काठमाडौं– नेपाली सेनाको प्रधान सेनापतिमा पूर्णचन्द्र थापा नियुक्त भएका छन्।
कामु प्रधान सेनापतिका रुपमा काम गर्दै आएका उनलाई भदौ २४ गतेदेखि लागू हुने गरी राष्ट्रपति बिद्यादेवी भण्डारीले मंगलबार प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ।
सरकारले गत साता उनलाई प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको थियो। थापाले साउन २४ गतेदेखि नै कामु प्रधासेनापतीका रुपमा सेनाको कमान्ड सम्हाल्दै आएका छन्। उनले तीन वर्ष सेनाको नेतृत्व सम्हाल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।