काठमाडौं- राष्ट्रियसभा अन्तर्गतका चार समितिमध्ये तीन वटामा उम्मेदवारी परेकाे छ।
विधायन व्यवस्थापन समितिकाे सभापतिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायाेजित व्यवस्थापन तथा सरकारी अाश्वासन समितिमा डा रामनारायण बिडारी र राष्ट्रिय सराेकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) काे उम्मेदवारी परेकाे हो। एकल उम्मेदवारी परेकोमा तीनै जना निर्वाचित हुने निश्चित छ।
बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन समय तोकिएकोमा दिगो विकास तथा सुशासन समितिमा भने आज कसैले उम्मेदवारी दर्ता गराएनन्। उक्त समितिको सभापतिका लागि भने पुन: मनोनयन प्रक्रियाबाट चयन गरिने सचिवालयले जनाएको छ।
सभापतिहरुका लागि भोलि निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।