काठमाडौ- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय पोलिटब्युरो सदस्य उमा भुजेल पक्राउ परेकी छन्।
गत बैसाख १ गते काभ्रको नमोबुद्ध नगरपालिका ६ स्थित एक क्रसरमा आगजनी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। आगलागीबाट उक्त पसलमा १० करोड रुपैयाँभन्दा बढी क्षति भएको बताइएको छ।
आगजनीमा संलग्न रहेकाको प्रहरीले खोजी गरिरहेको थियो। प्रहरीको खोजीपछि फरार रहेकी उमा भुजेल मंगलबार पक्राउ परेकी काभ्रे प्रहरीका एसपी रविराज खड्काले बताए।
भुजेललाई टेकुस्थित काठमाडौं प्रहरी कार्यालयमा राखिएको बताइएको छ। सोही मुद्दामा संलग्न रहेका नेता विप्लव भने अझैसम्म फरार रहेका छन्। जनयुद्धका बेला गोरखा जेल ब्रेक गरेर भुजेल चर्चामा आएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।