काठमाडौं– ठूलो मात्रामा अमेरिकी डलरसहित दुई जना लाजिम्पाटमा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले खानी विभाग अगाडीबाट अम्बर विश्वकर्मा र धनबहादुर खड्कालाई पक्राउ गरेको हो।
उनीहरुबाट ६१ हजार ६ सय २० अमेरिकी डलर बरामद गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्तकुमार लामाले बताए। उनीहरु डलरको अवैध कारोबारमा संलग्न व्यक्ति भएको प्रहरी भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।