• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

थ्यांक यू, सिटी!

इल्के गुन्डोगन बिहीबार, असार १४, २०८०  १७:२५
1140x725

डीयर सिटी, 
जब म पहिलो पटक यहाँ आएको थिएँ, त्यतिबेला म बच्चा पनि थिइनँ, परिपक्क पनि भैकसकेको थिइनँ, म सँग त्यति धेरै सपनाहरु पनि थिएनन्। मलाई विश्वास गर्न पनि गाह्रो हुन्छ, तर सात वर्षपछि म आफूलाई एउटा बुवाको रुपमा जोड्दै छु, जसले आफ्नो हरेक सपना पूरा गरेको छ।

आजको यो दिन खुसी र दुखी दुवै क्षण हो। गुड बाई कहिल्यै सहज हुँदैन। अझ यो टोलीसँगै गुड बाई भन्न झनै गाह्रो भएको छ। जब मैले हाम्रा केटाहरुलाई आफ्नो ग्रुप च्याटमा क्लब छाडेको खबर भन्नुपर्‍यो, म धेरै भावुक भएँ। साँच्चै भन्नुपर्दा म सबैलाई मिस गर्नेछु। तर म यो भन्न पाउँदा खुसी छु कि म यहाँबाट च्याम्पियनको रुपमा छाड्दैछु। मेरो हृदयमा क्लबप्रतिको मायाबाहेक केही छैन। ट्रिबेल च्याम्पियन टोलीको कप्तानको रुपमा कतिजना फुटबरहरुलाई बिदाई गर्न सक्छन्?

हामीले हाँसिल गरेका उपलब्धिहरु गज्जब छन्। मेरो ७ वर्षे बसाईमा ५ प्रिमियर लिग उपाधि जितेका छौं। २ एफए कप। च्याम्पियन्स लिग। अनि ट्रिबेल उपाधि। तर ती ट्रफी मात्रै हुन्। मलाई सबैभन्दा याद रहने कुरा भनेको टोलीभित्रको भावना हो, विशेष गरी यो सिजनको। मैले फुटबलमा यस्तो अनुभव कहिल्यै गरेको छैन।

सामान्यतया एक सुन्दर रिजर्भ व्यक्ति हुँ। मलाई खुल्न केही समय लाग्छ। तर यस टोलीको बारेमा ठूलो कुरा यो हो कि हामी जतिसुकै दबाबमा परे पनि एकअर्कासँग मजाक गर्न सहज महसुस गर्न सक्थ्यौं। हामी प्रशिक्षणमा ५–भर्सेस–२ इन द बक्समा खेल्थ्यौं। र मेरो मन पर्ने कुरा रुबेन डायससँग मजाक गर्नु थियो। मलाई लाग्छ कि म सामान्यतया एक साधारण खेलाडी हुँ। केटाहरु मलाई रमाइलो गर्दै ‘जिदान’ भनेर बोलाउँथे, मैले अलिकति केही टेक्निकल देखाएँ भनेर त्यो भनेका होलान्, साँच्चै त्यो क्षण रमाइलो थियो।

जब मबाट केही राम्रो हुन्छ, त्यसपछि रुबेन मलाई ‘जिदान’ भनेर बोलाउन मै भएको ठाउँमा पुग्थे।
 
र म भन्छु, ‘होइन, होइन, आज म पिर्लो थिएँ। भोलि म ‘जिजु’ मा फर्कने छु।’

gunodogan1688038325.gif

हरेक दिन हामी हाँसिरहेका हुन्थ्यौं, जुनकुरा फुटबलमा दुर्लभ हुन्छ। यो सिजनको हाम्रो उपलब्धिको श्रेय हाम्रा श्रीमतीहरु र साझेदारहरुलाई पनि दिनुपर्ने हुन्छ। तिनीहरुले हाम्रा लागि धेरै कुराहरु व्यवस्थित गरे। यसले पनि नतिजामा ठूलो सहयोग पुर्‍यायो। जुन हाम्रा लागि राम्रो वातावरण पनि थियो, मलाई लाग्छ अन्ततः हामी च्याम्पियन्स लिगको ट्रफी उचाल्न सफल भएका थियौं।

मेरा लागि च्याम्पियन्स लिग विगत १० वर्षको लागि एक 'जुनून' को रुपमा रहेको छ। वास्तवमा यो सानो चिज होइन पनि। साँच्चै यो एक जुनुन नै भएको छ। सन् २०१३ मा मेरो डर्टमण्ड टोली जब फाइनलमा बार्यनसँग हार्‍यो, त्यतिबेला म विक्षिप्त भएको थिएँ। फाइनलमा हारको महसुस गर्नै नसकिने हुँदोरहेछ। यसले मलाई १० वर्षसम्म नराम्ररी सतायो। त्यसपछि मैले मेरो करिअरमा गरेको हरेक निर्णय त्यो ट्रफी उठाउनेबारे थियो। त्यही भएर म सिटीमा आएको थिएँ। त्यसैगरी हामी २ वर्षअघि चेल्सीसँग फाइनलमा हार्‍यौं, त्यो पनि त्यस्तै भयानक थियो। त्यसपछि इतिहादमा रियल मड्रिडविरुद्धको सेमीफाइनलको खेलका लागि मलाई बेन्चमा राखियो, र त्यो मेरा लागि अझ पीडादायी थियो। पेपले टोलीको घोषणा गरेपछि, म एक्लै बस्न मेरो कोठामा गएँ, त्यो बेला म एकदमै निराश थिए। तपाईं महसुस गर्न सक्नुहुन्न त्यतिबेला म कति निराश थिएँ।

nimb
nimb
Ncell 2
Ncell 2

यो सिजन केही क्लिक भयो। मलाई मात्र थाहा थियो कि यो पटक हामी केही गर्दैछौं। यसको मतलब च्याम्पियन्स लिग मात्रै होइन। प्रिमियर लिग, एफ ए कप सबै कुरा। हप्तापछि मैले भर्खरै महसुस गरेँ कि सबै चिजहरु पूर्ण रुपमा लाइनमा छन्। हामी आर्सनलभन्दा १० अंकले पछि हुँदा पनि मलाई थाहा थियो कि हामीले लिग जित्नेछौं। केभिन, काइल, जोन, फिल, बर्नाडो र इडरसनजस्ता केटाहरु भएकाले हामीसँग पहिल्यै यति बलियो आधार थियो। त्यसपछि हालाण्ड र ज्याक जस्ता पात्रहरु थपिए र यसले हामीलाई अर्को आधार दियो।

म केवल भन्न चाहान्छु कि ज्याक ग्रिलिसलाई केही मिडियाद्वारा धेरै गलत बुझिएको छ। उनी फुटबलमा मैले भेटेका राम्रामध्ये एक हुन्। उनी एकदमै रमाइलो छन्। नम्र छन्। यस सिजनमा उनको सफलताको लागि म धेरै खुसी छु। उनले यो सिजन अर्को स्तरमा पुग्नका लागि धेरै मेहनत गरे। र उनी हाम्रा लागि उत्कृष्ट थिए।

अब हालाण्डको कुरा गरौं। इमान्दारीपूर्वक भन्नुपर्दा जब उनी यहाँ आए, त्यसपछि हामीले उनीबाट के पाउने, के आश गर्ने मलाई थाहा थिएन। उनले गोल मात्रै देख्थे। डर्टमण्डमा रहँदा पनि उनको ध्यान त्यसैमा केन्द्रित थियो। जुनकुरा आफ्नो टिमसँग फिट भएको बेला मात्रै सम्भव हुन्छ। तर जब मैले उनलाई चिनेँ, म धेरै छक्क परेँ कि कोही कसरी यति धेरै प्रतिभाशाली हुनसक्छ! र अझै हरेक दिन राम्रो बन्ने उनीमा तीव्र इच्छा छ। यति हुँदा पनि उनी कहिल्यै सन्तुष्ट छैनन्। मलाई लाग्छ उनका लागि कुनै सीमा छैन। मेसी र रोनाल्डोमा पुग्ने स्तरको लागि मात्रै उनको तुलना हुन्छ।

goundogan and haland1688038374.gif

अर्को एउटा साथी जसले मेरो व्यक्तिगत जीवनमा ठूलो परिवर्तन ल्याएको छ, उनी हुन् हाम्रो दोस्रो गोल किपर स्टेफान ओर्टेगा। जर्मनहरुको रुपमा हामीसँग धेरै समानता थियो। र गत वर्ष एस्प्रेसोमा सँगै बस्दा हरेक दिन उनले मलाई धेरै कुराहरु सिकाएका छन्। यदी उनी यहाँ नभएको भए मलाई लाग्दैन कि मसँग यस्तो राम्रो सिजन हुने थियो। फुटबलमा तपाईंलाई ती एंकरहरु चाहिन्छ, र स्टेफान मेरा लागि त्यही थियो। म यो सिजन केभिन डि ब्रुयनासँग धेरै नजिक भएँ। मलाई लाग्यो कि म उनीसँग कुनै पनि कुराको बारेमा कुरा गर्न सक्छु। यसले वास्तवमा ठूलो फरक पार्छ जब तपाईं सहकर्मीलाई साथीहरु भन्दा ठूलो विश्वास गर्नुहुन्छ।

हामीसँग भएका क्यारेक्टरका बारेमा जब ड्रेसिङ रुममा कुरा गर्‍थ्यौं, मलाई यति आत्मविश्वास हुन्थ्यो कि हामी प्रत्येक चोटी मैदानमा उत्रिदा जित्न सक्छौं। जब तपाईं आफ्नो टोलीका साथीहरुलाई भरोसा गर्नुहुन्छ, तपाईं सरल रुपमा खेल्न सक्नुहुन्छ। कुनै डर बिना, वा कुनै पनि कुरालाई धेरै नसोची। त्यसपछि मात्र जादु भएको देखिन्छ। सायद त्यही कारणले गर्दा मैले यो सिजनमा धेरै निर्णायक गोल गर्न सकेँ।
 
(जो यो कुराहरुमा अचम्म मानिरहेका छन्। हो, मेरो मतलब एभर्टनविरुद्धको त्यो फ्लीक गोल हो। म सँग केही टेक्निक छ। तपाईं यसबारे रुबेनलाई सोध्न पनि सक्नु हुन्छ।)

मलाई यो पूरै सिजन फिल्म जस्तै लाग्यो। तर मैले इस्तानबुलमा फाइनल जितेर यति राम्रो अन्त्य गर्छु भन्ने सपनामा पनि देखेको थिइनँ। यो मेरा लागि, मेरो परिवारका लागि निकै अविस्मरणीय छ। म सम्झन्छु, जब इस्तानबुलमा विमान अवतरण गर्न लाग्दै थियो म झ्यालबाट बाहिर हेर्दै मेरो हजुरबुवाको जन्मभूमिमा च्याम्पियन्स लिगको फाइनलमा सिटीको कप्तान बन्न लागेको महसुस गरिरहेको थिएँ।

जब हामी बसमा होटल जाँदै थियौं, म स्कोर्ट कार्सनको नजिकै बसिरहेको थिएँ। उनी लिभरपुल टोलीको हिस्सा भएको बेला सन् २००५ मा एसी मिलानलाई च्याम्पियन्स लिगको फाइनलको ट्राइब्रेकरमा लिभरपुलले ३–० ले पराजित गर्दै ट्रफी उचालेको थियो।
 
उनले भने, ‘चिन्ता नगर केटाहरु । जब म इस्तानबुल आउँछु, म च्याम्पियन्स लिगको ट्रफी लिएर जान्छु।’

हाहाहा...। ‘हाम्रो स्क्वाडमा स्कोर्ट छन्, हामी हार्दैनौं’ मलाई त्यस्तै लागेको थियो।

मात्रै एउटा समस्या भयो, फाइनल तोकिएकै स्थानीय समय १० बजे सुरु हुन सकेन। जसकारण हामी होटलमा पूरै दिन बसेर सोच्न थाल्यौं। मलाई मेरो फोन बन्द गरेको याद छ किनभने म म्यासेजहरु पढ्न चाहान्नँ। मैले निद्रा पनि लिन सकेनँ। टिभी हेर्न पाइएन। म धेरै नर्भस थिएँ। मैले होटलको कोठामा रहँदा मेरो दिमागभित्र कम्तीमा ५ सय पटक खेल खेलिसकेको थिएँ। यसरी धेरै सोच्नु नराम्रो हुन्छ भन्ने मलाई थाहा थियो तर पनि दिमागबाट हटाउन सकिन।

एउटा कुरा जुन म कहिल्यै बिर्सिन सक्दिनँ, त्यो हो पेपले मलाई वार्मअपपछि ड्रेसिङ रुममा तानेर काइल वाकरलाई केही समय सेभ गर्नुछ त्यो कुरा उनलाई भन भनेका थिए। किनकी उनी सुरुवाती ११ मा त्यतिबेला थिएनन्। पेपका यी कुराहरुले हाम्रो समूहको बारेमा धेरै कुरा भन्छ। जुन हामीले पाएको यो विशेष भावना थिए।

मलाई थाहा थियो काइलले हामी सबैलाई कति माया गर्छ भन्ने। उनले भने, ‘यो सधैं मेरो सपना हो। म बाहिर जान्छु मेरो सपना साकार पार्नुहोस्।’

उक्त खेलको बारेमा म धेरै भन्न सक्दिनँ। यो अझै धमिलो छ। हामीले उत्कृष्ट खेल खेल्न सकेनौं, मैले स्वीकार्नु पर्छ। मलाई लाग्छ हामी सबै अलिकति हिचकिचाएका थियौं। तर हामीले जित्ने बाटो फेला पार्‍यौं, जस्तै सबै च्याम्पियनहरुले गर्छन्।

रेफ्रीले सिट्टी बजाउँदा मलाई सबैभन्दा धेरै याद छ, म भर्खरै हाम्रो लक्ष्यमा ढलेको छु। मैले घाँसमा टाउको राखेँ। मैले सबैकुरा सोच्ने प्रयास गरेँ। जब म उठेँ, मैले सबैभन्दा पहिलो मेरो वरिपरि बसेका सबै इन्टरका खेलाडीहरुमा आँसु देखेँ। मलाई त्यो अनुभूति पनि राम्रोसँग थाहा थियो। त्यसैले म उनीहरु कहाँ गएँ। उनीहरुलाई आफ्नो सिजनमा गर्व गर्न भनिरहेँ। यसले मलाई सबै कुराहरुको अनुभूति दिलायो। फाइनलमा मार्जिन धेरै पातलो हुन्छ। र यो सजिलै अर्को बाटो जान सक्छ।

संघर्ष सधैं मूल्यवान छ।

विगतका असफलताका वर्षहरुले नै विजयलाई धेरै प्रबल र धेरै मिठो बनायो।

मलाई मैदानको अर्को छेउमा केटाहरु तिर हिँडिरहेको याद छ। मैले देखेको पहिलो व्यक्ति स्टेफान थियो। हामीले एक अर्कालाई लामो समयसम्म अँगालो हाल्यौं। र त्यो क्षणले मलाई साँच्चै हिट गर्‍यो। म रुन थालेँ। उ पनि रुन थाल्यो। यो खुसी र सबैभन्दा धेरै राहतको एक तीव्र भावना थियो।

goundogan 21688038440.gif

सबैकुरा पेपले भन्न सक्छन् ‘वी डिड इट, वी डिड इट, वी डिड इट।’

म भीडमा मेरी श्रीमती र मेरो परिवार भएको ठाउँमा गएँ। उनीहरुले पनि भने, ‘यु डिड इट, यु डिड इट, यु डिड इट।’

तर होइन, पेपले भनेजस्तै यो हामीले गरेका थियौं, ‘वी डिड इट।’
 
हरेक सपनाको पछाडि एउटा परिवार हुन्छ र तिनीहरु खेलाडी जत्तिकै महत्त्वपूर्ण हुन्छन्। मेरा आमाबुवाले हामीलाई राम्रो जीवन दिन धेरै मेहनत गर्नुभयो। मेरो बुवा बियर कम्पनीको ट्रक चालक हुनुहन्थ्यो। मेरी आमा स्वीमिङ हलमा क्याफेमा कुक हुनुहन्थ्यो। मेरा हजुरबवा खानीमा काम गर्न पहिलोपटक जर्मनी आउनु भएको थियो। मेरो लागि त्यहाँ एक च्याम्पियनको रुपमा सम्पूर्ण विश्वको अगाडि उभिनु, एक गुन्डोगानको रुपमा, यो ठूलो भावना थियो।

मैले भन्नुपर्छ पेपबिना यीमध्ये कुनै पनि सम्भव थिएन। कहिलेकाहीँ उनले हामीलाई कसरी खेल्छौं भनेर माग गर्दथे। यो कुरा भन्न मानसिक रुपमा निकै गाह्रो हुन्छ। तर एकै पटक हामी सबैजना मैदानमा पुगेपछि खेलले गति लिन्छ। पेपको शैली यति कुशल छ कि सबैजनाले सहज महसुस गरेर खेल्छन्।

मैले सधैं पेपसँग घनिष्ठ सम्बन्ध महसुस गरेको छु।

pep and goundogan1688038483.gif

उनले एक पटक मलाई भनेका थिए, ‘म ११ जनै मिडफिल्डर राखेर खेलाउन चाहन्छु। तिमीहरु सबैले पाँच स्टेप अघिको खेल हेरेर खेल्न सक्नुपर्छ।’

मैले गर्नुपर्ने सबैभन्दा कठिन कलमध्ये पेपलाई नै थियो। उनलाई म क्लब छोड्दै छु भनेर बताउन। मैले गर्नसक्ने सबै धन्यवाद भन्नु थियो। यो सिजनका लागि मात्र होइन वा सबै ट्रफीका लागि मात्र पनि होइन। डर्टमन्डसँग सिजनको अन्त्यमा मेरा घुँडामा चोट लागेको बेला म कहिल्यै बिर्सने छैन र मलाई शल्यक्रिया गर्नुपर्‍यो। म यति चिन्तित थिएँ कि सिटी मेरा लागि सम्झौताबाट बाहिरिनेछ। तर पेपले मलाई फोनमा बोलाए र भने, ‘चिन्ता नगर, यसले केही परिवर्तन गर्दैन। हामी तिमीलाई यहाँ चाहन्छौं। जतिसुकै समय लागे पनि हामी तिम्रो प्रतिक्षा गर्नेछौं।’

म कल्पना गर्छु वैशाखी टेकेर यो शान्त र रमाइलो केटो यति धेरै पैसा लिएर यहाँ म्यानचेस्टरमा आइपुग्दा फ्यानहरुले के सोचिरहेका थिए होलान्।

जे भयो सबै राम्रै भयो त्यो म भन्न सक्छु...।

म यहाँ एक खुट्टाको भरमा ‘लंगडा’को रुपमा आएको थिएँ, तर म अहिले बादलमा उडिरहेको महसुस गर्दैछु।

ट्रिबेल पछि र वर्षाकाबीच म्यानचेस्टरमा सानदार परेडपछि मैले आफैंलाई सोचेँ, योभन्दा राम्रो कसरी गर्न सकिन्छ? तपाईंले योभन्दा बढी के हासिल गर्नुहुन्थ्यो? तपाईं कसरी अझ राम्रो केही लेख्न सक्नुहुन्छ?

यसको जवाफ थियो ‘तपाईंले सक्नुहुन्न।’

मलाई लाग्छ सायद पेपले आसा गरेका थिए कि हामी यहाँ सिटीमा सँगै आउनेछौं र सँगै छाड्नेछौं। तर मलाई थाहा छ, उनले मेरो निर्णय बुझ्नेछन्। म पक्का छु कि म उनको पूर्वक्लबमा जाँदैछु जसकारण पनि पेपले बुझ्नेछन्। आसा छ कि हामी च्याम्पियन्स लिग फाइनलमा पुनर्मिलन हुनछौं।

यदी म सरुवा हुन खोज्दै थिएँ भने त्यहाँ एउटा मात्रै क्लब हुन्थ्यो बार्सिलोना। म सानो हुँदादेखि नै कुनै दिन बार्सिलोनाको जर्सी लगाउने सपना देख्थेँ। म विश्वस्त छु कि मसँग उच्चस्तरमा अझै केही वर्ष बाँकी छ। म बार्सिलोनालाई आफ्नो पुरानो लयमा फर्काउन मद्दत गर्नेछु। यो मेरो पुरानो साथी लेवा (लेवान्डोस्की)सँगको पुनर्मिलन हुनेछ। र म अर्को म्यानेजरको नेतृत्वमा खेल्न पाउँदा उत्साहित छु, जसलाई मैले लामो समयदेखि प्रशंसा गरेको छु। जब जाभी र मैले योजनाका बारेमा कुरा गर्‍यौं। एकदम स्वाभाविक लाग्थ्यो। म हामीबीच क्यारेक्टरकै रुपमा धेरै समानताहरु देख्छु र हामीले खेललाई हेर्ने तरिकामा पनि।

मलाई थाहा छ बार्सिलोना धेरै दबाबमा हुनेछ। तर मलाई दबाब मन पर्छ। मलाई मेरो कम्फर्ट जोनबाट बाहिर निस्कन मन पर्छ। मैले सजिलो अवतरण खोजिरहेको थिइनँ। म नयाँ चुनौती खोज्दै थिएँ, यो अर्को अध्यायको बारेमा।

म बार्सिलोनाको जर्सीमा खेल्न पर्खिन सक्दिनँ। तर त्योभन्दा पहिले म म्यानचेस्टर सिटीको बारेमा अन्तिम शब्द भन्न चाहन्छु। मेरा सबै टोलीका साथीहरु, स्टाफहरु र विशेषगरी फ्यानहरुसँग प्रत्यक्ष कुरा गर्न चाहन्छु।

र, म भन्न चाहन्छु कि म सधैं सिटीसँगै रहनेछु। त्यो सम्बन्ध कसैले तोड्न सक्दैन। यो उच्चतम स्तरको एक प्रेम हो।

goundogan hand1688038540.gif

म सबैलाई धन्यवाद भन्न चाहन्छु, जसले मलाई नयाँ स्तरमा पुर्‍याउन सहयोग गरे। प्रशिक्षक, सुन्दर खेलका लागि सबै त्याग गर्ने टोलीका साथीहरु, हामीलाई समर्थन गर्न हजारौं माइलको यात्रा गर्ने फ्यानहरु, क्लब जसले मलाई महत्त्वाकांक्षी परियोजनाको एक हिस्सा बन्ने मौका दियो, र हामीलाई स्वस्थ राख्ने डक्टर र फिजियोहरु।

मलाई थाहा छ अधिकांश मानिसहरु यो अविश्वसनिय युगबाट लक्ष्यहरु र सहयोगहरु र फाइनलहरु सम्झनेछन्। तर म अलि फरक कुराको कदर गर्नेछु।

हो, फुटबल कहिलेकाहिँ सनसनीपूर्ण थियो।

तर मानिसहरु अझ राम्रा थिए।

म तिमीलाई जीवनभर सम्झिरहने छु।

सबैथोकका लागि धन्यवाद।

भवदीय, 
इल्की

goundgon signe1688038618.gif
–नेपाल लाइभका लागि नारायण अधिकारीले ‘द प्लेअर्स ट्रिब्युन’ मा प्रकाशित गुन्डोगनको चिठीको भावानुवाद गरेका हुन्।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
टोटनहमको खराब सुरुआत यस समरको ट्रान्सफर बजारमा करिब ३० करोड अमेरिकी डलर खर्च गरेर नयाँ खेलाडी भित्र्याएको टोटनहमले ठूलो अपेक्षा जगाएको थियो। तर‚ ब्रेन्टफ... आइतबार, भदौ ७, २०८३
रियलको विजयी सुरुआत रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुआत भएको छ। शनिबार भएको खेलमा रियलले एस्पान्योललाई २–१ गोलले पराजित गरेको हो। आइतबार, भदौ ७, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? फिफाका अनुसार स्पेनविरुद्धको फाइनलपछि भएको झडपमा संलग्न मिडफिल्डर लिएन्द्रो पारेडेजसहित केही खेलाडीमाथि फिफाले कडा कारबाही गरेको छ।... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्