• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मोदीको सुरक्षामा यसपटक पनि भारतीय सैनिक, सुरक्षाविद्हरुको आपत्ति

64x64
नेपाल लाइभ बुधबार, भदौ १३, २०७५  ०८:३७
1140x725

काठमाडौं– चौथो बिम्स्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय विशेष तालिमप्राप्त सैन्य दस्ता सहभागी हुने भएका छन्।

कति संख्यामा सुरक्षा फौज नेपाल आउने नखुलाइए पनि प्रधानमन्त्री मोदीमाथिको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै विशेष तालिम प्राप्त सैन्य दस्ता नेपाल आउन लागेको स्रोत बताउँछ। मोदीको भ्रमणलाई लिएर भारतबाट ३ वटा बुलेट प्रुफ गाडी यसअघि नै नेपाल ल्याइसकिएको छ।

यस अघि गत बैसाखमा मोदी नेपाल आउँदा पनि उनको सुरक्षाको लागि भारतीय सैनिक नै खटिएका थिए।

सम्मेलन आयोजना गर्ने जिम्मेवारी पाएको नेपालले विशिष्ट विदेशी पाहुनाहरुको सुरक्षा व्यवस्थाका लागि ४ तहको घेरा बनाइएको छ। तर, अन्य राष्ट्रप्रमुखहरुलाई नेपाली सुरक्षा अंगले नै सुरक्षा दिइरहेको अवस्थामा भारतीय प्रधानमन्त्रीको हकमा भने त्यस्तो लागु नहुनुले नेपालको सुरक्षा प्रणालीमा भारत विश्वस्त नहुनु तथा भारतले नेपाललाई हेर्ने प्रवृत्तिसमेत प्रकाशमा आएको चर्चा हुन थालेको छ।

यसअघिको भ्रमणमा पनि मोदीको सुरक्षार्थ ४५ जना भारतीय विशेष सुरक्षा फाैज खटिएकोमा व्यापक आलोचना भएको थियो।

नेपाली सेनाको मनोबल घट्न सक्ने‍ चिन्ता

नेपाली सेनाका एक पूर्व रथीले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली सैनिकलाई सुरक्षा व्यवस्थाको सम्पूर्ण जिम्मा नदिँदा सैनिकहरुको मनोबल घट्न सक्ने बताउँछन्। गत जेठ महिनामा सिंगापुरमा आयोजना भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको पहिलो शिखर वार्ताको सुरक्षा व्यवस्थाको जिम्मा नेपालका गोर्खा सैनिकले पाएका थिए। पूर्व रथी प्रश्न गर्छन्, ‘विदेशमा आफ्नो कार्यदक्षता देखाउन सक्ने नेपाली सैनिकले आफ्नै देशमा भने अवसर किन नपाउने?’

तत्कालिन भारतीय उप–राष्ट्रपति मोहमद हामिद अन्सारीले २०१६ को फेब्रुअरीमा ब्रुनाई भ्रमणका अवसरमा ब्रुनाई सरकार समक्ष त्यहाँको राजपरिवारले सुरक्षाका निम्ति चाहेको अवस्थामा भारतीय गोर्खा रेजिमेन्ट पठाउन आफ्नो सरकार तयार रहने प्रस्ताव गरेका थिए। ब्रुनाइको राजपरिवारलाई ब्रिटिस गोर्खा सैनिकले सुरक्षा प्रदान गर्दै आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय छिमेकी राष्ट्रहरुसँगै पनि मुलुकको कूटनीति खुम्चिँदै जाँदाको परिणामस्वरुप हाम्रो स्रोत, साधन र सामथ्र्य अरुले नै सञ्चालन गरेर त्यसको फाइदा लिइरहेको प्रति हुन थालेको छ। ‘गोर्खा सैनिक’को विश्वमा विशिष्ट छवि छ। त्यही छविका कारण उनीहरुको माग विश्व सुरक्षामा अधिक पनि छ। तर नेपालमा आयोजना हुने कार्यक्रममा नेपाली सैनिकको सिप र कौशलको प्रयोग नगरिनु दुःखद पक्ष हो।

‘गोर्खा सैनिक’ नेपालका सन्दर्भमा ‘सफ्ट पावर’को काम गर्न सक्ने माध्यम हो। त्यसतर्फ नेपालको ध्यान नजाँदा नेपाली सुरक्षा बलको राष्ट्रिय रुपमा कदर नभएको सुरक्षाविद् उमेश भटट्राई बताउँछन्। उनले भने, ‘मोदी विश्व कै सुरक्षा खतरा भएका नेता हुन्। तर, त्यसका वाबजुद नेपाली सेना नेपाली भूमिमा सुरक्षा प्रदान गर्न सक्ने हौसियत राख्दछ।’

पशुपतिमा ओली र मोदीले धर्मशालाको उद्घाटन गर्ने

बिम्स्टेक सम्मेलनमा सहभागी हुन मोदी बिहीबार बिहान नेपाल आउने कार्यक्रम रहेको छ। बिम्स्टेक सम्मेलनमा सहभागी हुन आएपनि मोदीको नेपाल बसाइका अवसरमा नेपाल सरकार र भारत सरकार बीच सहयोगका दुई क्षेत्रमा सहमति हुने कार्यतालिका छ।

Xtrem

Xtrem

यस्तै, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले पशुपतिस्थित भारतीय लगानीमा निर्माणाधीन धर्मशालाको शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ। नेपाल सरकारले बिम्स्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउने विदेशी पाहुनाको सम्मानमा आयोजना गर्ने ‘रिट्रिट’अघि धर्मशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

मोदीको पहिलो नेपाल भ्रमणको अवसरमा पशुपतिनाथ क्षेत्रमा भारतीय लगानीमा धर्मशाला निर्माण गर्ने बताएका थिए। पहिलो पटक २०७१ सालमा नेपाल आएका भारतीय प्रधानमन्त्री मोदीको यो चौथो नेपाल भ्रमण हुने छ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०७५  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्