• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संसदीय समितिमा डा केसीले भने- पटकपटक सत्याग्रह गर्नु लोकतान्त्रिक मुलुकका लागि अशोभनीय [पूर्ण पाठसहित]

64x64
नेपाल लाइभ बुधबार, भदौ १३, २०७५  ०७:०९
1140x725

काठमाडौं– डा गोविन्द केसीले लोकतान्त्रिक देशमा मेडिकल शिक्षा र स्वास्थ्य सुधारका लागि पटकपटक सत्याग्रह गर्नुपर्ने अवस्था आउनु शोभनीय नभएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा आफ्नो लिखित धारणा राख्दै डा केसीले स्वेच्छाचारी शासन व्यवस्था भएका मुलुकहरुमा समेत नागरिकहरुको स्वास्थ्यमाथि त्यस्तो खेलबाड नगरिने बताए। 

'देशको करिब ८० प्रतिशत जनता बस्ने ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था असाध्य नाजुक छ। फलस्वरुप अहिले पनि स्वास्थ्यका धेरै सूचकहरुमा हामी संसारमा देशहरुको सूचीमा निक्कै तल छौं', डा केसीले भने, 'मुख्य राजनीतिक दलहरु जति समाजवादी वा साम्यवादी भएको देशमा यस्तो हुनु लाजमर्दो कुरा हो।' 

समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गर्न डा गोविन्द केसीलाई बोलाएको थियो। तर डा केसी दोहोरो छलफलमा भने बसेनन्। 'मलाई माफ गर्नुहोला। म छलफलमा बस्दिनँ,' उनले समिति सदस्यहरुलाई भने, 'किनकि यसअघि नै सम्झौता भइसकेको छ।'

उनले राखेको लिखित धारणाको पूर्णपाठ-

Ncell 2
Ncell 2
nimb
nimb

शिक्षा र स्वास्थ्यलाई विश्वभर नाफामुलक नभई सेवामुलक क्षेत्र मानिन्छ र पुँजीवादी अर्थव्यवस्था भएका पश्चिमा देशहरुमा समेत शिक्षा र स्वास्थ्यमा राज्यले केन्द्रीय भुमिका खेल्ने गर्छ । नाफामूलक मेडिकल शिक्षा त धेरै देशमा अकल्पनीय नै मानिन्छ । तर नेपालमा शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा दशकौंसम्म भएको अनियन्त्रित व्यापारीकरण र नियामक निकायहरुमा भएको दलीय भागवण्डा र भाँडभैलोका कारण दुवै क्षेत्रको गुणस्तर मात्रै खस्किएको छैन, तिनमा चरम महंगी र ठगी व्याप्त छ ।

फलस्वरुप काठमाडौं र केही ठूला शहर केन्द्रित ठूला स्कुल र अस्पताल तथा मेडिकल कलेजहरुको संख्या निरन्तर बढे पनि आम नागरिकहरु सर्वसुलभ शिक्षा र स्वास्थ्यबाट वञ्चित हुँदै आएका छन् । त्यसमा पनि खास गरी देशको करीब ८० प्रतिशत जनता बस्ने ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था असाध्य नाजुक छ । फलस्वरूप अहिले पनि स्वास्थ्यका धेरै सूचकहरुमा हामी संसारका देशहरुको सूचीमा निक्कै तल छौं।

मुख्य राजनीतिक दलहरु जति समाजवादी वा साम्यवादी भएको देशमा यस्तो हुनु लाजमर्दो कुरा हो । त्यसमाथि पनि अहिले त साम्यवादी पार्टीको नेतृत्वमा दुई तिहाइको बहुमत प्राप्त सरकार छ र देशको संविधानमै समाजवादउन्मुख भनेर भनिएको छ । यही पृष्ठभूमिमा मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि हामीले लामो अभियान चलाउँदै आएकोमा नेपाल सरकारले हामीसित सुधारका अनेक बुँदाहरुमा सम्झौता गरेको भए पनि बारम्बार ती सम्झौताहरु उल्लंघन भएर हामीले १५ पल्ट सम्म सत्याग्रह गर्नुपर्ने अवस्था आएको छ। लोकतान्त्रिक मुलुकका लागि यो शोभनीय कुरा हैन किनकि स्वेच्छाचारी शासन व्यवस्था भएका मुलुकहरुमा समेत नागरिकहरुको स्वास्थ्यमाथि यस्तो खेलवाड़ गरिँदैन।

Xtrem
Xtrem

यसबीच प्रत्येक नागरिकको गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउने संविधान प्रदत्त अधिकार कार्यान्वयनका लागि स्वास्थ्य सेवाको न्यायोचित वितरण गर्नेतर्फ समेत राज्यले धेरै प्रतिबद्धताहरु गरेको छ तर कार्यान्वयनमा तदारुकता देखिएको छैन। आज सम्मानित संसद समक्ष विगतमा भएका गल्तीलाई सच्याउँदै, उपलब्धिहरुलाई संस्थागत गर्दै स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र दुर्गम तथा पिछडिएका ठाउहरुमा सम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने र बिपन्न वर्ग लगायत सबै बिद्यार्थीहरुको गुणस्तरीय निशुल्क सस्तो र सुलभ चिकित्सा शिक्षामा समान पहुँच सुनिस्चित गर्न राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी गर्ने ऐतिहासिक अवसर छ । स्मरण रहोस,मेडिकल शिक्षाको नियमन तथा यसबारे कानुन नीति निर्माणको काम अन्तरास्ट्रिय मापदण्ड अनुसार संघिय सरकार र सांसदले गर्नु पर्दछ।

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता के पी शर्मा ओलीको पहलमा सोही दलका संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ्ग र सोही दलका महासचिव विष्णु पौडेलको उपस्थितिमा मिति २०७५/४र/१० मा हाम्रो पछिल्लो सत्याग्रहका माग बमोजिम राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक,२०७५ मा परिमार्जन गर्ने सम्बन्धमा नेपाल सरकारसँग सम्झौता भएको थियो । सत्याग्रहका माग बमोजिम बिधेयक परिमार्जन गर्ने सम्झौतामा पुग्ने अवस्थाको सुनिश्चितता गर्नमा प्रमुख प्रतिपक्षी दल लगायत सम्पूर्ण दलहरु र आम नागरिकहरुको सक्रिय भूमिका रहेको थियो ।

२०७५/४/२६ मा सम्मानीय प्रधानमन्त्रीज्यूसँग भएको अन्तरक्रियात्मक भेटघाटमा समेत सम्झौता बमोजिम नै बिधेयकमा आवश्यक परिमार्जन हुने आश्वाशन पाएका थियौं। अतस् उक्त सम्झौता बमोजिम बिधयेकमा परिमार्जन गरी राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक, २०७५ लाई सम्मानित संसदबाट यथाशीघ्र पारित गर्ने सम्बन्धमा सम्मानित यस समितिबाट आवश्यक पहल होस् भनी बिधेयक परिमार्जनका सम्बन्धमा २०७५/४/१० मा नेपाल सरकारसँग भएको सम्झौताको प्रतिलिपि यसै साथ संलग्न राखी यो लिखित राय पेश गरेका छौं । सम्झौतामा उल्लिखित दफाबार परिमार्जनका बुँदाहरुलाई हुबहु समावेश गरी बिधेयक पारित हुनेछ भन्ने हाम्रो अपेक्षा छ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०७५  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्