनको साथी नै टिकटक भयो।

सुरुका दिन त उनले मजाक मजाकमै टिकटक बनाइन्। कहिलेकाहीँ डेउडा गीतको पनि टिकटक बनाउँथिन्। एकदिन घटालको मेला गएकी थिइन्। जाँदा र आउँदा धेरै हिँड्नुपरेकाले उनी बेस्सरी थाकेकी थिइन्। 

त्यहीबेला दुई जना साथीसँगै उनले डोटेली भाषामा एउटा भिडियो बनाइन्। ‘हिँड्दा हिँड्दै खुट्टा दुख्यो। जाँदा पनि हिँडेर आउँदा पनि हिँडेर आयौँ। आपत् पर्यो, गाडी पनि पाइएन,’ डोटेली भाषामा उनी यही भावमा बोलेकी थिइन्। 

‘घर आएर पोस्ट गरेको एकै दिनमा १ लाख भ्यूज पुगेछ। हाम्रो भाषालाई निको मान्दा रहेछन् भन्ने लाग्यो,’ उनी भन्छिन्।

कमेन्टमा धेरै प्रयोगकर्ताले सोधे, ‘यो भाषा कहाँको हो?’

रिप्लाइसँगै उनले डोटेली भाषामा अरु भिडिओ पनि बनाइन्। यसरी उनी एकाएक चर्चित हुन पुगिन्। एकाएक डोटेली भाषाले मानिसहरूलाई आकर्षित गर्न थाल्यो।

‘पहिला त काठमाडौं आउँदा डोटेली भाषा बोल्दा लाज लाग्थ्यो। अब गर्वका साथ बोलिन्नछन,’ पवि आफ्नो टिकट भिडिओको प्रभावबारे सुनाउँछिन्, ‘अहिले कसैले आफ्नो घर डडेलधुरा भन्यो भने पविको गाउँको हो भनेर सोध्छन्।’

००० 

सानैदेखि मिस पविलाई म्युजिक भिडिओ खेल्ने रहर थियो। पूरा कहिले हुन्छ, सोचेकी थिइनन्।

टिकटकस्टार भइसकेपछि उनलाई एकदिन काठमाडौंबाट म्युजिक भिडिओ खेल्ने अफर आयो। आफूलाई आएको अवसर उनी हातबाट फुत्किन नदिने सोच गरिन्।

सुरु सुरुमा क्यामेरा फेस गर्न केही कठिन भए पनि विस्तारै बानी पर्दै गयो। त्यसपछि त अहिले सबैभन्दा धेरै खोजिने मोडलमध्येमा पर्छिन् उनी।

काठमाडौं कहिल्यै फर्कन्न भनेर गाउँ गएकी पवि कामको व्यस्तताले यतै बस्न थालिन्। ‘अहिले त बानी पर्यो काठमाडौं। रमाइलो लाग्न थालिसक्यो,’ उनी भन्छिन्।

अहिले उनलाई फिल्मबाट पनि अफर आउन थालिसके। सायद छिट्टै उनी फिल्मको पर्दामा पनि देखिनेछिन्।

मिस पविलाई काठमाडौंबाट धेरै कुरा सिक्नु छ। बुझाइलाई पनि फराकिलो पार्नुछ। उनलाई आफ्नो पहिचान, भेषभुषा र संस्कृतिलाई जोगाउनु छ। ‘हिजो टिकटकबाट चिनाएँ। अब म्युजिक भिडिओ र फिल्मबाट चिनाउन चाहन्छु,’उनी भन्छिन्।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
आज कति पुग्यो डलर ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्