• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दलित जनकल्याण क्लब : जसलाई मधेशमा फैलिन प्रदीप गिरिले मद्दत गरेका थिए

64x64
समर्पण श्री बिहीबार, असार ७, २०८०  ०७:४८
1140x725

लहान– गत २५ चैत्रमा तराईमा ‘हरवा–चरवा’हरूले ४ दिने ‘अधिकार यात्रा’ सम्पन्न गरेका थिए। १२ साउन २०७९ मा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले ‘हरवाचरवा’ मुक्त घोषणा त गरे। तर हरवाचरवाले गिरहतको अन्यायबाट मुक्ति पाएनन्। 

तराईका ८ जिल्लामा उनीहरूले थालेको अधिकार यात्राबारे रिपोर्टिङ गर्न हामी त्यहाँ पुगेका थियौँ।

सोही क्रममा हरवा–चरवा मुक्ति आन्दोलनका एक अभियन्तासँग हाम्रो भेट भयो। उनी थिए, लहान–१० का उमेश विसुन्खे। उमेश दलित जनकल्याण युवा क्लबका अध्यक्ष हुन्। उनीसँग हरवाचरवा आन्दोलन र आन्दोलनमा क्लबमा पुर्‍याएको योगदान बारे संवाद गरिएको थियो।

उमेशका बाले लामो समय गिरहतको जमिनमा काम गरेका रहेछन्। 

उमेश बुझ्ने भएपछि गिरहतप्रति विद्रोही उनमा भाव पलाउँदै गए। उनी एसएलसी दिएसँगै हरवाचरवा मुक्तिको अभियानमा सरिक भए। उनी अभियानमा सक्रिय रहेसँगै उमेशको परिवार ‘हरवाचरवा’बाट मुक्त भयो। 

उनले नेतृत्व गरिरहेको दलित जनकल्याण युवा क्लबले सिरहा लगायत तराईका विभिन्न जिल्लामा दलित ‘हरवाचरवा’को उत्थानमा महत्वपूर्ण कार्यक्रमहरू गर्दै आइरहेको छ। 

लहान–१४को वस्तीपुरमा अवस्थित यो क्लबमा  राजनीतिज्ञ तथा चिन्तक स्व. प्रदीप गिरिको योगदान पनि जोडिन्छ।

अभियानमा गिरिको साथ
प्रदीप गिरिको आश्रम नजिकै उभिएको छ, क्लबको भवन। विसं २०६५ सालमा प्रदीप गिरिले क्लबको भवनका लागि केही जमिन उपलब्ध गराएका थिए। उसो त ‘हरवाचरवा’ मुक्तिको आन्दोलनमा प्रदीप गिरि आफूहरूसँगै उभिएको उमेश सम्झन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

हरवाचरवा मुक्तिको अभियानमा प्रदीप गिरिले पटक पटक आवाज उठाएको उमेश सम्झन्छन्। क्लबलाई उनले प्रोत्साहन मात्र गरेनन्, स्थायी रुपमा जमिन उपलब्ध गराएर योगदान पनि गरे।

‘उहाँ २ महिनामा एक पटक आउनुहुन्थ्यो। हामीसँगै बसेर प्रशिक्षण दिनुहुन्थ्यो। तपाईहरूको यात्रामा मैले कहाँ सहयोग गर्नुपर्छ? भनेर सोध्नुहुन्थ्यो,’ उनी भन्छन्। हरवाचरवा मुक्तिका लागि उनले उठाएका आवाजले आफूहरूलाई पनि बल दिएको उनी सम्झन्छन्। 

१३ भदौ २०७९ सालमा प्रदीप गिरिको निधन भयो। गिरिको निधन भएपछि क्लबमा आबद्ध सदस्यहरू गहिरो शोकमा डुबे। उमेश सम्झन्छन्, ‘त्यतिबेला हामीले हाम्रो अभिभावक गुमायौँ।’

Xtrem

Xtrem

सिरहामा यो क्लबको संगठन निकै मजबुत छ। उमेशका अनुसार यो क्लबमा अहिले ५० हजार मानिस जोडिएका छन्। सुरुमा फुसको घरबाट क्लब सुरु गर्दा १४ जना सदस्य थिए। यसको संस्थापक अअध्यक्ष विनोद विसुन्खे थिए।

त्यहाँका दलित र हरवाचरवाको जनजीवनमा प्रत्यक्ष जोडिएको यो क्लबले अहिले तराईका जिल्लामा ठूलो प्रभाव छाडेको छ।

उमेशको आफ्नै कथा
क्लबका अध्यक्ष उमेशले बाल्यकालमा गरिबी र अभाव मात्र झेलेनन्। जमिन मालिककहाँ काम गर्न जाँदा बाले खेपेको अन्याय र अपमान पनि महसुस गरे।

हरवाचरवा बस्दा चिसो रातमा होस् वा टन्टलापूर घाम, परवाह नगरी गिरहतको काम गर्नुपर्थ्यो। ‘बिरामी भएर गर्दिनँ भन्दा मुक्ति पाइन्न थियो। कुटपिट गर्ने, धम्क्याउने हुन्थ्यो। यस्तो घटना अधिकांश हरवाचरवाले भोगेका छन्,’ उमेश भन्छन्।  

त्यो उनको लागि कहिल्यै सह्य थिएन। 

उमेश ०६५ सालदेखि हरवाचरवा मुक्तिको आन्दोलनमा जोडिए। ‘त्यसअघिसम्म एउटा हरवाचरवा दलितले गिरहतको घरको मरेको पशुलाई उठाउनैपर्ने बाध्यता थियो। त्यतिबेला सम्पूर्ण दलितले यो हाम्रो पेसा हैन भनेर सिनो बहिष्कार आन्दोलन गरे। त्यो विद्रोहमा म पनि सामेल भएँ,’ उनी भन्छन्।

 त्यो आन्दोलनालाई स्व.बलदेव रामले सप्तरीबाट नेतृत्व गरेका थिए।

जनकपुरमा त्यसताका पासवान थरका केटाले र झा थरकी केटीसँग अदालती बिहे गरे। ‘रातारात दलितलाई मारियो। त्यो घटनाले अझै मलाई विद्रोही बनायो। हामीले विद्रोह पनि गर्यौँ,’ उमेश भन्छन्।

विस्तारै आन्दोलन र विद्रोह उनीहरूले क्लबमार्फत् छेड्दै गए। विभेदविरुद्ध अनवरत आवाज उठाए। जमिनविहीनहरूको आवाज बन्दै गए। ‘सबै विभेदविरुद्ध हामी लाग्यौं। संगठित रुपमा विरोध गर्नुपर्छ भनेर विभिन्न ठाउँमा प्रचार गर्यौँ। आमा समूह, बालक्लब, युवा क्लब बनाएर समस्याको पहिचान गर्यौँ,’ उमेश भन्छन्। 

त्यतिबेला समाजमा द्वन्द्व पैदा गरे भन्ने निहुँमा उनीहरूमाथि थुप्रै धम्की आए। ‘हामीसँग जोडिएका हरवाचरवालाई कुटपिट गर्न थालियो। यदि लाग्यौ भने कामबाट निकालिदिन्छु भन्ने धम्की दिइयो,’ उमेश भन्छन्।

०५७ सालमा उनीहरूले सामाजिक विकासका लागि यात्रा तय गर्नेबारे सोचे। 

त्यतिबेला १४ जना युवा मिलेर जनकल्याण युवाक्लबको स्थापना गरे। ‘यसको मूल मुद्दा समाजमा रहेको कुनै पनि विभेदविरुद्ध थियो। विशेषगरी हरवाचरवा दलितले मुक्ति पाउनुपर्छ भनेर क्लबमार्फत् आन्दोलन सुरु गर्यौँ,’ उमेश भन्छन्। 

त्यसयता उनीहरू निरन्तर आन्दोलनमा छन्। 

यतिबेला क्लब हरवाचरवाहरूको मागलाई सम्बोधन गर्न राज्यलाई घच्घच्याउँदै आइरहेको छ। ‘सरकारले हावा तालमा मुक्ति घोषणा गर्यो। पुस्तौंपुस्तादेखि जोत्दै आएको हरवाचरवालाई तिमी आजबाट मुक्त भयौ भनेर भनियो। त्यसपछि कहिल्यै पनि नजोतेको कागज बनाइयो। कानुनले नै हरवाचरवालाई समस्या बनाइदियो,’ उनी भन्छन्। 

अहिलेको समय हरवाचरवा एक वर्ष भन्दा बढी दिँदैन। यो कानुनले पनि हरवाचरवालाई समस्या बनायो। ‘अब आम हरवाचरवा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार उपलब्ध गराउनुपर्छ भनेर अभियानमा लाग्नुभएको छ। हामी सँगसँगै छौँ,’ उनी भन्छन्। 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
आज कति पुग्यो डलर ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्