• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २४, २०८२ Fri, Oct 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

थ्यांक यू, सिटी!

इल्के गुन्डोगन बिहीबार, असार १४, २०८०  १७:२५
1140x725

डीयर सिटी, 
जब म पहिलो पटक यहाँ आएको थिएँ, त्यतिबेला म बच्चा पनि थिइनँ, परिपक्क पनि भैकसकेको थिइनँ, म सँग त्यति धेरै सपनाहरु पनि थिएनन्। मलाई विश्वास गर्न पनि गाह्रो हुन्छ, तर सात वर्षपछि म आफूलाई एउटा बुवाको रुपमा जोड्दै छु, जसले आफ्नो हरेक सपना पूरा गरेको छ।

आजको यो दिन खुसी र दुखी दुवै क्षण हो। गुड बाई कहिल्यै सहज हुँदैन। अझ यो टोलीसँगै गुड बाई भन्न झनै गाह्रो भएको छ। जब मैले हाम्रा केटाहरुलाई आफ्नो ग्रुप च्याटमा क्लब छाडेको खबर भन्नुपर्‍यो, म धेरै भावुक भएँ। साँच्चै भन्नुपर्दा म सबैलाई मिस गर्नेछु। तर म यो भन्न पाउँदा खुसी छु कि म यहाँबाट च्याम्पियनको रुपमा छाड्दैछु। मेरो हृदयमा क्लबप्रतिको मायाबाहेक केही छैन। ट्रिबेल च्याम्पियन टोलीको कप्तानको रुपमा कतिजना फुटबरहरुलाई बिदाई गर्न सक्छन्?

हामीले हाँसिल गरेका उपलब्धिहरु गज्जब छन्। मेरो ७ वर्षे बसाईमा ५ प्रिमियर लिग उपाधि जितेका छौं। २ एफए कप। च्याम्पियन्स लिग। अनि ट्रिबेल उपाधि। तर ती ट्रफी मात्रै हुन्। मलाई सबैभन्दा याद रहने कुरा भनेको टोलीभित्रको भावना हो, विशेष गरी यो सिजनको। मैले फुटबलमा यस्तो अनुभव कहिल्यै गरेको छैन।

सामान्यतया एक सुन्दर रिजर्भ व्यक्ति हुँ। मलाई खुल्न केही समय लाग्छ। तर यस टोलीको बारेमा ठूलो कुरा यो हो कि हामी जतिसुकै दबाबमा परे पनि एकअर्कासँग मजाक गर्न सहज महसुस गर्न सक्थ्यौं। हामी प्रशिक्षणमा ५–भर्सेस–२ इन द बक्समा खेल्थ्यौं। र मेरो मन पर्ने कुरा रुबेन डायससँग मजाक गर्नु थियो। मलाई लाग्छ कि म सामान्यतया एक साधारण खेलाडी हुँ। केटाहरु मलाई रमाइलो गर्दै ‘जिदान’ भनेर बोलाउँथे, मैले अलिकति केही टेक्निकल देखाएँ भनेर त्यो भनेका होलान्, साँच्चै त्यो क्षण रमाइलो थियो।

जब मबाट केही राम्रो हुन्छ, त्यसपछि रुबेन मलाई ‘जिदान’ भनेर बोलाउन मै भएको ठाउँमा पुग्थे।
 
र म भन्छु, ‘होइन, होइन, आज म पिर्लो थिएँ। भोलि म ‘जिजु’ मा फर्कने छु।’

gunodogan1688038325.gif

हरेक दिन हामी हाँसिरहेका हुन्थ्यौं, जुनकुरा फुटबलमा दुर्लभ हुन्छ। यो सिजनको हाम्रो उपलब्धिको श्रेय हाम्रा श्रीमतीहरु र साझेदारहरुलाई पनि दिनुपर्ने हुन्छ। तिनीहरुले हाम्रा लागि धेरै कुराहरु व्यवस्थित गरे। यसले पनि नतिजामा ठूलो सहयोग पुर्‍यायो। जुन हाम्रा लागि राम्रो वातावरण पनि थियो, मलाई लाग्छ अन्ततः हामी च्याम्पियन्स लिगको ट्रफी उचाल्न सफल भएका थियौं।

मेरा लागि च्याम्पियन्स लिग विगत १० वर्षको लागि एक 'जुनून' को रुपमा रहेको छ। वास्तवमा यो सानो चिज होइन पनि। साँच्चै यो एक जुनुन नै भएको छ। सन् २०१३ मा मेरो डर्टमण्ड टोली जब फाइनलमा बार्यनसँग हार्‍यो, त्यतिबेला म विक्षिप्त भएको थिएँ। फाइनलमा हारको महसुस गर्नै नसकिने हुँदोरहेछ। यसले मलाई १० वर्षसम्म नराम्ररी सतायो। त्यसपछि मैले मेरो करिअरमा गरेको हरेक निर्णय त्यो ट्रफी उठाउनेबारे थियो। त्यही भएर म सिटीमा आएको थिएँ। त्यसैगरी हामी २ वर्षअघि चेल्सीसँग फाइनलमा हार्‍यौं, त्यो पनि त्यस्तै भयानक थियो। त्यसपछि इतिहादमा रियल मड्रिडविरुद्धको सेमीफाइनलको खेलका लागि मलाई बेन्चमा राखियो, र त्यो मेरा लागि अझ पीडादायी थियो। पेपले टोलीको घोषणा गरेपछि, म एक्लै बस्न मेरो कोठामा गएँ, त्यो बेला म एकदमै निराश थिए। तपाईं महसुस गर्न सक्नुहुन्न त्यतिबेला म कति निराश थिएँ।

Ncell 2
Ncell 2

यो सिजन केही क्लिक भयो। मलाई मात्र थाहा थियो कि यो पटक हामी केही गर्दैछौं। यसको मतलब च्याम्पियन्स लिग मात्रै होइन। प्रिमियर लिग, एफ ए कप सबै कुरा। हप्तापछि मैले भर्खरै महसुस गरेँ कि सबै चिजहरु पूर्ण रुपमा लाइनमा छन्। हामी आर्सनलभन्दा १० अंकले पछि हुँदा पनि मलाई थाहा थियो कि हामीले लिग जित्नेछौं। केभिन, काइल, जोन, फिल, बर्नाडो र इडरसनजस्ता केटाहरु भएकाले हामीसँग पहिल्यै यति बलियो आधार थियो। त्यसपछि हालाण्ड र ज्याक जस्ता पात्रहरु थपिए र यसले हामीलाई अर्को आधार दियो।

म केवल भन्न चाहान्छु कि ज्याक ग्रिलिसलाई केही मिडियाद्वारा धेरै गलत बुझिएको छ। उनी फुटबलमा मैले भेटेका राम्रामध्ये एक हुन्। उनी एकदमै रमाइलो छन्। नम्र छन्। यस सिजनमा उनको सफलताको लागि म धेरै खुसी छु। उनले यो सिजन अर्को स्तरमा पुग्नका लागि धेरै मेहनत गरे। र उनी हाम्रा लागि उत्कृष्ट थिए।

अब हालाण्डको कुरा गरौं। इमान्दारीपूर्वक भन्नुपर्दा जब उनी यहाँ आए, त्यसपछि हामीले उनीबाट के पाउने, के आश गर्ने मलाई थाहा थिएन। उनले गोल मात्रै देख्थे। डर्टमण्डमा रहँदा पनि उनको ध्यान त्यसैमा केन्द्रित थियो। जुनकुरा आफ्नो टिमसँग फिट भएको बेला मात्रै सम्भव हुन्छ। तर जब मैले उनलाई चिनेँ, म धेरै छक्क परेँ कि कोही कसरी यति धेरै प्रतिभाशाली हुनसक्छ! र अझै हरेक दिन राम्रो बन्ने उनीमा तीव्र इच्छा छ। यति हुँदा पनि उनी कहिल्यै सन्तुष्ट छैनन्। मलाई लाग्छ उनका लागि कुनै सीमा छैन। मेसी र रोनाल्डोमा पुग्ने स्तरको लागि मात्रै उनको तुलना हुन्छ।

goundogan and haland1688038374.gif

अर्को एउटा साथी जसले मेरो व्यक्तिगत जीवनमा ठूलो परिवर्तन ल्याएको छ, उनी हुन् हाम्रो दोस्रो गोल किपर स्टेफान ओर्टेगा। जर्मनहरुको रुपमा हामीसँग धेरै समानता थियो। र गत वर्ष एस्प्रेसोमा सँगै बस्दा हरेक दिन उनले मलाई धेरै कुराहरु सिकाएका छन्। यदी उनी यहाँ नभएको भए मलाई लाग्दैन कि मसँग यस्तो राम्रो सिजन हुने थियो। फुटबलमा तपाईंलाई ती एंकरहरु चाहिन्छ, र स्टेफान मेरा लागि त्यही थियो। म यो सिजन केभिन डि ब्रुयनासँग धेरै नजिक भएँ। मलाई लाग्यो कि म उनीसँग कुनै पनि कुराको बारेमा कुरा गर्न सक्छु। यसले वास्तवमा ठूलो फरक पार्छ जब तपाईं सहकर्मीलाई साथीहरु भन्दा ठूलो विश्वास गर्नुहुन्छ।

हामीसँग भएका क्यारेक्टरका बारेमा जब ड्रेसिङ रुममा कुरा गर्‍थ्यौं, मलाई यति आत्मविश्वास हुन्थ्यो कि हामी प्रत्येक चोटी मैदानमा उत्रिदा जित्न सक्छौं। जब तपाईं आफ्नो टोलीका साथीहरुलाई भरोसा गर्नुहुन्छ, तपाईं सरल रुपमा खेल्न सक्नुहुन्छ। कुनै डर बिना, वा कुनै पनि कुरालाई धेरै नसोची। त्यसपछि मात्र जादु भएको देखिन्छ। सायद त्यही कारणले गर्दा मैले यो सिजनमा धेरै निर्णायक गोल गर्न सकेँ।
 
(जो यो कुराहरुमा अचम्म मानिरहेका छन्। हो, मेरो मतलब एभर्टनविरुद्धको त्यो फ्लीक गोल हो। म सँग केही टेक्निक छ। तपाईं यसबारे रुबेनलाई सोध्न पनि सक्नु हुन्छ।)

मलाई यो पूरै सिजन फिल्म जस्तै लाग्यो। तर मैले इस्तानबुलमा फाइनल जितेर यति राम्रो अन्त्य गर्छु भन्ने सपनामा पनि देखेको थिइनँ। यो मेरा लागि, मेरो परिवारका लागि निकै अविस्मरणीय छ। म सम्झन्छु, जब इस्तानबुलमा विमान अवतरण गर्न लाग्दै थियो म झ्यालबाट बाहिर हेर्दै मेरो हजुरबुवाको जन्मभूमिमा च्याम्पियन्स लिगको फाइनलमा सिटीको कप्तान बन्न लागेको महसुस गरिरहेको थिएँ।

जब हामी बसमा होटल जाँदै थियौं, म स्कोर्ट कार्सनको नजिकै बसिरहेको थिएँ। उनी लिभरपुल टोलीको हिस्सा भएको बेला सन् २००५ मा एसी मिलानलाई च्याम्पियन्स लिगको फाइनलको ट्राइब्रेकरमा लिभरपुलले ३–० ले पराजित गर्दै ट्रफी उचालेको थियो।
 
उनले भने, ‘चिन्ता नगर केटाहरु । जब म इस्तानबुल आउँछु, म च्याम्पियन्स लिगको ट्रफी लिएर जान्छु।’

हाहाहा...। ‘हाम्रो स्क्वाडमा स्कोर्ट छन्, हामी हार्दैनौं’ मलाई त्यस्तै लागेको थियो।

मात्रै एउटा समस्या भयो, फाइनल तोकिएकै स्थानीय समय १० बजे सुरु हुन सकेन। जसकारण हामी होटलमा पूरै दिन बसेर सोच्न थाल्यौं। मलाई मेरो फोन बन्द गरेको याद छ किनभने म म्यासेजहरु पढ्न चाहान्नँ। मैले निद्रा पनि लिन सकेनँ। टिभी हेर्न पाइएन। म धेरै नर्भस थिएँ। मैले होटलको कोठामा रहँदा मेरो दिमागभित्र कम्तीमा ५ सय पटक खेल खेलिसकेको थिएँ। यसरी धेरै सोच्नु नराम्रो हुन्छ भन्ने मलाई थाहा थियो तर पनि दिमागबाट हटाउन सकिन।

एउटा कुरा जुन म कहिल्यै बिर्सिन सक्दिनँ, त्यो हो पेपले मलाई वार्मअपपछि ड्रेसिङ रुममा तानेर काइल वाकरलाई केही समय सेभ गर्नुछ त्यो कुरा उनलाई भन भनेका थिए। किनकी उनी सुरुवाती ११ मा त्यतिबेला थिएनन्। पेपका यी कुराहरुले हाम्रो समूहको बारेमा धेरै कुरा भन्छ। जुन हामीले पाएको यो विशेष भावना थिए।

मलाई थाहा थियो काइलले हामी सबैलाई कति माया गर्छ भन्ने। उनले भने, ‘यो सधैं मेरो सपना हो। म बाहिर जान्छु मेरो सपना साकार पार्नुहोस्।’

उक्त खेलको बारेमा म धेरै भन्न सक्दिनँ। यो अझै धमिलो छ। हामीले उत्कृष्ट खेल खेल्न सकेनौं, मैले स्वीकार्नु पर्छ। मलाई लाग्छ हामी सबै अलिकति हिचकिचाएका थियौं। तर हामीले जित्ने बाटो फेला पार्‍यौं, जस्तै सबै च्याम्पियनहरुले गर्छन्।

रेफ्रीले सिट्टी बजाउँदा मलाई सबैभन्दा धेरै याद छ, म भर्खरै हाम्रो लक्ष्यमा ढलेको छु। मैले घाँसमा टाउको राखेँ। मैले सबैकुरा सोच्ने प्रयास गरेँ। जब म उठेँ, मैले सबैभन्दा पहिलो मेरो वरिपरि बसेका सबै इन्टरका खेलाडीहरुमा आँसु देखेँ। मलाई त्यो अनुभूति पनि राम्रोसँग थाहा थियो। त्यसैले म उनीहरु कहाँ गएँ। उनीहरुलाई आफ्नो सिजनमा गर्व गर्न भनिरहेँ। यसले मलाई सबै कुराहरुको अनुभूति दिलायो। फाइनलमा मार्जिन धेरै पातलो हुन्छ। र यो सजिलै अर्को बाटो जान सक्छ।

संघर्ष सधैं मूल्यवान छ।

विगतका असफलताका वर्षहरुले नै विजयलाई धेरै प्रबल र धेरै मिठो बनायो।

मलाई मैदानको अर्को छेउमा केटाहरु तिर हिँडिरहेको याद छ। मैले देखेको पहिलो व्यक्ति स्टेफान थियो। हामीले एक अर्कालाई लामो समयसम्म अँगालो हाल्यौं। र त्यो क्षणले मलाई साँच्चै हिट गर्‍यो। म रुन थालेँ। उ पनि रुन थाल्यो। यो खुसी र सबैभन्दा धेरै राहतको एक तीव्र भावना थियो।

goundogan 21688038440.gif

सबैकुरा पेपले भन्न सक्छन् ‘वी डिड इट, वी डिड इट, वी डिड इट।’

म भीडमा मेरी श्रीमती र मेरो परिवार भएको ठाउँमा गएँ। उनीहरुले पनि भने, ‘यु डिड इट, यु डिड इट, यु डिड इट।’

तर होइन, पेपले भनेजस्तै यो हामीले गरेका थियौं, ‘वी डिड इट।’
 
हरेक सपनाको पछाडि एउटा परिवार हुन्छ र तिनीहरु खेलाडी जत्तिकै महत्त्वपूर्ण हुन्छन्। मेरा आमाबुवाले हामीलाई राम्रो जीवन दिन धेरै मेहनत गर्नुभयो। मेरो बुवा बियर कम्पनीको ट्रक चालक हुनुहन्थ्यो। मेरी आमा स्वीमिङ हलमा क्याफेमा कुक हुनुहन्थ्यो। मेरा हजुरबवा खानीमा काम गर्न पहिलोपटक जर्मनी आउनु भएको थियो। मेरो लागि त्यहाँ एक च्याम्पियनको रुपमा सम्पूर्ण विश्वको अगाडि उभिनु, एक गुन्डोगानको रुपमा, यो ठूलो भावना थियो।

मैले भन्नुपर्छ पेपबिना यीमध्ये कुनै पनि सम्भव थिएन। कहिलेकाहीँ उनले हामीलाई कसरी खेल्छौं भनेर माग गर्दथे। यो कुरा भन्न मानसिक रुपमा निकै गाह्रो हुन्छ। तर एकै पटक हामी सबैजना मैदानमा पुगेपछि खेलले गति लिन्छ। पेपको शैली यति कुशल छ कि सबैजनाले सहज महसुस गरेर खेल्छन्।

मैले सधैं पेपसँग घनिष्ठ सम्बन्ध महसुस गरेको छु।

pep and goundogan1688038483.gif

उनले एक पटक मलाई भनेका थिए, ‘म ११ जनै मिडफिल्डर राखेर खेलाउन चाहन्छु। तिमीहरु सबैले पाँच स्टेप अघिको खेल हेरेर खेल्न सक्नुपर्छ।’

मैले गर्नुपर्ने सबैभन्दा कठिन कलमध्ये पेपलाई नै थियो। उनलाई म क्लब छोड्दै छु भनेर बताउन। मैले गर्नसक्ने सबै धन्यवाद भन्नु थियो। यो सिजनका लागि मात्र होइन वा सबै ट्रफीका लागि मात्र पनि होइन। डर्टमन्डसँग सिजनको अन्त्यमा मेरा घुँडामा चोट लागेको बेला म कहिल्यै बिर्सने छैन र मलाई शल्यक्रिया गर्नुपर्‍यो। म यति चिन्तित थिएँ कि सिटी मेरा लागि सम्झौताबाट बाहिरिनेछ। तर पेपले मलाई फोनमा बोलाए र भने, ‘चिन्ता नगर, यसले केही परिवर्तन गर्दैन। हामी तिमीलाई यहाँ चाहन्छौं। जतिसुकै समय लागे पनि हामी तिम्रो प्रतिक्षा गर्नेछौं।’

म कल्पना गर्छु वैशाखी टेकेर यो शान्त र रमाइलो केटो यति धेरै पैसा लिएर यहाँ म्यानचेस्टरमा आइपुग्दा फ्यानहरुले के सोचिरहेका थिए होलान्।

जे भयो सबै राम्रै भयो त्यो म भन्न सक्छु...।

म यहाँ एक खुट्टाको भरमा ‘लंगडा’को रुपमा आएको थिएँ, तर म अहिले बादलमा उडिरहेको महसुस गर्दैछु।

ट्रिबेल पछि र वर्षाकाबीच म्यानचेस्टरमा सानदार परेडपछि मैले आफैंलाई सोचेँ, योभन्दा राम्रो कसरी गर्न सकिन्छ? तपाईंले योभन्दा बढी के हासिल गर्नुहुन्थ्यो? तपाईं कसरी अझ राम्रो केही लेख्न सक्नुहुन्छ?

यसको जवाफ थियो ‘तपाईंले सक्नुहुन्न।’

मलाई लाग्छ सायद पेपले आसा गरेका थिए कि हामी यहाँ सिटीमा सँगै आउनेछौं र सँगै छाड्नेछौं। तर मलाई थाहा छ, उनले मेरो निर्णय बुझ्नेछन्। म पक्का छु कि म उनको पूर्वक्लबमा जाँदैछु जसकारण पनि पेपले बुझ्नेछन्। आसा छ कि हामी च्याम्पियन्स लिग फाइनलमा पुनर्मिलन हुनछौं।

यदी म सरुवा हुन खोज्दै थिएँ भने त्यहाँ एउटा मात्रै क्लब हुन्थ्यो बार्सिलोना। म सानो हुँदादेखि नै कुनै दिन बार्सिलोनाको जर्सी लगाउने सपना देख्थेँ। म विश्वस्त छु कि मसँग उच्चस्तरमा अझै केही वर्ष बाँकी छ। म बार्सिलोनालाई आफ्नो पुरानो लयमा फर्काउन मद्दत गर्नेछु। यो मेरो पुरानो साथी लेवा (लेवान्डोस्की)सँगको पुनर्मिलन हुनेछ। र म अर्को म्यानेजरको नेतृत्वमा खेल्न पाउँदा उत्साहित छु, जसलाई मैले लामो समयदेखि प्रशंसा गरेको छु। जब जाभी र मैले योजनाका बारेमा कुरा गर्‍यौं। एकदम स्वाभाविक लाग्थ्यो। म हामीबीच क्यारेक्टरकै रुपमा धेरै समानताहरु देख्छु र हामीले खेललाई हेर्ने तरिकामा पनि।

मलाई थाहा छ बार्सिलोना धेरै दबाबमा हुनेछ। तर मलाई दबाब मन पर्छ। मलाई मेरो कम्फर्ट जोनबाट बाहिर निस्कन मन पर्छ। मैले सजिलो अवतरण खोजिरहेको थिइनँ। म नयाँ चुनौती खोज्दै थिएँ, यो अर्को अध्यायको बारेमा।

म बार्सिलोनाको जर्सीमा खेल्न पर्खिन सक्दिनँ। तर त्योभन्दा पहिले म म्यानचेस्टर सिटीको बारेमा अन्तिम शब्द भन्न चाहन्छु। मेरा सबै टोलीका साथीहरु, स्टाफहरु र विशेषगरी फ्यानहरुसँग प्रत्यक्ष कुरा गर्न चाहन्छु।

र, म भन्न चाहन्छु कि म सधैं सिटीसँगै रहनेछु। त्यो सम्बन्ध कसैले तोड्न सक्दैन। यो उच्चतम स्तरको एक प्रेम हो।

goundogan hand1688038540.gif

म सबैलाई धन्यवाद भन्न चाहन्छु, जसले मलाई नयाँ स्तरमा पुर्‍याउन सहयोग गरे। प्रशिक्षक, सुन्दर खेलका लागि सबै त्याग गर्ने टोलीका साथीहरु, हामीलाई समर्थन गर्न हजारौं माइलको यात्रा गर्ने फ्यानहरु, क्लब जसले मलाई महत्त्वाकांक्षी परियोजनाको एक हिस्सा बन्ने मौका दियो, र हामीलाई स्वस्थ राख्ने डक्टर र फिजियोहरु।

मलाई थाहा छ अधिकांश मानिसहरु यो अविश्वसनिय युगबाट लक्ष्यहरु र सहयोगहरु र फाइनलहरु सम्झनेछन्। तर म अलि फरक कुराको कदर गर्नेछु।

हो, फुटबल कहिलेकाहिँ सनसनीपूर्ण थियो।

तर मानिसहरु अझ राम्रा थिए।

म तिमीलाई जीवनभर सम्झिरहने छु।

सबैथोकका लागि धन्यवाद।

भवदीय, 
इल्की

goundgon signe1688038618.gif
–नेपाल लाइभका लागि नारायण अधिकारीले ‘द प्लेअर्स ट्रिब्युन’ मा प्रकाशित गुन्डोगनको चिठीको भावानुवाद गरेका हुन्।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
राष्ट्रपतिले बोलाए दलहरूलाई
सम्बन्धित सामग्री
नेपाली युवा टोली सेमिफाइनलबाटै बाहिरियो बिहीबार कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्स’मा सम्पन्न दोस्रो सेमिफाइनलमा भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान... शुक्रबार, असोज १०, २०८२
बंगलादेश र नेपालको खेल गोलरहित बराबरीमा सकियो खेलको दशौं मिनेटमै बंगलादेशले गोल गरे पनि अफसाइड भएका कारण उक्त गोलले मान्यता पाएन । अन्तिमसम्म दुवै टोलीले धेरै प्रयास गरे पनि गोल... शनिबार, भदौ २१, २०८२
गोलरहित बराबरी सकियो पहिलो हाफ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपछि गोल भने गर्न सकेनन्। शनिबार, भदौ २१, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्