• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

१७ वर्षपछि नेपाल फर्कँदा सरोज खनाललाई लागेको थियो- अब मेरो जमाना सकियो

64x64
समर्पण श्री शनिबार, असार १६, २०८०  ११:०३
1140x725

त्यतिबेला सरोज खनालले दुई देशमध्ये एक रोज्नुपर्थ्यो। उनीभित्रको अभिनेताले झक्झक्याउँथ्यो, ‘सरोज, नेपाल फर्की। तँलाई दर्शकहरूले खोजिरहेछन्।’

लगत्तै उनीभित्रको अभिनेतालाई बा सरोजले थिचिहाल्थ्यो। आफ्नो सन्तानभन्दा प्यारो उनको लागि अभिनेता सरोज थिएन। उनले छोराहरूको जीवनका लागि आफूलाई बिर्सिदिने सोचे। 

त्यसपछि आफूले राज गर्दै आएको नेपाली फिल्म क्षेत्रबाट गह्रुंगो मनले विश्राम लिए। 

सरोजले अहिले पनि बारम्बार यही प्रश्नको सामना गर्नुपर्छ, ‘चटक्कै फिल्म क्षेत्रलाई माया मारेर अमेरिकामै किन हराउनुभयो?’

उनको मनमा यही जवाफ छ, ‘फिल्ममा भूमिका गर्दागर्दै जीवनमा बाकै भूमिका बिर्सिएको भए...!’ 

२७ वर्षअगाडि सरोज आफूले गरेका कठोर निर्णय यतिबेला सम्झिरहेछन्।

विसं २०५३ सालतिर। नेपालमा चलेको सशस्त्र द्वन्द्वले मनभित्रको शान्ति लुटेको थियो।

सरोजलाई पटक–पटक आउने अपरिचित फोनले नराम्ररी झस्काउँथे। एकपटक आफूलाई माओवादी बताउने व्यक्तिबाट फोन आयो, ‘तपाईं त कलाकार। थुप्रो पैसा कमाउनुहुन्छ। हामीलाई चन्दा दिएर सघाउनुपर्यो।’

Ncell 2
Ncell 2

ती अपरिचितलाई सरोजले इन्कार गर्दै भने, ‘छैन मसँग।’

त्यसपछि उताबाट धम्कीपूर्ण वाक्य सुनियो, ‘तपाईंको छोरा कुन स्कुलमा पढ्छ। मलाई थाहा छ।’

यसरी पटक–पटक आउन थालेका धम्कीले सरोजलाई गलायो। 

त्यसमाथि नेपाली फिल्म क्षेत्रमा न निर्माता सुध्रन्थे, न निर्देशक। फिल्मको स्क्रिप्ट माग्दा पाउने जवाफ थियो, ‘फलानो हिन्दी फिल्म हेर्नु त। त्यसमा फलानोको जस्तो रोल तपाईंको हो।’ 

फिल्म कमजोर जगमा बने पनि दर्शकको माया भने पाइरहेका थिए उनले। ‘तर कतिन्जेल?’ मनले प्रश्न गर्थ्यो।

फिल्मप्रतिको निराशा र द्वन्द्वको त्रासदीले गाँजिरहेको बेला सरोज एउटा सांस्कृतिक कार्यक्रमको निम्तो स्वीकारेर अमेरिका उडे। केही समय घुमफिर गरे। त्यहाँको सुविधा, शिक्षा प्रणाली र जीवनशैलीले उनलाई आकर्षित गर्योे। उनले छोराहरूको जीवन र भविष्य सोचे।

यता नेपालमा भने दर्शकहरूको प्रिय अभिनेता उनीहरूको आँखाबाट एकाएक गायव भयो। त्यसरी गायव भएका ती दिन सम्झँदै सरोज भन्छन्, ‘मलाई १७ वर्ष फिल्म नखेलेर पश्ताताप भएन। भलै, फिल्मको संख्या बढ्थ्यो। तर स्तर?’

०००

विसं २०७१ सालमा सरोज नेपाल फर्किए। फर्कँदा एउटा पुस्ता नै परिवर्तन भइसकेको थियो। उनीसँग काम गरेका कतिपय निर्देशक बितिसकेका थिए त कति ‘रिटार्यड’। अभिनयमा नयाँ पुस्ताका स्टार जन्मिसकेका थिए। फर्कँदै गर्दा सोचे, ‘नयाँ आएकाले मलाई चिन्दैनन्। अगाडिकाले बिर्सिसके। फिल्ममा कमब्याक हुन सकिन्न। अब चितवनमा रहेको पोल्टीर्फममा व्यवसाय गर्छु।’

तर त्यसो भएन, नेपाल आउनेबित्तिकै उनको आगमनको खबर फैलियो। भोलिपल्टैबाट उनका हातमा स्क्रिप्ट थमाइन थाले। दंग परे। एकदिन एकजना निर्देशकले कुरै कुरामा भने, ‘तपाईंले खाली छाडेर जानुभएको जुन ठाउँ थियो, त्यो अझैसम्म खाली रहेछ सरोज जी।’
त्यसलगत्तै सरोजले ‘प्रेमगीत’ र ‘नाइ नभन्नु ल २’बाट फिल्ममा कमब्याक गरे। त्यसयता उनी निरन्तर पर्दामा देखिइरहेका छन्। उनलाई अहिलेको कलिलो पुस्ताले पनि सहजै चिनिरहेको छ।

०००  

फिल्म क्षेत्रले मात्र हैन, दर्शकले पनि सरोजलाई बिर्सिएका रैनछन्। नेपाल आएको केही दिनमा उनी बानेश्वर जाँदै थिए। पारीबाट एक शुभचिन्तकले चिनिहालेछन्। ट्राफिकको ख्याल नगरी दौडेर उनी सरोज भएतर्फ आए। अनि सरोजलाई अँगाल्दै सोधे, ‘तपाईं अब फेरि फिल्मज खेल्नुहुन्छ?’

‘बोलाए भने खेल्छु,’ सरोजले आत्मीय भावमा भने। 

त्यसपछि ती शुभचिन्तकले आँखाको डिल भिजाउँदै भने, ‘तपाईं गएपछि मैले नेपाली फिल्म हेरेकै छैन। अबचाहिँ नजानू है।’ 

शुभचिन्तकको कुरा सुन्दै गर्दा सरोजले आफ्नै आँखा भिजेको पनि पत्तो पाएनन्। 

नेपाल आएको दोस्रो वर्ष सरोज चितवनको एउटा विहे पार्टीमा सहभागी थिए। ‘त्यहाँ मलाई देख्नासाथ केही मान्छेहरूले घेर्नुभयो। आत्मीयताका साथ फोटो खिचाउनुभयो,’ सरोज सम्झन्छन्।

उनीहरू सरोजको फिल्म हेरेर हुर्किएका पुस्ता थिए। आफ्नो बाहरू त्यसरी झुम्मिएको देखेपछि छोराछोरीले दंग पर्दै सोधे– ‘तपाईंहरूले यसरी झुम्मिएर फोटो खिच्नुभएको मान्छे को?’

उनीहरूले गर्वसाथ जवाफ दिए, ‘उहाँ हाम्रो समयको सुपरस्टार...।’

०००

‘तपाईले छाडेर जाँदाको फिल्म क्षेत्रमा फर्केपछि के पाउनुभयो?’

प्रश्नले सरोजलाई केही गम्भीर बनायो। केहीबेर गमेर उनी भन्छन्, ‘म जानुअघि नेपालमा प्रोड्युसर यसरी डुब्दैन थिए। तर अहिले हरेक फिल्म डुब्छ।’

बनेकामध्ये ९८ प्रतिशत फिल्म नै डुब्नु फिल्म क्षेत्रको दुर्भाग्य ठान्छन् सरोज। ‘देशलाई चाहिने भन्दा बढी फिल्म बन्न थाले। डिजिटल मिडिया आइसकेपछि जो पनि निर्देशक भए,’ सरोज भन्छन्।

सरोजको पालामा सामान्य पोस्टर टाँसेको भोलिपल्ट हल भरिभराउ हुन्थे। त्यो अवस्था अहिले छैन। दर्शकहरू फिल्म हेर्न हल जानै छाडेको बुझाइ छ सरोजसँग। 

‘एकजनाले मलाई भन्नुभयो– तपाईंको प्रेमपिण्डपछि मैले हलमा गएर फिल्म हेरेको छैन। अहिले ओटीटी आयो। एकजनाको टिकट बराबरको पैसाले पूरै परिवारले फिल्म हेर्न सक्छन्। भएको ५० प्रतिशत हल बन्द छन्,’ सरोज भन्छन्।

०००

सरोजले ‘प्रेमपिण्ड’, ‘गोठालो, ‘कसम’ ‘रगत’ लगायत थुप्रै चर्चित फिल्महरू खेले। अमेरिकाबाट फर्केपछि पनि उनले छुटेको सिलसिलालाई पुन: जोडे।  तर  कता कता लागिरह्यो, ‘आफूले चाहेको कुरा भन्न आफैंले फिल्म बनाउनुपर्छ।’

फिल्म निर्देशन गर्ने हुटहुटीले उनलाई धेरै कथासँग परिचित गरायो। केही वर्षअघि उनले स्वप्निल निरवको कथा ‘बगान’ पढे। 
पढेपछि लाग्यो, ’मैले भन्ने चाहेको कथा यही पो हो।’

‘नेपाल समाजमा एकल महिलाको संघर्ष यो भन्दा बढी के हुनसक्ला? मैले यही कथामाथि फिल्म बनाउने अठोट गरेँ,’ सरोज भन्छन्।

‘बगान’भन्दा अघि उनको मस्तिष्कमा निकै समय सरुभक्तको उपन्यास ‘पागल वस्ती’का दृश्य घुमिरहेका थिए। सरुभक्त अमेरिका जाँदा सरोजलाई यो उपन्यास उपहार दिएका थिए। पढेपछि उपन्यासमाथि फिल्म बनाउने ध्येय सरोजले पालिरहेका थिए। 

एकपटक राजेश हमाल अमेरिका पुग्दा केही दिन उनीहरू सँगै यात्रामा थिए।‘ १९ दिन सँगै हिँड्दा मैले उहाँलाई यो पुस्तक पढ्न दिएँ। मैले भनेँ– म फिल्म बनाउँदैछु। प्रशान्तको भूमिका तपाईंका लागि सोचेको छु। उहाँ सकारात्मक पनि हुनुभयो, ’ सरोज भन्छन्, ‘तर यो फिल्म बनाउन वस्ती नै पूरै बसाल्नुपर्छ। खर्च नै १२ करोडभन्दा माथि हुने रहेछ।’

उनीसँग त्यति लगानी गर्ने सामर्थ्य थिएन। त्यसअघि कहिल्यै चिठ्ठा नकिन्ने सरोजले चिठ्ठा किन्न थाले। उनले करोडौंको चिठ्ठा परेको पनि देखेका थिए। 

तर सरोजलाई ८९ डलर मात्र चिठ्ठा पर्योा।

‘चिठ्ठा पर्छ भन्ने त निश्चित छैन। परेन भने फिल्म बन्दैन?’ 

यसको ठ्याक्कै जवाफ उनीसँग छैन। किनकि नेपाली फिल्मका लागि त्यो जोखिम उठाउने प्रोड्युसर पनि उनले भेटेका छैनन्। बरु उनी भाग्यलाई हवाला दिँदै भन्छन्, ‘म अहिले पनि अमेरिका जाँदा छोराहरूलाई भनिराख्छु– मेरो नाममा चिठ्ठा किनिदिनु है। यदि ५ मिलियन चिठ्ठा पर्यो भने सिधै पागल वस्ती फिल्म बनाउँछु।’

खैर, ‘पागल वस्ती’को कल्पनालाई पर्दामा उतार्ने प्रतीक्षा सरोजले गरुन्। बरु उनका शुभचिन्तक भने उनले ‘बगान’को पर्खाइमा छन्। जुन आगामी असार २९ गतेबाट हलहरूमा प्रदर्शन हुँदैछ।

यो फिल्मबाट सरोजले निर्देशकको परिचय बनाउँदैछन्। यो परिचय कति बलियो होला, त्यो जिम्मा दर्शकहरूमै छ। बरु पहिलो पटक निर्देशनमा हात हालेका सरोजको यो अनुभव कस्तो रह्यो?

‘अरुको भान्छाको खाना खानुमा र आफैं भान्छामा गएर पकाउनुमा धेरै फरक छ,’सरोज भन्छन्।

सरोजले सुरुमा कथालाई पटकथामा ढाल्ने लेखकको खोजी गरे। एक नामी लेखकलाई आग्रह गरे। तर उनले माग गरेको रकम दिने सामर्थ्य निर्मातासँग थिएन। 

त्यसपछि उनी आफैं लेख्न हौसिए। लेख्दै जाँदा फिल्ममा पात्रहरूको खोजी गरे। मुख्य पात्रम उनले करिश्मा मानन्धरको अनुहार भेटे। त्यसपछि वसुन्धरा भुसाल, मिथिला शर्मा, नीर शाह....।

ज–जसलाई आफूले फिल्म निर्देशन गर्न लागेको भन्दै उनले भूमिकाका लागि प्रस्ताव राखे, उनीहरूले एकै एकै आग्रहमा ‘ओके’ गरे। त्यो सरोजसँगको आत्मीयता र विश्वासकै उपज थियो।

नीर शाहप्रति सरोजको निकै सम्मान थियो। र डर पनि। ‘प्रेमपिण्डको सुटिङको बेला मलाई उहाँको अगाडि उभिन पनि डर लाग्थ्यो। उहाँ आउँदा म जहाँ बसिरहेको हुन्थें त्यहाँ खडा हुन्थेँ। एक्टिङ गर्दा पनि सबैभन्दा डरचाहिँ मेरो कारण उहाँको अभिनय बिग्रेला कि भन्ने हुन्थ्यो।

अब यस्तो मान्छेलाई आफ्नो फिल्ममा निर्देशन गर्न निकै चुनौती थियो,’ सरोज सम्झन्छन्।

एउटा उखान छ, ‘वनको बाघले खाओस् नखाओस्, मनको बाघले खान्छ।’ 

नीर शाह दैनिक सुटिङमा काम गर्न थालेपछि सरोजको त्यो डर दुर भयो। 

‘उहाँलाई लिन म आफैं जान्थेँ। बाटोमा आउँदा क्यारेक्टर बुझाउँथें। एकदमै सहज हुनुहुँदो रहेछ। त्यसकारण सोचेको भन्दा राम्रो गराउन सकेँ,’ सरोज भन्छन्। 

‘बगान’बाट नवअभिनेत्री प्रमिला कार्कीले फिल्म क्षेत्रमा डेब्यू गर्दैछिन्। गीतकार सुरेश वाग्लेले निर्माताको चुनौती सम्हालेका छन्। पुराना र नयाँ पुस्तालाईसँगै काम गराउँदा छुट्टै उत्साह भरिएको सरोज सुनाउँछन्।

यतिबेला सरोज आफैं फिल्मको प्रोमोसनमा खटिइरहेका छन्। यसअघि टिकटकमा कहिल्यै इन्जोय गर्दैन थिए उनी। ‘टिकटक नखोली त फिल्मको प्रोमोसन नै नहुने रहेछ। यसपालि अकाउन्ट खोलि छाडेँ,’ उनी भन्छन्।

सरोजलाई थाहा छ,  अहिले अधिकांश फिल्मको व्यापार निराशाजनक छ। तर राम्रो फिल्मले बजार पाउने आशा पनि उतिकै छ उनमा। 

मानिसहरू दु:ख भुलाउन वा खुसी हुन बगानमा गएर टहलिने गर्छन्। फर्कँदा शान्त अनुहारमा केही चमक थपेर ल्याउँछन्। के सरोजको ‘बगान’ले पनि दर्शकहरूमा त्यो चमक देला? उनी त यसमा विश्वस्त छन्।

तर, हामी विश्वस्त हुन चाहिँ २९ गतेसम्मै पर्खनुपर्ला कि!

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
नेपाली रुपैयाँ निरन्तर कमजोर मंगलबार, माघ १३, २०८२
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम मंगलबार, माघ १३, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ १३, २०८२
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ १२, २०८२
सचिव पौडेलले पाइन् बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्