काठमाडौं– म्यानमारका राष्ट्रपतिको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल दुर्घटनामा परेको छ। दुर्घटनामा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन्।
म्यानमारका राष्ट्रपति विन मिन्ट सोल्टी होटलबाट लुम्बिनीका लागि एयरपोर्ट जाने क्रममा कालिमाटी चोकमा प्रहरीको स्कर्टिङ मोटरसाइकल दुर्घटनामा परेको हो। मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको र घाइते प्रहरीको अवस्था सामान्य रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी देवेन्द्र पालले बताए।
घाइते हवल्दार श्रेष्ठको प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
भिडियो : सायमि मानन्धर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।