• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मिस पवि : टिकटकदेखि टिभीसम्म

64x64
समर्पण श्री शनिबार, असार २३, २०८०  १३:११
1140x725

काठमाडौं– हिजो मिस पवि टिकटकमा छाउँथिन्। केही महिनायता उनी टिभीमा (टेलिभिजन) पनि छाउन थालेकी छन्। टिभीमा पवित्रा साकीलाई नाचिरहेको देखेपछि आफन्तहरू खुसी हुँदै भन्छन्, ‘छोरी त हिरोनी भई।’

र कतिले त थप्छन्, ‘हिजो गाउँभरिकालाई हसाउँथी। अब देशभरिकालाई हसाउँने भई।’

टिकटकमा एक वर्षअघि डडेलधुराको एक युवतीले डोटेली भाषा बोलेर भिडिओहरू पोस्ट्याउँथिन्। नौलो भाषा र आकर्षक लवजका कारण टिकटकमा लाखौँ ‘भ्यूज’ जान्थे।  एकाएक ती युवती ‘मिस पवि’को नाममा चिनिन थालिन्।

उनले डोटेली भाषालाई नेपालभर फैलाइनन् नै। सुदूरपश्चिमको मौलिक सौन्दर्यलाई पनि लाखौंमाझ परिचित गराइन्। टिकटकस्टारको रुपमा चिनिएपछि मिस पविलाई काठमाडौंबाट म्युजिक भिडिओका अफर आउन थाले। अहिलेसम्म उनले ४० भन्दा बढी म्युजिक भिडिओमा अभिनय गरिसकेकी छन्। 

गत  बुधबार नेपाल लाइभ स्टुडियोमा पाहुना आएकी थिइन् मिस पवि। हामीसँग गफिँदै गर्दा उनले आफ्ना विगत सम्झन पुगिन्।

०००

विसं २०७३ सालमा एसईई परीक्षा सकेर पवित्रा पहिलो पटक काठमाडौं आएकी थिइन्। काठमाडौं आउनुअघि उनले ठूलो र सुन्दर सहरको कल्पना गरेकी थिइन्। ‘फिल्म खेल्ने कलाकार बस्ने ठाउँ, मन्त्री प्रधानमन्त्री बस्ने ठाउँ कस्तो होला भन्ने कल्पना गर्थेँ, ’ उनी भन्छिन्, ’तर काठमाडौं आइसकेपछि मलाई सहर धेरै फोहोर लाग्यो।’

त्यतिबेला सोचिन्– यस्तो धुलो धुवाँमा मान्छे कसरी बस्न सक्छन्।

Ncell 2
Ncell 2

उनलाई डडेलधुराको अग्ला पहाड र स्वच्छ हावाले गाउँ बोलाएजस्तो लाग्यो। त्यसपछि उनी कहिल्यै काठमाडौं आउनु नपरोस् भन्ने कामना गर्दै फर्किइन्।

पवित्रा प्लस टु पास गरेर फेसन डिजाइनिङ पढ्न भारतको दिल्ली गइन्। त्यहाँ २ वर्ष बसिन्। त्यही क्रममा विश्वभर कोरोना महामारी फैलियो। पवित्रा पनि कोभिडको सिकार भइन्। ‘न औषधि पाइन्थ्यो न डाक्टर। सहयोग गर्ने पनि कोही थिएनन्। अवस्था नाजुक थियो। म त बाँच्दिनँ होला सोचेँ,’ उनी सम्झिन्छिन्।

त्यतिबेला पवित्राको तौल ८ केजी घटेको थियो। केही निको भएपछि उनी डडेलधुरा फर्किइन्। विस्तारै आमाको स्याहारसुसार र खान्कीले उनको ज्यान तंग्रिँदै गयो।

घरमा हुँदा एकजना साथी थिइन्, जो टिकटक बनाइरहन्थिन्। साथीले भन्थिन्, ‘टिकटक बनाउँ न हामी पनि। मान्छेहरू भाइरल भएर कहाँ पुगिसके।’

तर पवित्रालाई भारइल हुने कुनै मोह थिएन।

विस्तारै दिनहरू एक्लै बिताउनु पर्ने भएपछि उनको साथी नै टिकटक भयो।

सुरुका दिन त उनले मजाक मजाकमै टिकटक बनाइन्। कहिलेकाहीँ डेउडा गीतको पनि टिकटक बनाउँथिन्। एकदिन घटालको मेला गएकी थिइन्। जाँदा र आउँदा धेरै हिँड्नुपरेकाले उनी बेस्सरी थाकेकी थिइन्। 

त्यहीबेला दुई जना साथीसँगै उनले डोटेली भाषामा एउटा भिडियो बनाइन्। ‘हिँड्दा हिँड्दै खुट्टा दुख्यो। जाँदा पनि हिँडेर आउँदा पनि हिँडेर आयौँ। आपत् पर्यो, गाडी पनि पाइएन,’ डोटेली भाषामा उनी यही भावमा बोलेकी थिइन्। 

‘घर आएर पोस्ट गरेको एकै दिनमा १ लाख भ्यूज पुगेछ। हाम्रो भाषालाई निको मान्दा रहेछन् भन्ने लाग्यो,’ उनी भन्छिन्।

कमेन्टमा धेरै प्रयोगकर्ताले सोधे, ‘यो भाषा कहाँको हो?’

रिप्लाइसँगै उनले डोटेली भाषामा अरु भिडिओ पनि बनाइन्। यसरी उनी एकाएक चर्चित हुन पुगिन्। एकाएक डोटेली भाषाले मानिसहरूलाई आकर्षित गर्न थाल्यो।

‘पहिला त काठमाडौं आउँदा डोटेली भाषा बोल्दा लाज लाग्थ्यो। अब गर्वका साथ बोलिन्नछन,’ पवि आफ्नो टिकट भिडिओको प्रभावबारे सुनाउँछिन्, ‘अहिले कसैले आफ्नो घर डडेलधुरा भन्यो भने पविको गाउँको हो भनेर सोध्छन्।’

००० 

सानैदेखि मिस पविलाई म्युजिक भिडिओ खेल्ने रहर थियो। पूरा कहिले हुन्छ, सोचेकी थिइनन्।

टिकटकस्टार भइसकेपछि उनलाई एकदिन काठमाडौंबाट म्युजिक भिडिओ खेल्ने अफर आयो। आफूलाई आएको अवसर उनी हातबाट फुत्किन नदिने सोच गरिन्।

सुरु सुरुमा क्यामेरा फेस गर्न केही कठिन भए पनि विस्तारै बानी पर्दै गयो। त्यसपछि त अहिले सबैभन्दा धेरै खोजिने मोडलमध्येमा पर्छिन् उनी।

काठमाडौं कहिल्यै फर्कन्न भनेर गाउँ गएकी पवि कामको व्यस्तताले यतै बस्न थालिन्। ‘अहिले त बानी पर्यो काठमाडौं। रमाइलो लाग्न थालिसक्यो,’ उनी भन्छिन्।

अहिले उनलाई फिल्मबाट पनि अफर आउन थालिसके। सायद छिट्टै उनी फिल्मको पर्दामा पनि देखिनेछिन्।

मिस पविलाई काठमाडौंबाट धेरै कुरा सिक्नु छ। बुझाइलाई पनि फराकिलो पार्नुछ। उनलाई आफ्नो पहिचान, भेषभुषा र संस्कृतिलाई जोगाउनु छ। ‘हिजो टिकटकबाट चिनाएँ। अब म्युजिक भिडिओ र फिल्मबाट चिनाउन चाहन्छु,’उनी भन्छिन्।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
नेपाली रुपैयाँ निरन्तर कमजोर मंगलबार, माघ १३, २०८२
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम मंगलबार, माघ १३, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ १३, २०८२
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ १२, २०८२
सचिव पौडेलले पाइन् बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्