• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

१७ वर्षपछि नेपाल फर्कँदा सरोज खनाललाई लागेको थियो- अब मेरो जमाना सकियो

64x64
समर्पण श्री शनिबार, असार १६, २०८०  ११:०३
1140x725

त्यतिबेला सरोज खनालले दुई देशमध्ये एक रोज्नुपर्थ्यो। उनीभित्रको अभिनेताले झक्झक्याउँथ्यो, ‘सरोज, नेपाल फर्की। तँलाई दर्शकहरूले खोजिरहेछन्।’

लगत्तै उनीभित्रको अभिनेतालाई बा सरोजले थिचिहाल्थ्यो। आफ्नो सन्तानभन्दा प्यारो उनको लागि अभिनेता सरोज थिएन। उनले छोराहरूको जीवनका लागि आफूलाई बिर्सिदिने सोचे। 

त्यसपछि आफूले राज गर्दै आएको नेपाली फिल्म क्षेत्रबाट गह्रुंगो मनले विश्राम लिए। 

सरोजले अहिले पनि बारम्बार यही प्रश्नको सामना गर्नुपर्छ, ‘चटक्कै फिल्म क्षेत्रलाई माया मारेर अमेरिकामै किन हराउनुभयो?’

उनको मनमा यही जवाफ छ, ‘फिल्ममा भूमिका गर्दागर्दै जीवनमा बाकै भूमिका बिर्सिएको भए...!’ 

२७ वर्षअगाडि सरोज आफूले गरेका कठोर निर्णय यतिबेला सम्झिरहेछन्।

विसं २०५३ सालतिर। नेपालमा चलेको सशस्त्र द्वन्द्वले मनभित्रको शान्ति लुटेको थियो।

सरोजलाई पटक–पटक आउने अपरिचित फोनले नराम्ररी झस्काउँथे। एकपटक आफूलाई माओवादी बताउने व्यक्तिबाट फोन आयो, ‘तपाईं त कलाकार। थुप्रो पैसा कमाउनुहुन्छ। हामीलाई चन्दा दिएर सघाउनुपर्यो।’

Ncell 2
Ncell 2
nimb
nimb

ती अपरिचितलाई सरोजले इन्कार गर्दै भने, ‘छैन मसँग।’

त्यसपछि उताबाट धम्कीपूर्ण वाक्य सुनियो, ‘तपाईंको छोरा कुन स्कुलमा पढ्छ। मलाई थाहा छ।’

यसरी पटक–पटक आउन थालेका धम्कीले सरोजलाई गलायो। 

त्यसमाथि नेपाली फिल्म क्षेत्रमा न निर्माता सुध्रन्थे, न निर्देशक। फिल्मको स्क्रिप्ट माग्दा पाउने जवाफ थियो, ‘फलानो हिन्दी फिल्म हेर्नु त। त्यसमा फलानोको जस्तो रोल तपाईंको हो।’ 

Xtrem

Xtrem

फिल्म कमजोर जगमा बने पनि दर्शकको माया भने पाइरहेका थिए उनले। ‘तर कतिन्जेल?’ मनले प्रश्न गर्थ्यो।

फिल्मप्रतिको निराशा र द्वन्द्वको त्रासदीले गाँजिरहेको बेला सरोज एउटा सांस्कृतिक कार्यक्रमको निम्तो स्वीकारेर अमेरिका उडे। केही समय घुमफिर गरे। त्यहाँको सुविधा, शिक्षा प्रणाली र जीवनशैलीले उनलाई आकर्षित गर्योे। उनले छोराहरूको जीवन र भविष्य सोचे।

यता नेपालमा भने दर्शकहरूको प्रिय अभिनेता उनीहरूको आँखाबाट एकाएक गायव भयो। त्यसरी गायव भएका ती दिन सम्झँदै सरोज भन्छन्, ‘मलाई १७ वर्ष फिल्म नखेलेर पश्ताताप भएन। भलै, फिल्मको संख्या बढ्थ्यो। तर स्तर?’

०००

विसं २०७१ सालमा सरोज नेपाल फर्किए। फर्कँदा एउटा पुस्ता नै परिवर्तन भइसकेको थियो। उनीसँग काम गरेका कतिपय निर्देशक बितिसकेका थिए त कति ‘रिटार्यड’। अभिनयमा नयाँ पुस्ताका स्टार जन्मिसकेका थिए। फर्कँदै गर्दा सोचे, ‘नयाँ आएकाले मलाई चिन्दैनन्। अगाडिकाले बिर्सिसके। फिल्ममा कमब्याक हुन सकिन्न। अब चितवनमा रहेको पोल्टीर्फममा व्यवसाय गर्छु।’

तर त्यसो भएन, नेपाल आउनेबित्तिकै उनको आगमनको खबर फैलियो। भोलिपल्टैबाट उनका हातमा स्क्रिप्ट थमाइन थाले। दंग परे। एकदिन एकजना निर्देशकले कुरै कुरामा भने, ‘तपाईंले खाली छाडेर जानुभएको जुन ठाउँ थियो, त्यो अझैसम्म खाली रहेछ सरोज जी।’
त्यसलगत्तै सरोजले ‘प्रेमगीत’ र ‘नाइ नभन्नु ल २’बाट फिल्ममा कमब्याक गरे। त्यसयता उनी निरन्तर पर्दामा देखिइरहेका छन्। उनलाई अहिलेको कलिलो पुस्ताले पनि सहजै चिनिरहेको छ।

०००  

फिल्म क्षेत्रले मात्र हैन, दर्शकले पनि सरोजलाई बिर्सिएका रैनछन्। नेपाल आएको केही दिनमा उनी बानेश्वर जाँदै थिए। पारीबाट एक शुभचिन्तकले चिनिहालेछन्। ट्राफिकको ख्याल नगरी दौडेर उनी सरोज भएतर्फ आए। अनि सरोजलाई अँगाल्दै सोधे, ‘तपाईं अब फेरि फिल्मज खेल्नुहुन्छ?’

‘बोलाए भने खेल्छु,’ सरोजले आत्मीय भावमा भने। 

त्यसपछि ती शुभचिन्तकले आँखाको डिल भिजाउँदै भने, ‘तपाईं गएपछि मैले नेपाली फिल्म हेरेकै छैन। अबचाहिँ नजानू है।’ 

शुभचिन्तकको कुरा सुन्दै गर्दा सरोजले आफ्नै आँखा भिजेको पनि पत्तो पाएनन्। 

नेपाल आएको दोस्रो वर्ष सरोज चितवनको एउटा विहे पार्टीमा सहभागी थिए। ‘त्यहाँ मलाई देख्नासाथ केही मान्छेहरूले घेर्नुभयो। आत्मीयताका साथ फोटो खिचाउनुभयो,’ सरोज सम्झन्छन्।

उनीहरू सरोजको फिल्म हेरेर हुर्किएका पुस्ता थिए। आफ्नो बाहरू त्यसरी झुम्मिएको देखेपछि छोराछोरीले दंग पर्दै सोधे– ‘तपाईंहरूले यसरी झुम्मिएर फोटो खिच्नुभएको मान्छे को?’

उनीहरूले गर्वसाथ जवाफ दिए, ‘उहाँ हाम्रो समयको सुपरस्टार...।’

०००

‘तपाईले छाडेर जाँदाको फिल्म क्षेत्रमा फर्केपछि के पाउनुभयो?’

प्रश्नले सरोजलाई केही गम्भीर बनायो। केहीबेर गमेर उनी भन्छन्, ‘म जानुअघि नेपालमा प्रोड्युसर यसरी डुब्दैन थिए। तर अहिले हरेक फिल्म डुब्छ।’

बनेकामध्ये ९८ प्रतिशत फिल्म नै डुब्नु फिल्म क्षेत्रको दुर्भाग्य ठान्छन् सरोज। ‘देशलाई चाहिने भन्दा बढी फिल्म बन्न थाले। डिजिटल मिडिया आइसकेपछि जो पनि निर्देशक भए,’ सरोज भन्छन्।

सरोजको पालामा सामान्य पोस्टर टाँसेको भोलिपल्ट हल भरिभराउ हुन्थे। त्यो अवस्था अहिले छैन। दर्शकहरू फिल्म हेर्न हल जानै छाडेको बुझाइ छ सरोजसँग। 

‘एकजनाले मलाई भन्नुभयो– तपाईंको प्रेमपिण्डपछि मैले हलमा गएर फिल्म हेरेको छैन। अहिले ओटीटी आयो। एकजनाको टिकट बराबरको पैसाले पूरै परिवारले फिल्म हेर्न सक्छन्। भएको ५० प्रतिशत हल बन्द छन्,’ सरोज भन्छन्।

०००

सरोजले ‘प्रेमपिण्ड’, ‘गोठालो, ‘कसम’ ‘रगत’ लगायत थुप्रै चर्चित फिल्महरू खेले। अमेरिकाबाट फर्केपछि पनि उनले छुटेको सिलसिलालाई पुन: जोडे।  तर  कता कता लागिरह्यो, ‘आफूले चाहेको कुरा भन्न आफैंले फिल्म बनाउनुपर्छ।’

फिल्म निर्देशन गर्ने हुटहुटीले उनलाई धेरै कथासँग परिचित गरायो। केही वर्षअघि उनले स्वप्निल निरवको कथा ‘बगान’ पढे। 
पढेपछि लाग्यो, ’मैले भन्ने चाहेको कथा यही पो हो।’

‘नेपाल समाजमा एकल महिलाको संघर्ष यो भन्दा बढी के हुनसक्ला? मैले यही कथामाथि फिल्म बनाउने अठोट गरेँ,’ सरोज भन्छन्।

‘बगान’भन्दा अघि उनको मस्तिष्कमा निकै समय सरुभक्तको उपन्यास ‘पागल वस्ती’का दृश्य घुमिरहेका थिए। सरुभक्त अमेरिका जाँदा सरोजलाई यो उपन्यास उपहार दिएका थिए। पढेपछि उपन्यासमाथि फिल्म बनाउने ध्येय सरोजले पालिरहेका थिए। 

एकपटक राजेश हमाल अमेरिका पुग्दा केही दिन उनीहरू सँगै यात्रामा थिए।‘ १९ दिन सँगै हिँड्दा मैले उहाँलाई यो पुस्तक पढ्न दिएँ। मैले भनेँ– म फिल्म बनाउँदैछु। प्रशान्तको भूमिका तपाईंका लागि सोचेको छु। उहाँ सकारात्मक पनि हुनुभयो, ’ सरोज भन्छन्, ‘तर यो फिल्म बनाउन वस्ती नै पूरै बसाल्नुपर्छ। खर्च नै १२ करोडभन्दा माथि हुने रहेछ।’

उनीसँग त्यति लगानी गर्ने सामर्थ्य थिएन। त्यसअघि कहिल्यै चिठ्ठा नकिन्ने सरोजले चिठ्ठा किन्न थाले। उनले करोडौंको चिठ्ठा परेको पनि देखेका थिए। 

तर सरोजलाई ८९ डलर मात्र चिठ्ठा पर्योा।

‘चिठ्ठा पर्छ भन्ने त निश्चित छैन। परेन भने फिल्म बन्दैन?’ 

यसको ठ्याक्कै जवाफ उनीसँग छैन। किनकि नेपाली फिल्मका लागि त्यो जोखिम उठाउने प्रोड्युसर पनि उनले भेटेका छैनन्। बरु उनी भाग्यलाई हवाला दिँदै भन्छन्, ‘म अहिले पनि अमेरिका जाँदा छोराहरूलाई भनिराख्छु– मेरो नाममा चिठ्ठा किनिदिनु है। यदि ५ मिलियन चिठ्ठा पर्यो भने सिधै पागल वस्ती फिल्म बनाउँछु।’

खैर, ‘पागल वस्ती’को कल्पनालाई पर्दामा उतार्ने प्रतीक्षा सरोजले गरुन्। बरु उनका शुभचिन्तक भने उनले ‘बगान’को पर्खाइमा छन्। जुन आगामी असार २९ गतेबाट हलहरूमा प्रदर्शन हुँदैछ।

यो फिल्मबाट सरोजले निर्देशकको परिचय बनाउँदैछन्। यो परिचय कति बलियो होला, त्यो जिम्मा दर्शकहरूमै छ। बरु पहिलो पटक निर्देशनमा हात हालेका सरोजको यो अनुभव कस्तो रह्यो?

‘अरुको भान्छाको खाना खानुमा र आफैं भान्छामा गएर पकाउनुमा धेरै फरक छ,’सरोज भन्छन्।

सरोजले सुरुमा कथालाई पटकथामा ढाल्ने लेखकको खोजी गरे। एक नामी लेखकलाई आग्रह गरे। तर उनले माग गरेको रकम दिने सामर्थ्य निर्मातासँग थिएन। 

त्यसपछि उनी आफैं लेख्न हौसिए। लेख्दै जाँदा फिल्ममा पात्रहरूको खोजी गरे। मुख्य पात्रम उनले करिश्मा मानन्धरको अनुहार भेटे। त्यसपछि वसुन्धरा भुसाल, मिथिला शर्मा, नीर शाह....।

ज–जसलाई आफूले फिल्म निर्देशन गर्न लागेको भन्दै उनले भूमिकाका लागि प्रस्ताव राखे, उनीहरूले एकै एकै आग्रहमा ‘ओके’ गरे। त्यो सरोजसँगको आत्मीयता र विश्वासकै उपज थियो।

नीर शाहप्रति सरोजको निकै सम्मान थियो। र डर पनि। ‘प्रेमपिण्डको सुटिङको बेला मलाई उहाँको अगाडि उभिन पनि डर लाग्थ्यो। उहाँ आउँदा म जहाँ बसिरहेको हुन्थें त्यहाँ खडा हुन्थेँ। एक्टिङ गर्दा पनि सबैभन्दा डरचाहिँ मेरो कारण उहाँको अभिनय बिग्रेला कि भन्ने हुन्थ्यो।

अब यस्तो मान्छेलाई आफ्नो फिल्ममा निर्देशन गर्न निकै चुनौती थियो,’ सरोज सम्झन्छन्।

एउटा उखान छ, ‘वनको बाघले खाओस् नखाओस्, मनको बाघले खान्छ।’ 

नीर शाह दैनिक सुटिङमा काम गर्न थालेपछि सरोजको त्यो डर दुर भयो। 

‘उहाँलाई लिन म आफैं जान्थेँ। बाटोमा आउँदा क्यारेक्टर बुझाउँथें। एकदमै सहज हुनुहुँदो रहेछ। त्यसकारण सोचेको भन्दा राम्रो गराउन सकेँ,’ सरोज भन्छन्। 

‘बगान’बाट नवअभिनेत्री प्रमिला कार्कीले फिल्म क्षेत्रमा डेब्यू गर्दैछिन्। गीतकार सुरेश वाग्लेले निर्माताको चुनौती सम्हालेका छन्। पुराना र नयाँ पुस्तालाईसँगै काम गराउँदा छुट्टै उत्साह भरिएको सरोज सुनाउँछन्।

यतिबेला सरोज आफैं फिल्मको प्रोमोसनमा खटिइरहेका छन्। यसअघि टिकटकमा कहिल्यै इन्जोय गर्दैन थिए उनी। ‘टिकटक नखोली त फिल्मको प्रोमोसन नै नहुने रहेछ। यसपालि अकाउन्ट खोलि छाडेँ,’ उनी भन्छन्।

सरोजलाई थाहा छ,  अहिले अधिकांश फिल्मको व्यापार निराशाजनक छ। तर राम्रो फिल्मले बजार पाउने आशा पनि उतिकै छ उनमा। 

मानिसहरू दु:ख भुलाउन वा खुसी हुन बगानमा गएर टहलिने गर्छन्। फर्कँदा शान्त अनुहारमा केही चमक थपेर ल्याउँछन्। के सरोजको ‘बगान’ले पनि दर्शकहरूमा त्यो चमक देला? उनी त यसमा विश्वस्त छन्।

तर, हामी विश्वस्त हुन चाहिँ २९ गतेसम्मै पर्खनुपर्ला कि!

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
आज कति पुग्यो डलर ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्