• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कुनै पनि प्राध्यापक कांग्रेसको सदस्य बन्न नपाउने प्रस्तावमा छलफल किन नगर्ने?

गगन थापा आइतबार, असार १०, २०८०  १८:०२
1140x725

शिक्षामा जताततै दलीयकरण भएका कारण हाम्रो शिक्षा तहसनहस भयो। प्राध्यापक, शिक्षक नेपाली कांग्रेसको सदस्य नै हुन नपाउने गरी छलफल गरौं। नेकपा एमालेसँग हुने प्रतिस्पर्धाका लागि हामीले जताततै कांग्रेस बनाउने होडबाजी चलायौं। जस्तो उदाहरणको लागि नेपालको अहिले तपाईं कुनै पनि विद्यार्थीलाई,  शिक्षकलाई भेटेर सोध्नुभयो भने उसले के भन्छ- ‘नेपालको शैक्षिक क्षेत्रको सबैभन्दा ठूलो समस्या भनेको त्यहाँ भित्रको दलीयतन्त्र, दलीयकरण हो।’

जसरी उच्च शिक्षादेखि लिएर तलको विद्यालय शिक्षासम्म हामीले विद्यालय व्यवस्थापन समिति कांग्रेस बनाउनुपर्ने,  हामीलाई क्याम्पस प्रमुख कांग्रेस बनाउनुपर्ने, हामीलाई उपकुलपति कांग्रेस बनाउनुपर्ने। हामीले फरक सोचेर होइन, हामीलाई के लाग्थ्यो भने त्यो कांग्रेस भयो भने संभवत: राम्रो हुन्छ भन्ने लाग्यो। तर, हाम्रो अनुभवले हामीलाई त्यस्तो होइन रहेछ भन्ने सिकायो। हामीले सबैतिर कांग्रेस बनाएको एमालेले एमाले बनायो भन्ने प्रतिस्पर्धाका लागि हो। जुन होडमा हाम्रो शिक्षा क्षेत्र तहसनहस भएको छ। मानिसहरू त्यो कारणले गर्दा  रिसाएका छन्।

कांग्रेसमा छलफल गरौं न, ‘किन त्रिभुवन विश्वविद्यालय लगायतको कुनै पनि विश्वविद्यालयको एउटा पनि प्राध्यापक अब नेपाली कांग्रेसको औपचारिक रूपमा नेपाली कांग्रेसको सदस्य बन्न पाउँदैन? किन नगर्ने छलफल? पार्टीभित्र यो बहस किन नगर्ने? त्यो प्राध्यापक लोकतन्त्रवादी हुन्छ। हामी त के खोजौं भने एउटा यस्तो  प्राध्यापक होस्, जुन प्राध्यापकले विश्वविद्यालय असाध्यै राम्रोसँग पढाओस्, गज्जबको नाम कमाओस् अनि त्यो प्राध्यापकलाई कांग्रेसले गएर के भनोस् भने, ‘तपाईं त हेर्दाखेरी नै कांग्रेस जस्तो देखिनुहुन्छ, साह्रै राम्रो मान्छे हुनुहुन्छ। राम्रो पढाउनु भएको छ, योपटक हाम्रो वडामा आएर वडा अध्यक्ष, मेयर लडदिनुहोस्।’

पार्टीभित्र प्राध्यापक पनि चाहिएको छ, शिक्षक पनि चाहिएको छ, कर्मचारी पनि चाहिएको छ, सबै चाहिएको छ। हामीले पेशागत ठाउँबाट कर्मचारी पनि ल्याउने हो, शिक्षक पनि ल्याउने हो, बाहिरको मान्छे ल्याउने हो, पढेको मान्छे ल्याउने हो तर हामीले उनीहरूलाई अहिलेदेखि नै संक्रमित गरेर, अहिलेदेखि डामेर होइन। ‘तपाई जुन ठाउँमा हुनुहुन्छ, त्यो ठाउँमा उत्कृष्ट काम गर्नुहोस्, सेवा गर्नुहोस्, योग्यता पुर्‍याउनुहोस्। कांग्रेसको ढोका हजुरहरूको लागि हरदम खुल्ला छ। तपाईंले कुनै पनि बेला पार्टीको सदस्य लिएर चुनावको बेला ल्याटेरल इन्ट्रीबाट तपाईंहरू उम्मेदवार बन्न पाउनुहुन्छ। तपाईं झोला बोकेर म जस्तै बाल कांग्रेस, नेविसंघ हुँदै-हुँदै आउनु पर्दैन। तपाईं सिधै एकैचोटी आएर नेपाल सरकारको निजामती सेवामा सहसचिव हुनुहुन्थ्यो, तपाईं आउनुभयो, आफ्नो योग्यता देखाउनु भो, सबैलाई प्रभावित गर्नु भो, तपाईं हाम्रो नगरपालिकाको मेयर हुनुभो। आउनुस्! तपाईं शिक्षक हुनुहुन्थ्यो, शिक्षक छोडेर आउनु भो तपाईं आउनुस्,’ छलफल गरौं न।

किन नेपाली कांग्रेस पार्टी जहाँ पनि उपस्थित हुनुपर्ने? यसले हाम्रो पार्टीलाई बलियो बनाएको छ कि कमजोर बनाएको छ? छलफल गर्नु पर्ने बेला आयो।

Ncell 2
Ncell 2
nimb
nimb

नेविसंघ र नयाँ पुस्ताले गर्ने राजनीतिको सन्दर्भमा
म आजभोलि देख्छु, नेपाल विद्यार्थी संघको एउटा नेताले कहिँ कुनै ठाउँमा प्राध्यापक कुट्यो भन्ने समाचार आउँछ। नेपाल विद्यार्थी संघको नेताले कालो मोसो दल्यो भन्ने समाचार आउँछ। मलाई यो विषयले एकदम चिन्तित बनाएको छ।

मेरो कुरा मानेन भनेर म अर्काको शरीरमा गएर मोसो दल्न पाउँछु? कुनै पनि व्यक्ति प्राध्यापक होस् वा कसैलाई पनि होस्, मेरो कुरा मानेन, चित्त बुझेन भनेर मैले ऊमाथि गएर आक्रमण गर्न पाउँछु? पाउँदिन। यो कालो मोसो दल्ने, प्राध्यापक कुट्ने विषयको सन्दर्भमा कुनै किन्तु परन्तु हुँदैन। त्यो गलत हो।

यसो भन्दै गर्दा कतिपय सन्दर्भमा के हुँदो रहेछ भने, त्यो प्रश्न आफूतिर पनि फर्केर आउँदो रहेछ। कहिलेकाहिँ साथीहरूले मैले पुराना बोलेका कुराहरू फेरि एकपटक बाहिर लिएर आउनुहुन्छ। हामी आफैंले पनि यी कतिपय विषयको सन्दर्भमा समीक्षा गर्नुपर्ने छ। म आज ती समीक्षा गर्न चाहन्छु।

Xtrem
Xtrem

म पनि कुनै बेला विद्यार्थी राजनीतिमा थिएँ। मैले विद्यार्थी राजनीतिमा क्रियाशील भएको समय फरक थियो, राजाको शासन थियो, माओवादीको शासन थियो। बोल्न, हिंड्न, लेख्न पाउने कुरा प्रतिबन्धित थियो। केही बोल्यो, लेख्यो भने प्रहरीले लगेर थुन्थ्यो। दुई-दुई पटक राज्यद्रोहको मुद्दा खेपे, पचासौं पटक हिरासत जाने-आउने त स्वाभाविक कुरा भयो। पिटाई खाने, लड्ने, भिड्ने कुरा सामान्य कुराहरू भए। प्रतिरोधको राजनीतिको बेला थियो। त्यो प्रतिरोधको राजनीतिको बेला राजनीतिक माहोल मिलाउनु पर्ने थियो। त्यो राजनीतिको माहोल बनाउने बेलामा कतिपय हामीले केही अभ्यासहरू गर्‍यौं।

त्यो बेलामा त्यसका आफ्ना अप्ठ्याराहरू थिए भनेर म बहाना बनाउन चाहन्नँ। ती कतिपय कुराहरूलाई आजको दिनबाट फर्केर हेर्दै गर्दाखेरि जस्तोसुकै अप्ठ्यारो र प्रतिकूलतामा पनि गर्ने अरू विकल्पहरू हुन्थे। अप्ठ्यारोको बाबजुद पनि त्यो गर्न हुँदैनथ्यो। बोलीमा पनि तुच्छता ल्याउनु हुँदैनथ्यो। मैले हातले हिंसा कहिल्यै पनि गरिनँ, तर बोलीमा पनि ल्याउन हुँदैन थियो। प्रहरीले आक्रमण गर्दै गर्दा वा प्रहरीले बल प्रयोग गर्दै गर्दा त्यसको प्रतिरोध गर्‍यौं। अहिले सम्झिँदै गर्दा के लाग्छ भने त्यो पनि गर्न हुँदैन थियो।

ती कुराहरू जुनसुकै कारणले भएका भएता पनि ती कुराहरू गलत थिए, बोलेका कुराहरू पनि गलत थिए, भनेका कुरा पनि गलत थिए। कुनैबेला मैले बोलेका तुच्छ वचनहरू प्रति म क्षमा माग्न चाहन्छु। त्यसैले, म आज पार्टीको साथीहरू, विशेषगरी, नयाँ पुस्ताका तन्नेरी साथीहरूलाई भन्न चाहन्छु, २१ औं शताब्दीको कांग्रेसको नेता हुन्छु भन्नेले, आफ्नो कुरा स्थापित गर्न तालाबन्दी र तोडफोड गर्ने होइन, बरु चर्को घाममा सत्याग्रह गरेर भोक हडतालमा बस्न तयार हुनुपर्छ। अब कांग्रेसले यो तरिकाबाट सोच्न थाल्नु पर्छ।

(काठमाडौं ४ मा भएको क्षेत्रीय सम्मेलनमा कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले राखेका विचारहरु)

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो
सम्बन्धित सामग्री
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे आज बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी दिने... बुधबार, असोज १४, २०८३
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको हो । बुधबार, असोज १४, २०८३
प्राविधिक सांसदसँग प्रधानमन्त्री शाहको आग्रह: ज्ञान र सीप देश निर्माणमा लगाउनुस् सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार संघीय संसद्को प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभ... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे बुधबार, असोज १४, २०८३
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका बुधबार, असोज १४, २०८३
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो बुधबार, असोज १४, २०८३
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन बुधबार, असोज १४, २०८३
प्राविधिक सांसदसँग प्रधानमन्त्री शाहको आग्रह: ज्ञान र सीप देश निर्माणमा लगाउनुस् बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्